अक्टोबर क्रान्ति र लेनिनको योगदान
२५ अक्टोवर, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिनको रुपमा स्थापित गर्न सफल भएको दिन । जुन क्रान्तिले विश्वमा पहिलो पटक सामन्तवाद र साम्राज्यवादको शोषण, दमन र उत्पिडनको जाँतोमुनि पिल्सिएका विश्वका उत्पिडित तथा मुक्तिकामी जनताको लागि वैज्ञानिक समाजवादी मार्गलाई देखाएको थियो । विश्वमा सामन्तवादलाई समूल नष्ट गर्न फान्सेली पूँजीवादी क्रान्तिको जति ठूलो महत्व छ पूँजीवाद–साम्राज्यवादलाई समाप्त पार्न र वैज्ञानिक समाजवादी समाजको निर्माण गर्न महान अक्टोबर समाजवादी क्रान्तिको त्योभन्दा ठूलो महत्व विश्वमा रहेको छ । किनभने विश्व समाज दास युगदेखि पूँजीवादी युगसम्म शोषण उत्पीडनमा आधारित समाजको रुपमा रहेको हो र समाजवादी क्रान्तिपछि नै शोषण उत्पीडनमुक्त मजदूर किसान श्रमजीवी वर्गको पहिलो राज्य सत्ता विश्वमा विकसित भएको हो । त्यसैले यो समाजवादी क्रान्ति पूँजीवादी क्रान्तिभन्दा गुणात्मक किसिमले नै माथिल्लो विकसित सभ्यता र अझ माथिल्लो चरणको विश्वको विशिष्ठ गुणले युक्त भएको एउटा युगान्तकारी क्रान्ति थियो, हो । माक्र्सको शब्दमा भन्ने हो भने ‘पुराना सबै दुःख कष्टबाट मुक्त’ समाजको स्थापना गर्ने नयाँ युगनिर्माणकारी क्रान्ति हो यो अक्टोबर समाजबादी क्रान्ति ! यस क्रान्तिले विश्वमा शोषित, उत्पीडित तथा पद दलित विभिन्न तह र तप्काका जनतालाई सुख, सम्बृद्धि र सुनिश्चित भविष्य निर्माणको नबीन ऊर्जा दियो । आफ्नो जीवन र समाज परिवर्तनप्रति अत्यन्तै अदम्य उत्साह र भविष्यप्रति अपूर्व आशा जगायो ।
विश्व र्सवहारा वर्गको मुक्ति र क्रान्तिको बाटो देखाउने विश्व क्रान्तिका नेता लेनिनको नेतृत्वमा रहेको सोभियत कम्युनिष्ट पार्टी अगुवाइमा रुसमा सम्पूर्ण श्रमजीवी जनता–मजदुर, किसान, मध्यम वर्ग(राष्ट्रिय पूँजीपति) सीपाही, बुद्धिजीवी तथा रुसको जारशाहीबाट शोषित उत्पीडित सम्पूर्ण तह र तप्काका जनता सम्मिलित त्यो रुसी अक्टोबर क्रान्ति रुसको पुरानो पात्रो अनुसार १९१७ को नोभेम्बर ७ का दिन सम्पन्न भएको थियो । १९१७ मा रुसमा सम्पन्न यो महान क्रान्तिले रुसमा रोमानोभ वंशको तीन सय वर्षदेखि चल्दै आएको राजतन्त्रलाई समूल नष्ट पारेको थियो र विश्वकै इतिहासमा पहिलो पटक ‘मजदूर–किसान’को राज्य खडा गरेको थियो । लेनिनको देहावसान पछि सोभियत संघका अर्का क्रान्तिकारी नेता स्टालिनको नेतृत्वमा सोभियत समाजवादको निर्माण गर्दै र सोभियत संघलाई बाह्य र आन्तरिक प्रतिकृयावादी पुनरुत्थानाबादी शोषक वर्गीय शक्तिको निरन्तरको आक्रमण र हमलाबाट जोगाउदै सोभियत संघलाई अभूतपूर्ब विकासको बाटोमा अग्रसर तुल्याइयो । वास्तवमा ३०० वर्षमा पूँजीवादले गर्न नसकेको चौतर्फी विकास सोभियत समाजवादले ५० वर्षमा हासिल गरेको वस्तुगत तथ्य स्वयं विश्वका विज्ञ पूँजीपति विशेषज्ञहरुले स्वीकार गरेको थियो । समाजवादको विकासले हरेक क्षेत्रमा पूँजीवादको एकाधिकारलाई तोडिदिएको थियो भने शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, अन्तरिक्ष अभियान आदिको क्षेत्रमा सोभियत समाजवादले पूँजीवादलाई उछिनिसकेको पनि थियो । विश्वमै पहिलो पटक अन्तरिक्षमा स्पूतनिक नामको यान छोड्ने काम सोभियात समाजवादले नै गरेको थियो । अन्तरिक्ष यात्रामा पुगेर फर्किएका विश्व प्रसिद्ध रुसी वैज्ञानिक यूरी गगरिनसँग राज्यले खुशी भएर के माग्नु हुन्छ भनेर ती वैज्ञानिकसँग प्रश्न गर्दा उनले मात्र ‘आपूm कम्युनिष्ट पार्टी सदस्य हुन चाहेको’ इच्छा जाहेर गरेका थिए । त्यतिबेला कम्युनिष्ट पार्टी एउटा सदस्य हुनुको कति ठूलो गौरव र गरीमा रहेको थियो भन्ने कुरा यसबाट पुष्टी हुन्छ ।
वास्तवमा सन् १९१७ को फेब्रुअरीमा रुसमा पूँजीवादी क्रान्ति नै सम्पन्न भएको थियो । त्यसले रुसी राज्यसत्ता अस्थाईरुपमा पूँजीवादी अधिनायकत्वको त्यो संस्थाको हातमा सुम्पिएको थियो जसले जारशाहीबाट रुसी राज्यको शासन यन्त्र आफ्नो हातमा लिएको थियो । त्यतिबेलाको राजनीतिक संघर्षमा रुसी र्सवहारा वर्गको हितलाई लेनिन नेतृत्वको बोल्शेभिक पार्टीले प्रतिनिधित्व गर्दथ्यो । सामन्ती जारशाही शासनको बिरुद्धको संर्घष्मा उनकै नेतृत्वमा पेत्रोग्राद(१९२४ मा यसलाई लेनिनग्राद भनिएको थियो भने १९९१ पछि सेण्टपिटर्स वर्ग नै भनियो) का मजदूर सोभियतहरु(रुषी भाषामा परिषद)को स्थापना गर्न थालियो जुन सोभियतमा आरम्भदेखि नै ती सिपाहीहरु पनि सहभागी थिए जो वास्तवमा सैनिक पोशाकमा किसानहरु नै थिए । रुसी मजदुर वर्गले त्यसैबेलादेखि नै टे«ड यूनियनहरु कायम गर्न थाल्यो । कुनै आदेश बिना नै ८ घण्टाको कामको दिन लागु गरियो र क्रान्तिको रक्षाका लागि ‘लाल गार्ड’को पनि गठन गरियो । यसरी सर्वहारा मजदूर र किसान जन समुदायको क्रान्तिकारी जनवादी अधिनायकत्व जुन पेत्रोग्रादमा स्थापना गरिएको थियो त्यसलाई रुसभरी स्थापित सोभियतहरुले साथ दिइरहेका थिए । कुनै राज्यसत्ता त थिएन तर, शस्त्रास्त्रले सुसज्जित जनताले त्यसको समर्थन गरिरहेका थिए र वास्तवमा अधिकार पनि तिनकै हातमा थियो । यसरी फेब्रुअरी क्रान्तिले दोहोरो शासन कायम गरेर नयाँ क्रान्तिका लागि स्वयम नै बिऊ रोपेको थियो । यस्तो क्रान्तिको अनिवार्यता यही कुराले निर्धारण गरेको थियो कि जारशाहीका विरुद्ध संघर्ष गरिरहेका वर्गहरुमा कुनै वर्ग पनि फेब्रुअरी क्रान्तिको परिणामबाट सन्तुष्ट थिएनन् । अप्रिल १९१७ मा निर्वासित भएका नेता लेनिन रुस फर्किए पछि जनवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा परिणत गर्ने स्पष्ट रुपरेखाको योजना बोल्शेभिक पार्टीलाई प्राप्त भयो ।
अक्टोबर महिनासम्म रुसको राजनीतिक संकट अझ गहिरो भएर गएको थियो । अस्थाई सरकारले जुन लडाई चलाएको थियो त्यसले गर्दा देशमा अकाल र बिनाशको माहोल व्याप्त थियो । मजदूर वर्ग पूँजीपति वर्गका बिरुद्ध अझ बढी सशक्तताकासाथ संघर्षरत हुन थालेको थियो । पेत्रोग्राद तथा मास्कोका सोभियतहरुका वरिपरी देशका अन्य औद्योगिक केन्द्रका सोभियतहरु सबै बोश्लेभिक बनिसकेका थिए । सरकारबाट जमिन नपाएका रुसी किसानहरुले बोश्लेभिकहरुको आह्वानमा आन्दोलित हुदै सामन्त वर्गको जमिन कब्जा गर्न शुरु गरेका थिए । मुख्य मुख्य मोर्चा भित्र रहेका नगर सेनाका बटालियनहरुमध्ये पनि धेरैजसो जनताको हित विरोधी लडाईबाट थकित भएका थिए र बोल्शेभिकहरुकै