नेपालीले खोजेको समाजवादी यात्रा
राज्यको ज्यादती, भ्रष्टाचार र लोकतन्त्र समाप्त पार्ने केपी वलीको षड्यन्त्र विरुद्ध जेन–जी १६ वर्षदेखि २८ वर्षसम्मका युवाहरु यही भाद्र २३ गतेका दिन सडकमा ओर्लिएका हुन् । यो कलर रिभोल्यूशन हो अर्थाात सडक आन्दोला । ग्लोबल डिपोटमा खारिएर निडर रुपमा सडक तताएका युवा हुन् जेन जेड । अलि साना पुस्ता अल्फा । अति भएपछि खती हुन्छ भन्छन् । देशमा व्याप्त भ्रष्टाचार भएपछि यु एन्ले नेपाललाई ग्रे लिष्टमा राखेको अवस्था छ । आङ्खनो कालो कर्तुत देखिने त्रासले समाजिक सञ्जालमा प्रतिबन्ध लगायो फासीबादी वली सरकारले । तर जनताले मानेनन् । जनता सब भन्दा ठूला हुन् । वली सरकारले अख्तियार र अदालतलाई पनि आङ्खनो नियन्त्रणमा राख्ने दुस्प्रयास गरेको हो । बालुवाटार, ललिता निवास गिरी बन्धु टि स्टटेतथा अन्य ठाउँहरुमा जग्गा आङ्खनो नाममा गराएर राख्ने र वाइड बडी, प्रिंटिग प्रेस आदिमा भ्रष्टाचार गरेको हो । अपुष्ट समाचार अनुसार कम्बोडियामा अरबौं पैसा राखेको अवस्था छ । रामले आफै भजन गाउदैनन् तर वली र उनको हनुमानले बिहान उठेदेखि बेलुकीसम्म वलीको गीत गाई नै रहे । २०४६ सालदेखि भ्रष्टाचारको पर्याय हो ओली । महाकाली यिनीहरुले नै बेचेर खाए । उनका झोलेहरुले मैले केही पद प्रतिष्ठा र सुरक्षा पाउँछु कि भनेर कालोलाई पनि सेतो भनेर बर्णन गरिरहे ।
अन्तमा देशै जुरुक्क उठ्यो ०८२ भाद्र २३ गते । यो यो ऐतिहासिक दिन एक ठाउँमा मात्र सिमित थिएन । चैत्रको डढेलो सल्किए जस्तै प्रत्येक जिल्लामा सल्कियो । तानाशाही सरकारले निहत्था माथि हजारौं गोली ठोक्यो । तर, देश प्रेमी जेन–जी डराएनन् । छाति माथि गोली थापे । भाद्र २३ गतेका दिन १९ जना निर्दोष विद्यार्थीले ज्यानको आहुती गरे । यो नेपालको इतिहासमै दुःखद घटना थियो । निहत्था कलेजबाट आउदै गरेका विद्यर्थीलाई गोली हानेर पानी मुनिको ओभानो देखायो सरकारले । यस प्रकारको हत्याले अभिभावकलाई छोयो । आफ्नो पढ्न गएको छोराको निधन भएको खबर सुनेर बाबु आमा आफन्त तथा देश बिदेशमा बस्ने नेपालीहरुमा आक्रोश पैदा भयो । थाम्न सकेनन् । अर्को दिन बिष्फोट भयो । यो दिन थियो भाद्र २४ गतेको दिन । आफ्ना साथीहरुको विभत्स हत्या भएको दुःखद् घडीमा विद्यार्थीहरु नारालगाउदै भ्रष्ट नेताहरुको घर–घर तथा पार्टी कार्यायालयमा पसी तोड फोड गर्न थाले भने अर्को पट्टी त्यस भीडमा घुसेर केही अराजक भीडले सिंहदरबार तथा सर्वोच्च अदालतलाई जलाउन थाले । सिंहदरबार, मालपोत र अर्थ मन्त्रालय जलाउनु