नयाँ कम्युनिस्ट केन्द्र निर्माणका संभावना र चुनौती
हुन त दलाल पुजीवादी संसदीय व्यवस्थाको असफलताले जनतामा निराशा मात्र होइन आक्रोशित बनाएकै थियो। अझ अमेरिकी साम्रज्यवादको दबाबका अगाडि लम्पसार परेर नेपाली जनताको आंखामा छारो हाल्न कथित व्याख्यात्मक टिप्पणी भन्दै राष्ट्रघाती MCC संझौता संसदबाट पारित गरे पश्चात साम्राज्यवादी हस्तक्षेपले राष्ट्रिय स्वाधीनता नै खतरामा पर्न गयो।
उपरोक्त परिवेशमा कम्युनिस्ट शक्ति , गणतन्त्रवादी र देशभक्त शक्तिहरुको एकता तत्कालीन कार्यनीति प्रश्न बनेकै थियो। त्यति बेला नेकपाले गरेको आव्हानलाई महत्व दिइएन। अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेप र दलाल संसदीय व्यवस्था संचालकहरुका राष्ट्रघात,जनघात,भ्रष्टाचार , तष्करी र माफियातन्त्रले चरम सिमा नाघे पछि जेन- जी उमेर समुहले त्यसका विरुद्ध न्यायपूर्ण मागहरु उठाएर गरेको आन्दोलनको पहिलो दिन मै राज्यले गरेको सामुहिक बर्बर हत्या र त्यसको दोस्रो दिन त्यसको आक्रोशमा मिसिएर गरिएका हत्या, आगजनी, तोडफोड , लुटपाट र तख्तापलट अमेरिकी तथा भारतीय साम्राज्यवादी र घरेलु पश्चगामी शक्तिहरुका कूकृत्य पश्चात् राष्ट्रको सार्वभौमिकताको रक्षा गर्न र आम नेपाली जनताका आधारभूत मागहरु संवोधन गर्नका निम्ति कम्युनिस्टहरुको एउटा नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्ने र सम्पूर्ण देशभक्तहरुको संयुक्त मोर्चा बनाउने विषयले सबैको ध्यान आकर्षित मात्र गरेको छैन कि पहिलो कार्यसूची नै बन्न पुगेको छ। यसै संवन्धमा नयाँ कम्युनिस्ट केन्द्र र संयुक्त मोर्चा निर्माणको ऐतिहासिक आवश्यकता त्यसको संभावना र चुनौतिका वारेमा संक्षिप्त चर्चा गर्नु यस लेखको उद्देश्य हो।
(१) ऐतिहासिक आवश्यकता : हाम्रो मातृभूमि नेपाल इतिहास कै भबै भन्दा ठूलो संकटमा पुगेको छ। देश नै रहन्छ कि रहदैन भन्ने सम्मका आसङ्का र अड्कलबाजी हुन थाल्नुले त्यसको भयावह अवस्थाको चित्रण गर्दछ।
महान जनयुद्ध र ऐतिहासिक जनाअन्दोलन्द्वारा स्थापित गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र वास्तवमा जनताको गणतन्त्र बन्न दिइएन र दलाल पूजीवादले कब्जा गर्यो । दलाल पूजीवाद भनेकै सामन्तवाद र साम्राज्यवादको अवैध सन्तान भएकाले यसले सामन्तवाद र साम्राज्यवादसंग संबन्ध बिच्छेद गर्न सक्दैन यसले त सामन्तवाद र साम्राज्यवादलाई षड्यन्त्र गर्ने आधारभूमी खडा गरिदिन्छ। आजको वास्तविक संकट त्यसैको उपज हो।आजको संकटलाई आन्तरिक (राष्ट्रघात , भ्रष्टाचार ,तस्करी , माफियातन्त्र ,वेथिती र पक्षपात) प्रधान कि भूराजनीतिक संकटले तिब्र बनेको साम्राज्यवादी हस्तक्षेप प्रधान हो भन्ने बहस चलेको छ।
