दशैं कि दशा !
हिन्दू परम्परा अनुसार दशैं जोडतोडले मनाइन्छ। धार्मीक मान्यता अनुसार रामले रावण माथि बिजय पाएको दिनलाई बिजया दशमी भनिन्छ। दुर्गा देबीले महिसासुर राक्षसलाई बध गरेकोले यस दिनलाई बिजया दशमी भनिएको छ। खाश गरेर दशैं पृथ्बी नारायण शाहबाट सशक्त रुपमा आएको बुझिन्छ।
सबै प्रजाहरुले दशैं अनिबार्य रुपमा मनाउन पर्दथ्यो। दशैं नमनाए मृत्यु दण्ड दिइन्थ्यो। नेपाल एकीकरण गरेका पृथ्बी नारायण शाहले सबै देशबासीलाई जबरदस्त दशैं मनाउन लगाउँथे। दशैंमा बली दिएको छ कि छैन भनेर प्रत्येक घरमा जोगीको भेषमा जासूसलाई पठाइन्थ्यो। त्यो घरको वरिपरि बली दिएको रगत छ कि छैन भनेर हेर्न लगाइन्थ्यो। बली नदिएको भए तत्कालै उसलाई हत्या गरिथ्यो।
एक दिनको कुरा हो। पृथ्बी नारायण शाह सुनकोशीको किनारमा बसी सुनकोशी पारि बस्ने रिपुदेन मगरलाई मित लगाउन भनी सुन कोशीको वारी आफू बसेको ठाउँमा बोलाए। पृथ्बी नारायण शाहले साँध लगाएको खुकुरी आफ्नो पछाडि लुकाएका थिए। मगर आएर कुरा गर्नलागेको बेला उनले पछाडिबाट रिपुदेनलाई प्रहार गरे।
दशै पर्ब मानिसको मानस पटलमा जरागाडेर बसेको छ। सबैले राम्रो खाने राम्रो लगाउने नेपालीहरुको लागि ठूलो चाड भएको छ। सभ्रान्त बर्गसँग प्रतिस्पर्धागर्न बिपन्न बर्गले ऋणकाढेर पनि दशैं धुमधामले मनाउँदै आएका छन्। दशैंको अर्को दिन ऋण संझेर मुर्छा परेका हुन्छन्। अब केही उपाय नहुदा देश छोडेर बिदेश नोकरीको लागि गएका हुन्छन्। बिदेशमा कहाँ सुख हुन्छ र।
चौकीदारी गरेर केही बचत गरेका हुन्छन् घर परिबारको मुखमा हाँसो ल्याउन। उनीहरुले पठाएको रेमीटेन्सबाट सरकारले आम्दानीको स्रोत बनाएको हुन्छ। तर सरकार उनीहरुको जीवनमा खेलबहाड गर्छ। आफ्नै देशमा बहुमूल्य खनिज पदार्थ छन्। तर सरकार त्यसको नजर अन्दाज गर्छ। कुनै कारखाना खोल्न सक्दैन। भएका उद्योहरु पनि नेताहरुले बेचेर खाएका छन्। नेताहरुले प्रधान मन्त्रि बन्न होडबाजी गर्छन्। उनीहरुलाई बिदेशीले प्रधान मन्त्रि बनाईदिनुपर्छ। मन्त्रि बनाईदिनु पर्छ। बिद्यमान सरकारलाई १ करोड तिरेर संबैधानकि अंगका अफिसर भएका हुन्छन्। प्रदेशको न्यायाधीश बन्न पचास लाख दिनुपर्छ। यसरी पैसा चढाएर भएका न्यायाधीशले अवश्यनै आफ्रनो पैसाउठाउँछन्। बेरोजगारी छ। काम छैन। बिहान बेलुकी के खाने भन्ने पिरलो छ। स्थानीय स्तरमा मजदूरीबाट धेरै पैसा आउन सक्दैन। ऋण गरेर दशैं मनायो अर्काे दिन छोरा छो्री जहान छोडेर बिदेश लाग्यो यही दिन चर्या भएको छ।