बाटोमा लागिसकेका थिए । मजदूर वर्गको अगुवाईमा अधिकांश जनताको समर्थनको साहारा लिएर बोल्शेभिकहरुले लेनिनको नेतृत्वमा सशस्त्र विद्रोहको लागि जनतालाई खुल्ला आह्वान गरे । यस क्रममा १९१७ को अक्टोबर २४ का दिन लेनिन स्मोल्नी भवन पुगे । लाल गार्डका सैनिक तथा विभिन्न कारखानाका प्रतिनिधिहरु पनि हरेक क्षेत्रबाट त्यहाँ उपस्थित थिए । सर्वहारा विद्रोहको मुख्य कार्यालय, सैनिक क्रान्ति समितिको बैठक त्यसै भवनको तेश्रो तल्लामा निरन्तर चलिरहेको थियो । त्यो भवनमा पुग्ने वित्तिकै लेनिनले विद्रोहको प्रत्यक्ष सञ्चालन आफ्नै हातमा लिए । तत्कालै विभिन्न गाडी र साइकलहरुमा सन्देशबाहकहरु शहरतिर हिडे र राजधानीका कारखानाहरु, टोलटोल, सैनिक संगठनहरुमा सैनिक क्रान्ति समितिले आदेश दिन थाल्यो ।
पेत्रोग्रादको सर्बहारा र रेजिमेण्टहरुले काम गर्न थाले । सैनिक चौकीहरु र सरकारी कार्यालयहरुमाथि उनीहरुले कब्जा गर्न थाले । २५ अक्टोबर बिहानसम्ममा नेवा नदीमाथिका सबै पुलहरु, केन्द्रीय दूरसञ्चार केन्द्र, आकाशवाणी कार्याल, पेत्रोग्राद समाचार समिति, रेडियो स्टेशन, रेलवे स्टेशन, विद्युत गृह, बैंक र अन्य महत्वपूर्ण सरकारी कार्यालयहरु नौ सेना, लाल गार्ड र सीपाहीहरुले कब्जामा लिइसकेका थिए । शीत महल जहाँ अस्थाई सरकार रहेको थियो र फौजी इलाकाका मुख्य कार्यालहरुलाई छाडेर बाँकी सबै शहर हतियारबन्द सर्वहारा र क्रान्तिकारी सैनिकको हातमा आइसकेको थियो । अब सरकारी शीत महल कब्जा गर्न लेनिनको आदेशका निम्ति नौसेना, लाल गार्ड र क्रान्तिकारी सीपाहीहरु तयार थिए । यसरी सर्वहारा वर्गको विद्रोहले बिजय पाएको थियो । भोलिपल्ट सबेरै सैनिक क्रान्ति समितिले लेनिनले ‘रुसी नागरिकहरुको नाममा’ लेखेको ऐतिहासि ‘आहवान’ प्रकाशन गरे । त्यसमा आम जन साधारणलाई यो खबर दिइएको थियो कि केरेन्स्की नेतृत्वको अस्थाई सरकारको सत्ता जनताले पल्टाएका छन् र राज्यसत्ता पेत्रोग्रादका सर्वहारा र नगर सेनाको अगुवाई गर्ने ‘सैनिक क्रान्तिकारी समिति’को हातमा आइसकेको छ । यो क्रान्तिको बिजयको खबर तारद्वारा रुसका कुनाकुना र सबै मोर्चाहरुमा पु¥याइयो । त्यसै दिन दिउसो लेनिनले पेत्रोग्राद नगर सोभियतको असाधारण बैठकमा सोभियत शासनको कत्र्तब्यका बारेमा महत्वपूर्ण भाषण दिए । त्यसको सार थियो ः ‘मजदूर र किसानको क्रान्ति सफल भएको छ’ । अनि २६ अक्टोबरका दिन बिहान सबेरै ५ बजे सोभियतहरुको दोश्रो अखिल रुसी काग्रेसको अधिवेशनमा के सूचना सुनाइयो भने ‘अस्थाई सरकारको आखिरी किल्ला शीत महलमाथि पनि जनताले कब्जा गरे । केन्द्रका अरु अरु स्थानमा पनि राज्य शासन सोभियतहरुको हातमा आइसकेको छ’ ।
यसरी सफल भएको श्रमजीवी जनताको महान् अक्टोबर समाजवादी क्रान्तिले विश्वभरीका मजदूर किसानलगायत सम्पूर्ण श्रमजीवी जनतलाई आफ्नो राज्यसत्ता कायम गर्ने, शोषणरहीत वैज्ञानिक समाजवादको निर्माण गर्ने र एउटा सभ्य, सुसंस्कृत, समुन्नत मानवीय समाजको निर्माण गर्ने जुन सन्देश दियो त्यसको दूरगामी प्रभाव विश्वभरी प¥यो । सोभियत समाजवादको निर्माण र विकासले त्यसको अझ पुष्टी ग¥यो । तर गम्भीर सैद्धान्तिक बिचलन तथा आन्तरिक र बाह्य षड्यन्त्रका कारणले ७० वर्षम्म चलेको सोभियत संघ अन्ततः विघटनको संघारमा पुग्यो । यद्यपि सोभियत समाजवादले विश्वलाई ठूलो शिक्षा दिएको छ र मानव समाजको गन्तब्यलाई प्रष्टसँग उजागर गर्दै फेरि पनि विश्वको एक मात्र सुनिश्चित भविष्यको आसा र भरोसाको विकल्प वैज्ञानिक समाजवाद नै हो भन्ने प्रेरणा निरन्तर दिइरहेको छ ।
