जेन–जी विद्रोहको जगमा खडाः कठपुतली कार्की सरकार
नेपालमा गएको भदौ २३ गते सुरु भएको जेन–जी विद्रोह सतहमा देखिदा आकस्मिकतामा भएको जस्तो देखिएपनि यो सारत्वतः निरन्तरता कै उच्चरुप थियो । १० वर्षको महान जनयुद्ध र एैतिहासिक १९ दिने जनआन्दोलनको जगमा भएको पहिलो संविधानसभाको विघटन पश्चात जनयुद्ध र जनआन्दोलनको उपलब्धि र प्राप्त अधिकार गुम्ने स्थितीमा पुगेको थियो । तथापी पुनः दोस्रो संधिानसभाबाट २०७२ असोज ३ को संविधान निर्माण पछि कैयौ अपुगतासहित आम्सिक उपलब्धि प्राप्त भयो । संविधान निर्माण भएपछि संविधानको कार्यान्वयन गर्दै जनताको आधारभूत जीवनमा परिवर्तन ल्याउने, स्वाधिनता सहितको आत्मनिभर देश बनाउने दायित्वबाट सरकार चलाउने शासकहरु च्युत भए र आपूm सहित आफ्नो आसेपासे पोस्ने बाटोमा लागेपछिको परिणाम आजको विद्रोह उत्पन्न भएको हो । विभिन्न ब्यक्ति, संघ–संस्था, संसदीय सत्ताभन्दा बाहिर रहेका राजनीतिक शक्तिहरुले यो व्यवस्था र सरकार प्रति आवाज र संघर्ष गरिनै राखेको थियो तर, अन्धो शासकले एकरत्ति पनि सुनेको थिएन जस्को परिणाम आज जेन–जी पुस्ताले वलिदानीपूर्ण विद्रोह गर्नुपर्ने ऐतिहासिक परिस्थिति सृर्जना हुनपुग्यो ।
२०८२ भदौ २३ गते संसद भवन अगाडी १९ जनाको .एकै चिहान हुनेगरी भएको जेन–जी विद्रोह २४ गते मध्यान्नसम्म पुग्दा देशको कार्यकारी प्रधानमन्त्रीले शासन सत्ता छोडोर भाग्नु पर्ने स्थितिमा पुग्यो । राज्यको सैन्य निकाय र संरचना बाहेक सबै जेन–जी विद्रोहीको नियन्त्रणमा पुग्यो । प्रधानमन्त्रीले सत्ता छोडेर जीवन रक्षाको निम्ति सेनाको ब्यारेकमा गुप्तबास भएपछि शासन सत्ताको विरुद्ध उठेको विद्रोह भड्कियो र सरकारी, अर्धसरकारी, नीजि गरेर खरवौको जनधन क्षति हुनपुग्यो । हजारौको संख्यामा कैदी बन्दिहरु मौकाको फाइदा उठाउदै जेलबाट भागे । हजारौ सर्वसाधारण जनतामाथी लुटपात भयो । निजी ब्यापारीक केन्दहरु माथी आगजानी र तोडफोड गरी अर्वाै क्षति गर्न पुग्यो । स्थिति सम्हाल्न नसकिने भयाभव भएपछि सेनाले देशभरि कफ्र्यु लगाएर जटिल परिस्थितिलाई नियन्त्रणमा लियो । परिस्थितिलाई सेनाले नियन्त्रणमा लिइसकेपछि प्रधानसेनापति असोकराज सिक्देलले जेन–जी विद्रोहका प्रतिनिधि र विभिन्न ब्यक्ति र निकायहरुसँगको छलफल गरी २७ गते साझ ९ बजे अन्तरिम सरकारको प्रधानमन्त्री सुसीला कार्कीलाई नियुक्त गर्नुभयो ।
कार्की प्रधानमन्त्री ठोस हुनु अगाडी नै पनि जंगी अड्डामा लर्को लागेको ब्यक्ति र छलफल भएको विषयप्रति आम जनता ससंकित नै थिए । जब भदौ २७ गते साँझ ९ बजे सुसीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहन लिने कार्यक्रम सुरु भयो तब गम्भिर प्रकृतिको प्रश्न खडा भयो । के जेन–जी विद्रोहले उठाएको एजेण्डा कार्की सरकारले हल गर्न सक्छ विल्कुल यो असम्भव छ । विषय स्पष्ट छ की जेन–जी विद्रोहले उठाएका माग भ्रष्टाचार, विकृति, बिसंगती, वेथिती, कुसासनको अन्त्य गर्दै रोजगारी, आत्मनिर्भरता र स्वाधिनतासहितको अग्रगामी रुपान्तरणको हो । तर विडम्वना राजनीतिक व्यक्तित्वकै नेतृत्वमा जेन–जी र संघर्षरत पक्षहरुको बीचमा सर्वपक्षीय संयुक्त सरकार बन्नुपर्नेमा त्यसको ठीक उल्टो गैर राजनीतिक व्यक्तिको नेतृत्वमा विद्रोहको म्याण्डेट विपरीतको पूर्वयोजनामा देश बाहिरै तयार भएको कठपुतिली कार्की सरकार बन्न पुग्यो यो नेपालको इतिहासमा दुर्भाग्य हो ।