त्यसैले दशैं बिपन्न बर्गका लागि अभिशाप भएको अनुभूत हुन्छ। साँच्चैनै दशैं गरीबका लागि दशा बनेको छ। दशैं दशा हो। दशैको सकारात्मक पक्ष भनेको परिबारमा हुने मिलन हो। बर्षको एक पटक छोरा छोरी टाढा टाढाबाट आएर बाबु आमासँग भेट घाट हुन्छन्। श्रीमती सँग भेट हुन्छन्। एक दुई दिनको बसाइ पछि आँसु पुछ्दै बिदेश भौंतारिन्छन्। घरमा आम्दानीको केही उपाय नहुँदा फेरि पनि बिदेश नै जानुपर्छ। यस्तो अवस्था कहिलेसम्म? अब समाजबादमा जानुको बिकल्प छैन। समाजबादी यात्रा आजको आवश्यकता हो। अहिले जेन्जेडले एकै दिनमा कायापलट ल्याएको हो। सत्ता पल्टियो्। राम्रो भयो तर यो आन्दोलनले उही पुराना अनुहार आउँदछन् भने परिवर्तन भएको मानिदैन। सबै पार्टीहरुले पुराना अनुहारलाई बिस्थापित गर्नुपर्छ। ने काका अध्यक्ष शे्रबहादूर देउबाले पूर्ण बहादूरलाई कार्यबाहक दिएर आरजू राण सपिहत सिंगापुर गएका छन्। अब अरु पार्टीले पनि अरुलाई जिम्मा दिनुर्पछ। मै खाउँ मैलाउँ प्रबृत्तीले कसैलाई पनि राम्रो हुदैन। पुराना २् ३ पार्टीले नै सत्तामा आफ्रनो पकड जमाएर कैयौं बर्षसम्म खान पल्केका हुन्छन्। यस्तो अवस्था रहेसम्म देश कहिल्यै उभो लाग्न सक्दैन। संसदीय ब्यबस्थामा जनताको जीवनमा केही परिवर्तन हुदैन। बैज्ञानिक समाजबादबाट समाजादको यात्रा गर्नुनै आजको बिषय हो। समाजबादमा योग्यता अनुसार काम काम अनुसार माम हुन्छ। साम्यबादमा आवश्यकतानुसार माम हुन्छ। अहिले लक्ष साम्यबाद राखे पनि यो टाढाको बिषय छ। सपना त देख्नुपर्छ नै। तर अहिले समाजबादको यात्रा गर्नु अपरिहार्य छ।
,
समाजबादमा परिवर्तनसँग गाँसिएका हुन्छन् चाडपर्वहरु। दशैंलाई क्रमशः तिरस्कार गर्दै जानुपर्छ। यसको बदला स्वतन्त्रता दिवस मनाउनुपर्छ। तर पार्टीहरुले भन्दै आएका लोकतन्त्र भारतमा बनाइएका उपज हुन्। १२ बुँदै संझौता भारतमानै बनेको हो। लोतन्त्र ठगी खाने भाँडो बनेको छ। गणतन्त्र देखावटी बनेको छ। अब समाजबाद नआइृकन नागरिकको जीवन स्तर उकालो लाग्न सक्दैन। डेनमार्क आदि ठाउँहरुमा राजा भएको देखिन्छ। राजालाई एकताको प्रतिक मान्छि। तर बंश परंपराको राजा आधुनिक समाजमा केही काम छैन। पार्टीहरु पनि झन नकाम भएका छन्। गणतन्त्रको नामले ठगी धन्दा चलाएका छन्। यी बिक्रीती बिसंगतिले गर्दा संसदीय ब्यबस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल बनेको छ। संसदीय ब्यबस्था अफाप सिद्ध छ। संसदीय ब्यबस्थामा एकताको प्रतिक राजतन्त्र हुनसक्छ तर समाजबादी ब्यबस्थामा राजा हुन सक्दैन। बंश पम्पराले प्रजातन्त्र आउन सक्दैन। प्रतक्ष्य निर्बाचित सरकार प्रमुख हुनुपर्छ।