को हुन लेनिन
लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको भोल्गा नदीको किनारमा रहेको सिम्बिस्र्क शहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच्च शिक्षा हासिल गर्न सफल भए । केटाकेटीमा उनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो ।
लेनिनकी आमा मारिया अलेक्सान्द्रभ्ना डाक्टरकी छोरी थिइन् । घरमै शिक्षा पाएकी उनी थुप्रै विदेशी भाषाका ज्ञाता थिइन् । त्यस्तै साहित्य र सङ्गितप्रति सौखिन, दृढ स्वभाव, शान्त, मिलनसार, बुद्धिमान र दृढ निश्चयी पनि थिइन् । लेनिनका पिता त्यस समयका प्रगतिशील बिचार राख्ने व्यक्ति थिए । उनले रुसी जनसाधारणका बीचमा शिक्षा प्रचार गर्ने, गाउँहरुमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरुमा बस्ने गैररुसी जनजातिहरुको शिक्षादीक्षाका लागि महत्वपूर्ण योगदान गरेका थिए । उनीहरुका आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए । उल्यानोभ दम्पतीले आफ्ना सन्तानहरुलाई बहुपक्षीय शिक्षा दिए । यसका साथसाथै उनीहरुले आफ्ना सन्तानलाई परिश्रमी, इमान्दार, सुशील, अनुशासित र कर्तव्यपरायण बनाउन महत्वपूर्ण योगदान गरे ।
संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतीका सबै छोराछोरी पछि गएर क्रान्तिकारी बने केटाकेटी छँदैदेखि नै लेनिन साहसी, प्रफुल्ल, ठट्यौली वर मिजासका थिए । उनी पौडी खेल्न र स्केटिङ गर्नमा असाध्यै रुचि राख्थे । पाँच वर्षको उमेरमा नै उनले लेखपढ गर्न सिकिसकेका थिए । नौ वर्षको उमेरमा सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना भए । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैँ प्रथम हुन्थे । आफ्ना सहपाठीहरुलाई सधैँ मद्दत गर्थे र कठिन विषयहरुमा उनीहरुलाई सहयोग गर्न अग्रसर हुन्थे ।
सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रासभ, साल्तिकोभ सेद्रिन र टल्स्टोयका कृतिहरु अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्रेटहरुका कृतिहरु पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा विरोधी नेर्निसेभ्स्कीको ‘के गर्ने ?’ उपन्यासले उनलाई प्रभावित पारेको थियो ।
१९१७ अप्रिल ३ को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालफन्डा बोकेका हजारौं श्रमिकहरु फिनल्यान्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले गार्ड अफ अनर को व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक तथा नौसैनिकहरुलाई नयाँ सर्वहारा क्रान्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।