अराजक कार्य हो । यी नेपाल र नेपालीहरुको सम्पत्ति हुन् । आन्दोलन भनेजस्तो सिधा रेखामा जाँदो रहेनछ । ०६२ । ६३ को आन्दोलनमा यति मारिएका थिएनन् । १९ दिनमा जम्मा १९ जना मारिएका थिए । विदेशका सरकारहरुले २३ गतेको आन्दोलनलाई भत्र्सना गरेका छन् । युएन अमेरिका चीन, जापान भारत आदि देशहरुले सरकारको नागरिकको ज्यान लिने यस प्रकारको कार्यलाई घोर भत्र्सना गरेका छन् । शान्तिको कामना गरेका छन् । मानव अधिकार आयोगले जति गर्ने हो गर्न सकेन । जेन–जीको आन्दोलनमा होस् यात शब यात्रामा । मानव अधिकार सामेल भएको देखिएन । घाइतेलाई भेट गर्न पनि नगएको आभास हुन्छ । मानव अधिकार आयोग सबैको हो । यसले न्याय समानता र स्वतन्त्रताको प्रत्याभूति दिलाउनु पर्छ । जीवनको रक्षा गर्नुपर्छ । मानव अधिकारको घोषणा पत्र १९४८ को पालना गर्नुपर्छ । नागरिक तथा साँस्कृतिक स्वतन्त्रता १९६६ नागरिकले पाउनुपर्छ ।
नयाँ परिस्थितिमा राष्टूपतिले राजिनामा दिनुपर्छ । राज्यका सम्पूण अबयब खारेज गर्नु पर्छ । चुनाव नहुञ्जेल संविधान पनि खारेज हुनुपर्छ । अहिले अन्तरिम संविधान बनाएर त्यही अनुसार काम गर्नु पर्छ । गणतन्त्र भन्ने नेताहरुको सुगारटाइ छ । जनगणतन्त्र हुनुपर्छ । खाशमा लोकतन्त्र त निस्तेज गरिन्छ भने गणतन्त्र देखावटी छ । प्र मको हुकुमी शासन हुन्छ भने गणतन्त्र को के अर्थ ? चुनाव हुन्छ भन्ने हो तर, पैसावालाको मात्र चुनाव हुन्छ । चुनाब देखावटी मात्र हो । पैसा नभएका नेताहरुले चुनाब जित्न सक्दैनन् । नेताहरुले मासुभात खुवाएर चुनाव जित्न सफल भएका हुन्छन् । मत गणनामा बाकस साटिन्छ । जनता विकसित देशमा जस्तो चेतनशील छैनन् । विदेशमा त घरैबाट अनलाइन भोटिंग हुन्छ ।
अब कार्यकारी प्रधानमन्त्री हुनुपर्छ । संसदबाट मन्त्री चुनिनु हँुदैन । विज्ञको आयोगबाट मन्त्रीहरु चुनिनुपर्छ । संसदले कानून बनाउने हो । विद्यमान क्रान्तिबाट आएको सरकारले ६ महिना भित्र चुनाव गराउला भन्ने सन्देह छ । तर पनि समय केही बढाउन सकिन्छ । यही अन्तरिम सरकार र प्रधानमन्त्रीलाई पूर्वाग्रहले माओबादीबाट भूटानी प्रकरणबाट सेफल्यायडमा आएका रामबहादुर बादलले अनागरिक सरकार भन्दा ताजुब लाग्छ । जनयुद्धबाट आइसकेपछि उनी निर्वाचित भएर आएका हुन् वा सरकारमा बसिसके पछि चुनाबबाट आएका हुन् ? केपी वलीको सरकार त जानु थियो गयो पनि । यसमा धेरै युवाहरुले बलिदान दिएका छन् । पहिले जेन–जी भनेको को हुन् ? यसबारेमा अवगत हुनु आवश्यक छ । काम त राम्रो गरे तर रहस्य के छ ? भन्ने कुरामा