अहिले पार्टीहरुको फोहरी खेलले गर्दा जनतामा बरु राजा ठीक छ भन्ने धारण पलाएको छ। राजतन्त्र राम्रो नभएर पनि पार्टीहरुको बिष्तृणाले राजालाई संझेका हुन जनताले। तर प्रतिगमनमा गएर बंश परंपरागत राजालाई मान्ने कुरा हुन सक्दैन। राजाको बदला प्रत्यक्ष निर्बाचित सरकार प्रमुख हुनुपर्छ। तर यो दीगो हुन सक्दैन। दीगो भनेको समाजबाद हो। अहिले जेनजीले एकै दिनमा तहल्का मच्चायो। गरे के हुदैन? तर यसको भाबी लक्ष्य देखिदैन। भ्रष्टाचारको उन्मुक्ती भनेको छ। चुनाब हुन्छ उनै २।३ दल पालै पालोसँग सत्तामा जान्छन् भने केही परिवर्तन आउन सक्दैन। ब्याप्त भ्रष्टाचार हुन्छ। युएनले नेपाललाई ग्रे लिष्टमा राखेको अवस्था छ। नेपाल बिदेशीको पकडमा गैसकेको छ। प्रमको राजदूताबासमा सम्पर्क भएको हुन्छ। अहिलेको आन्दोलन पछिको सरकारले केही सकारात्मक कुरा त देखाएको छ। तर जेनजीको हत्यारालाई गिरफ्तार गर्न सकेको छैन। ११ देशका राजदूतलाई फिर्ता बोलाउन लागेको छ जसले करोडको बाजी राखेर राजदूत बनेका थिए। जेनजीको आन्दोलनले बनाएको प्रम आफै बृद्धा छिन्। चुनाब गर्ने त भनिएको छ तर चुनाब हुन्छ हुदैन थाह छैन। उनै पार्टीका बृद्ध नेता उम्मेदार उठेमा सहिदका सपना पूरा हुन सक्दैन। उनीहरुले पैसाको बलले चुनाब जितेका हुन्छन्। चुनाबमा जेनजीका उम्मेदवार भए अझ राम्रो हुन्छ। यो भनेको संक्रमणको कालमा हो समाजबादमा फड्को नमार्दासम्म। कम्युनिष्टको लोगोभिरेको कम्युनिष्ट होइन। क्रान्तिकारी कम्युनिष्टहरु सबै मिलेर समाजबादमा जानूको कुनै बिकल्प छैन। सबैलाई कुर्सीको प्यारो छ। अब समाजबादको लागि पार्टी भन्दा माथि उठेर लाग्नुपर्छ। यस बेला सामन्ति संस्कार बोकेको दशैं तिहार हराएर जाने छन्। नयाँ उमंग नयाँ बिचारले समाजमा ठूलो परिवर्तन ल्याउने छ। पुरातन कम्युनिष्टले समाजमा भ्रम फैलाएको अवस्था छ। संसदीय ब्यबस्थामा टाँसिएका लम्पसार भएका नेताहरुले केही गर्न सक्दैनन्। उनीहरु कम्युनिष्टको नाममा कलंक हुन्। उनीहरु के कम्युनिष्ट के ने का एउटै हुन। ताक परे काँग्रेससँग गठबन्धन गरेका हुन्छन्। बरु कांग्रेसले भ्रम फैलाएको हुदैन। जे छ त्यही देखाउँछ। तर कम्युनिष्टले खसीको टाउको देखाएर कुकुरको मासु बेचिरहेको हुन्छ। यहाँ भन्न खोजिएको दशैं दशा नहोस्। यसलाई समाज सापेक्ष बनाउनुपर्छ।