लेनिनले रुसको अस्थायी सरकारले पूँजीपति तथा बिर्तावालहरुको स्वार्थरक्षार्थ काम गरिरहेको कुरा प्रस्ट पार्दै उसलाई असहयोग गर्न आमजनतालाई आह्वान गरे । साथै उनले ‘सम्पूर्ण सत्ता सोभियतहरुलाई’ भन्नेजस्ता नाराहरु अघि सारे । उनले स्पष्ट पार्दै सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरुलाई जमिन, भोकाहरुलाई रोटी दिन सक्छ भने । उनले बिर्ताहरु बिनामुआब्जा जफत गरिनुपर्छ, देशको समस्त जमिनको राष्ट्रियकरण हुनुपर्छ र सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि मजदुर नियन्त्रण कायम गर्ने प्रस्ताव राखे ।
यसैबीच लेनिनले महाधिवेशन डाकेर पार्टीको नाम बदलेर बोल्सेभिकबाट कम्युनिष्ट पार्टी बनाए । केरेन्स्कीको अस्थायी सरकारले लेनिन र बोल्सेभिकहरु विरुद्ध घृणा तथा दुष्टतापूर्ण आरोपहरु लगाउन थाल्यो । उनीहरुले लेनिनलाई गिरफ्तार गर्न पुर्जी काटे । लेनिनले करिव साढे तीन महिना भूमिगत भएर काम गरे ।
सन् १९१७ मा लेनिनले भूमिगत अवस्थामा लेखेको कृति ‘राज्य र क्रान्ति’ प्रकाशित भयो । त्यस पुस्तकबाट लेनिनले राज्यसत्तामा सर्वहारा अधिनायकत्व किन आवश्यक छ र यसको ऐतिहासिक भूमिका के हो भन्ने कुरा खुलस्त पारे । यस पुस्तकमा उनले समाजवाद र साम्यवादलाई साम्यवादी समाजको दुई खुड्किलाको रुपमा व्याख्या गरे । उनले क्रान्तिमा कम्युनिष्ट पार्टीको भूमिकाबारे पनि महत्वपूर्ण विचार प्रकट गरेका थिए । जनता विस्तारै बोल्सेभिकहरुतर्फ ढल्कन थाले । सोभियतहरुको पुनःनिर्वाचनमा बोल्सेभिकहरुले बहुमत पाए । उनीहरुले पेट्रोग्राड र मास्कोका सोभियतहरु माथि आफ्नो वियन्त्रण कायम गरे । सोभियतहरुको प्रतिष्ठा बढ्यो र उनीहरु फेरि प्रमुख शक्तिको रुपमा देखापरे । लेनिनले विद्रोहको लागि विस्तृत योजना तयार गरे । लेनिनको नेतृत्वमा पार्टी केन्द्रीय समितिले विद्रोहको तयारी गर्दै देशभर सुनियोजित क्रियाकलाप सुरु ग¥यो ।
२४ अक्टोवरको दिन बेलुकीपख आफ्नो जीवनलाई खतरामा पार्दै पेट्रोग्राडका ती सुनसान सडक हुँदै लेनिन स्मोलिन आए र विद्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोग्राडका टेलिफोन, टेलिग्राफ तथा रेडियो स्टेसनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेसन र राजधानीका अन्य मुख्यमुख्य अड्डामाथि विद्रोही मजदुर, सिपाही र नौ सैनिकहरुले कब्जा गरे ।
२४ अक्टोवरको दिन बेलुकीपख आफ्नो जीवनलाई खतरामा पार्दै पेट्रोग्राडका ती सुनसान सडक हुँदै लेनिन स्मोलिन आए र विद्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोग्राडका टेलिफोन, टेलिग्राफ तथा रेडियो स्टेसनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेसन र राजधानीका अन्य मुख्यमुख्य अड्डामाथि विद्रोही मजदुर, सिपाही र नौ सैनिकहरुले कब्जा गरे । त्यस्तै क्रान्तिकारी सेनाले आकस्मिक प्रहारद्वारा अस्थायी सरकारका मन्त्रीहरु बसेको शिशिरप्रासाद कब्जा गरे । त्यसपछि कम्युनिष्ट पार्टीले फेब्रुअरी क्रान्तिपछि गठित अस्थायी सरकारलाई अपदस्थ गरेको घोषणा ग¥यो । र, लगतै लेनिनको नेतृत्वमा रुसमा सर्वहारा वर्गको पहिलो सरकार गठन भयो, जसले समाजवादी शासन प्रणालीको स्थापना र विकासको लागि सर्वहारा वर्गको अधिनायकत्व भएको समाजवादी राज्यसत्ताको सुरुवात ग¥यो । यो क्रान्ति नै अक्टोबर क्रान्तिको रुपमा विश्वप्रसिद्ध छ ।