जानुपर्छ । सार्वजनिक भएको भिडियो हेर्दा जेन–जी अमेरिकी बारबरा फण्डबाट सञ्चालित योजना हो । यसमा सीआईएको प्रमुख हात छ । जेन–जीका अगुवाले यो कुरा बताएका हुन् । अमेरिकाले पार्टीहरुको डलरमा बिक्ने लोभ लालसाले गर्दा एमसीसी लागू भएको हो । ब्याख्यात्मक भनेर टालटुल गरे । अहिले अमेरिकाले एमसीसीको नाममा कार्यालय खोलेर बसेको छ । एमपिए खोलेको अवस्था छ । अमेरिकी सेना बेरोक टोक आउदछन् । नेपाली सेनालाई तालिम दिन्छन् । यो कुरा नेपालीलाई सह्यहुँदैन ।
अहिले नेपालमा सेनाले रोल खेलेर प्रम सुशीला कार्कीलाई प्रमको जिम्मेवारी दिएको छ । कफ्र्यूलगाएर शान्ति कायम गरेको हो नेपाली सेनाले । राष्ट्रपति रामचन्द्र पौडेललाई संसद विघटन गर्न लगाएको हो । यी कुराहरु सकारात्मक छन् । संकटमा सेनाले भूमिका खेल्नु पर्छ । तर पनि भाद्र २३ गते सेना किन मौन बस्यो ? एउटा प्रश्न छ । अहिलेसम्म ७२ जनाको ज्यान गएको अवस्था छ । आन्दोलन पछि के गर्ने ? रोडम्याप छैन । चुनावमा उनै भ्रष्टाचारी नेताहरु आउने हुन । हामी फेरि आउँछौं भनेर टाउको उठाई रहेका छन् । उनै इतिहासले रछ्यानमा मिल्काएका नेताहरु आउने हुन् । यो वर्गीय लडाईं होइन । पूँजीवादी लडाइ हो । नेपालीले खोजेको समाजवादी यात्रा हो । वैज्ञानिक समाजवाद हो । तर पनि जनता धेरै असन्तुष्ट भइरहेको अवस्थामा केही परिवर्तन हुनु, सत्ता पलट हुनु नेपालीको तीव्र चाहना हो । यसबारेमा जेन–जी पुस्ता धन्यवादका पात्र बनेका छन् । पुरानो संस्कार, पुरानो चिन्तनमा रोइलो त भइहाल्छ नि । ए मालेका कार्यकर्ताहरुले जेन–जीका नेतालाई एक्लै आइरहेको अवस्थामा नयाँ बानेश्वरमा हमला गर्ने दुस्प्रयास गरेका थिए भन्ने सुनिन्छ । अब सबै तह संयमित हुन जरुरी छ । भाद्र २३ गते कलिला युवाहरुको निधन भएको छ । देशका जनशक्ति हराएको छ । अब पनि नेताहरुमा सद्बुद्धि नपलाए भविष्यमा यो भन्दा पनि ठूलो आँधिबेरी आउने छ । यसले सबै भ्रष्टाचारीलाई बढारेर लाने छ । अब जनतामा चेतना आइसकेको छ । एकै दिन प्रायः सबै जिल्लाहरुमा आन्दोलन हुनु यो कुनै संयोगको कुरा होइन । यो आन्दोललाई बचाएर राख्नुपर्छ । तर बिदेशीको डिजाइनमा होइन नेपालीको पहलमा हुनु अझ राम्रो हुनेछ । चन्द्रमा छुने लक्ष्य राख्नुपर्छ । बीर बलभद्र, अमर सिंहबाट पाठ सिक्नुपर्छ । अब तोफोड होइन, संहार होइन, संभारमा लाग्नुपर्छ । होनहार कलिला युवाले ज्यान गुमाए सबैलाई हार्दिक श्रद्धान्जली । सन्तप्त परिवारमा गहिरो समवेदना । युवाका परिवारलाई रोजगारी मिलोस् । यही कामना ।