आज जेन–जी विद्रोही, लामो समयदेखी संघर्षरत शक्ति, देशभक्त र स्वाभीमानी नेपाली जनताको अग्रगामी रुपान्तरण र परिवर्तनको चाहनालाई बन्ध्याकरण गर्ने साधनको रुपमा कार्की सरकार खडा भएको छ । समयमा नै देशी विदेशी षड्यन्त्रलाई चकनाचुर पार्दै कार्की सरकारलाई विघटन गरी राजनीतिक व्यक्तित्वकै नेतृत्वमा जेन–जी र संघर्षरत पक्षहरुको बीचमा सर्वपक्षीय संयुक्त सरकार निर्माण गरी आजको संकटलाई निकास दिनुपर्छ अन्यथा निकट भविष्यमा नै अस्थिरता खडा गरी राज गर्न चाहने विदेशी शक्तिको क्रिडास्थल बन्ने निश्चित छ । कार्की सरकारको मन्त्रिमण्डलमा जुन अनुहारहरु खडा गरी सुन्दर लेपन लगाउने कोशिस गरिँदै छ अन्ततः सुन्दर रुप देखाएर भित्र विदेशीलाई देश जिम्मा दिने कुरुप प्रपञ्चको पाठशाला खडा गरिँदै छ । देशभक्त नेपाली जनताले सचेततापूर्वक यी कठपुतली रङगरोगन गरेको लेन्डुपे चरित्रको दलालहरुको भण्डाफोर गर्नुपर्दछ ।
विषयलाई सामान्यीकरण गर्दै यथार्थतामा बुझौ, के नेपालमा सुशीला कार्की बाहेक अरु कोइपनि क्षमतावान, निश्कलंक देशको नेतृत्व गर्न सकिने व्यक्ति छैन अवश्य छ तर, वर्षाैदेखी विदेशीको दाना पानी खाएर नेपाललाई कुनैपनि बेला एन मौकामा गुलाम बनाउने सपथ खाएर बसेको क्षमतावान, निश्कलंक चाही थिएन । स्पष्ट भो की जो थियो उसैलाई बनायो । विद्रोहको प्रकृति त्यसपश्चात उत्पन्न परिस्थितीमा हावी भएको बाहीरी भू–राजनीतिक स्वार्थका कारण जुन परिस्थिति उत्पन्न भएको छ यो सबै परिस्थिति उत्पन्न हुनुको कारण नेपालको सत्ताधारी शासकहरुको स्वेच्छाचारी, भ्रष्टाचार, विकृति, बेथिती, कुशासन, जनविरोधी हर्कत गर्दै जनताको जनजीवन तहसनहस बनाउने फासिष्ट तानाशाहाहरुको कारण देशले आजको परिस्थिति व्यहोर्नुपरेको हो । त्यसकारण अरुलाई दोष दिएर आत्मरमितामा रमाउनु भन्दा सम्बन्धित सबै पक्षको पहलकदमीमा अहिलेसम्मको सबै क्षेत्रको भ्रष्टाचारको छानबीन गर्नुको लागी शक्तिशाली स्वतन्त्र नागरिक आयोग बनाई जेन–जी विद्रोहलाई सार्थकता दिनु पर्दछ । गणतन्त्रको रक्षा गर्दै अपुरो रहेको संविधानलाई पुर्नलेखन गर्दै राज्यको पुनःसंरचना गर्ने बाटोका अघि बढेमात्र जेन–जी विद्रोहले सार्थकता पाउने छ र समग्रमा भन्दा देशले नयाँ निकास पाउनेछ । यदि त्यसो हुन नसके देशले ठूलो मुल्य चुकाउनुपर्नेछ जुन मुल्य हामीले चुक्ता गर्न सकिने छैन । अन्तमा पश्चिमा र इण्डियनहरुको गठजोडमा खडा गरिएको कार्की सरकारको आयु जति लम्बियो देश युक्रेन, हाइटी र कङगोको दिशामा जाने निश्चित छ उक्त सम्भावित दुर्घटनाबाट बचाउन देशभक्त, समाजवादी, गणतन्त्रवादी अग्रगामी रुपान्तरण चाहने शक्ति र जेन–जी पुस्ताको बीचमा निश्कलंक राजनीतिक नेतृत्वकै नेतृत्वमा सर्वपक्षीय संयुक्त सरकार बनाई आजको सम्पूर्ण समस्या र जटिलताको निकास दिन सकिन्छ । अन्यथा ढिलो गरे नेपालको नक्सा इतिहासको मानचित्रमा मात्रै सीमित नहोला भन्न सकिदैन ।