वास्तवमा यो संकट सामन्त दलाल तथा नोकरशाही पुँजीवाद र साम्राज्यवादको गठजोडबाट निम्तिएको अन्तर्घुलित संकट हो। यो संकटबाट देशलाई अग्रगामी निकास राष्ट्रिय स्वाधीनताको रक्षा, स्थायी शान्ती, स्थिरता र जनताका आधारभूत आवश्यकता परिपूर्तिका निम्ति सामन्त दलाल तथा नोकरशाही पूजीवाद र साम्राज्यवाद विरोधी देश भक्त शक्तिहरूका बीचमा संयुक्त मोर्चा र नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था स्थापनाका निम्ति र नेपालको विशाल कम्युनिस्ट जनमतको रक्षा गर्न पनि कम्युनिस्ट शक्तिहरूका बीचमा नयाँ आधारमा, नयाँ विचार,सक्षम र निस्कलङ्कित नया नेतृत्व सहित वैचारिक रुपमा दरिलो पार्टी एकता आजको ऐतिहासिक आवश्यकता हो।
(२) संभावना : वस्तुगत रुपमा रुपान्तरण सहितको कम्युनिस्ट एकताको संभावना हाम्रो जस्तो देशमा सधै नै रहेको हुन्छ।अहिले त झन नवयुवाहरु (जेन- जी) को विद्रोहले कम्युनिस्ट एकताको निम्ति आधार भूमी खडा गरिदिएको छ र साम्राज्यवादी हस्तक्षेपले क्रान्तिकारी तथा देशभक्त शक्तिहरुका बीचमा संयुक्त मोर्चा निर्माणलाई अपरिहार्य पनि बनाइदिएको छ।यदि यो समयको माग र वस्तुगत आवश्यकतालाई बेवास्ता गर्ने हो भने भयङ्कर ऐतिहासिक भूल हुनेछ र भावी पुस्ता प्रती अक्षम्य अपराध हुनेछ।यो कुरा हरेक कम्युनिस्ट पार्टी भित्र रहेका इमानदार नेता कार्यकर्ता र विशाल कम्युनिस्ट जनमतले गहिरोसंगआत्मबोध गरेका छन। कम्युनिस्ट पार्टी बाहिर रहेका इमानदार देशभक्त, बौद्धिक वर्ग, राष्ट्रिय पुजीपती वर्ग र नागरिक अगुवाहरुले समेत कम्युनिस्टहरुका बीचमा एकताका निम्ति दबाब सिर्जना गरिरहेकाले एकताको संभावना
एकदम बढेर गएकोछ। यो आजको वस्तुगत यथार्थता हो।
(३)चुनौतीहरु: जति महान संभावना हुन्छन् तिनले त्यति नै ठूला चुनौतिहरु पनि बोकेर आएका हुन्छन। मुख्य चुनौतिहरु के- के छन त त्यस बारे संक्षिप्त चर्चा गरौं:-
(क) सैद्धान्तिक चुनौती: भन्न त “नेताहरुलाई पद नपुगेर कम्युनिस्ट पार्टी नामका धेरै नाङ्ले पसल खोलेका छन” भन्ने गरिएकोछ।यो भनाइ पूर्णरूपमा सत्य होइन केही आंसिक रुपमा मात्र सत्य हो। किन भने संगै हिड्नका लागि आधारभूत रुपमा पाचवटा कुरा मिल्नु पर्दछ। (१)लक्ष उद्देश्य सहितको गन्तव्य ,(२) गन्तव्यमा पुग्ने मार्ग र साधन ,(३) समय, तयारी र तरिका (४) उपरोक्त तीनवटै कुरालाई निर्देशित गर्ने क्रान्तिकारी
विचार , दृष्टिकोण र मार्गदर्शक सिद्धान्त (५) उपरोक्त चारवटै विशेषता सहितको कुशल ,सक्षम नेतृत्वको टीम।
उपरोक्त पाचवटै कुरा मिल्दा पनि संगै हिड्दैन भने त्यो एकलकाटे अर्थात फुट्परस्त हो र साच्चै नाङ्ले पशले हो भन्दा अतिसयोक्ती हुदैन।
नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा भएको एकता सिद्धान्तका कारण भन्दा पनि पद कै कारण फुटेको देखियो यद्यपि त्यहा पनि केही सैद्धान्तिक विषय पनि थिए। एमालेबाट माधवकुमार नेपालहरुको फुटमा खासै सैद्धान्तिक विषय देखिदैन। त्यसैले उहाहरुले विशेष गरेर के पी वलीको अहंकार र माधव झलनाथको तुष हटाउने हो भने एकतामा सैधान्तिक अड्चन वा समस्या देखिदैन। किनभने तिनीहरु एउटै स्कुलका उत्पादन हुन।त्यही कुरा माओवादी र एकीकृतसमाजवादीका बीचमा माथी उल्लेखित पाचवटै कुरा मिल्दैनन। किनभने जनयुद्ध लिगेसी र माओवाद स्वीकारगर्न एसलाई सहज छैन भने जनयुद्धको लिगेसी र माओवाद छाड्न माओवादीलाई आफ्नो पहिचान नै गुमाउनु पर्ने हुन्छ। त्यो जनयुद्ध लडेका अधिकांश माओवादी नेताहरू र कार्यकर्ताहरुलाई स्वीकार हुँदैन कि? भन्ने झिनो संभावना देखिन्छ। त्यसका लागि माओवादीले माओवादको सैद्धान्तिक मान्यता परित्याग गर्नु पर्दछ।यात एसले माओवादको सैद्धान्तिक मान्यता स्वीकार गर्नु पर्दछ। यो त्यति संभव देखिदैन। यद्यपि सार त्यागी सकेकाहरुका निम्ति रुप त्याग्न त्यति अफ्ठेरो पनि नहोला कि? छिट्टै यसको पनि उत्तर मिल्ने नै छ।
माओवादी धाराहरुका बीचमा पनि सैद्धान्तिक मतभिन्नता रहेकाछन। पहिलो कुरा क. किरण /गौरव नेतृत्वको धारले नयाँ जनवादी क्रान्ती कै कार्यक्रम अघि सारेकोछ भने क.विप्लव , क. प्रचण्ड क. कन्चन र क. आहुतीहरुकोनेतृत्वमा रहेका धारले समाजवादी क्रान्तिको कार्यक्रम अगाडि सारेका छन सम्पूर्ण माओ वादी धाराका बीचमा एकता हुनका लागि सर्वप्रथम गन्तव्य एउटै बनाउनु आवश्यक छ। क.किरण / गौरवसंग गन्तव्य नै मिलेको छैन। दोस्रो कुरा क.विप्लव , क.प्रचण्ड , क.कन्चन र क. आहुतीले नेतृत्व गरेका धाराहरुको गन्तव्य त मिलेको छ। गन्तव्य मिलिसके पश्चात् गन्तव्यमा पुग्ने मार्ग र साधन अर्थात कार्यदिशा पनि मिल्नु पर्दछ तर त्यो मिलेको छैन। माओवादी केन्द्रको केवल संसदीय निर्वाचन मार्फत संसद र सरकारबाटै समाजवादी व्यवस्थामा पुग्ने कार्यदिशा अगाडि सारेकोछ। यो कार्यदिशा सुधारवादी संसदवादी कार्यदिशा हो।यसमा अन्य धाराहरु सहमत छैनन। क. विप्लव सी नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले संसदीय मोर्चा लगायत संघर्षका चौतर्फी मोर्चा खोलेर पार्टीको बल र जनबललाई एकीकृत गरि ” एकीकृत जनक्रान्ती” को माध्यमबाट समाजवादी क्रान्ति सम्पन्न गर्ने नविन कार्यदिशामा अगाडि बढिरहेको छ। अन्यहरुको ठोस कार्यदिशा देखिदैन। क. आहुतीहरुले क्रान्तिमा मानिसलाई सहायक र प्रविधिलाई निर्णायक बनाउनु भएको छ।निश्चित रुपमा आजको युग विज्ञान र प्रविधिको युग हो ।प्रविधिको महत्वोपुर्ण भुमिका छ। यद्यपि त्यो निर्णायक हुन सक्दैन। निर्णायक त मानिस नै हो। यी र यस्ता प्रश्नहरुको टुंगो नलगाईकन गरिएको एकताले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्दैन यसले त गुटहरु को झुन्ड मात्र तयार गर्दछ।
(ख) पुरानो कम्युनिस्ट स्कुललाई बदल्ने चुनौती : पुराना कम्युनिस्ट स्कुल( पुष्पलाल , मोहन विक्रम , निर्मल लामा किरण र प्रचण्ड जनयुद्ध सम्म ) ले मालेमाको रक्षाको नाममा क. लेनिनले सोभियत समाजवादी क्रान्तिमा प्रयोग र विकास गर्नु भएको सहरीया विद्रोह र क. माओले चिनियाँ नयाँजनवादी क्रान्तिमा प्रयोग गर्नु भएको दीर्घकालीन जनयुद्धको कार्यदिशाको मार्ग वाहेक सोच्नै सकेनन् । निश्चित रुपमा लेनिन र माओले
मार्क्सवादको रक्षा गर्न थप विकास गर्नु भएको छ र त हामीले मालेमावादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मानेका छौ। सोभियत समाजवादी क्रान्ति र चिनियाँ नयाँ जनवादी क्रान्तिमा प्रयोग भएका कार्यदिशाहरुमा सार्वभौम र ती देशका विशेषता छन। आजका नया अन्तरविरोधहरुलाई विगतका तरिका र शुत्रहरुद्वारा मात्र हल गर्न सकिदैन । त्यसकारण ती कार्यदिशा नेपालमा हुबहु लागुहुन सक्दैनन् । मालेमावादका सार्वभौम नियम र नेपाली विशेषताको नयाँ कार्यदिशा निर्माण गरेर मात्र आजको २१औं शताब्दीको वैज्ञानिक समाजवादी क्रान्ती सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गर्न पुरानो स्कुल वाधक छ। मालेमावाद्को रक्षा प्रयोग र थप विकासबाट मात्र संभवछ। पुरानो स्कुलले कम्युनिस्ट पार्टीले सात दशक पूरा गर्दा समेत मार्क्सवादका तीनवटै संघटक अंगमा केही पनि विकास गर्न सकेको थिएन। यो नै मूख्य समस्या हो र यसले नयाँ विचार सहितको नयाँ कम्युनिस्ट केन्द्र निर्माणमा वाधा उत्पन्न गरेको नेपाली कम्युनिस्ट आन्दोलनलाई संसदीय गोलचक्करबाट बाहिर निकाल्न, अन्धानुकरण र जडशुत्रवादी चिन्तनबाट मुक्त गर्न, २०औं शताब्दीका महान क्रान्तिबाट स्थापित समाजवादी सत्ताहरु ढल्नुका कारणहरुबाट शिक्षा लिएर हाम्रो पार्टीले विकासगरेको एकीकृत जनक्रातिको नवीन कार्यदिशामा बहस गरौं। त्यसलाई अझ समृद्ध गर्न सबैका क्षमताको भरपुर प्रयोग गर्नसक्ने वातावरण सिर्जना गरौ। छरिएर रहेका प्रतिभा र क्षमताहरुको केन्दृकरण गरौं । एकले अर्को प्रतिभाको ध्वंसात्मक आलोचनामा समय र सामर्थ्यको बर्बादी नगरौ। यसका लागि पुराना कम्युनिस्ट स्कुलले स्थापना गरेका असफल मान्यतालाई भत्काउनु पर्ने चुनौती हाम्रा सामु खडाछ।
उपरोक्त चुनौतीहरुको सामना गर्न हिम्मत गरौ। एकतामा बलहुन्छ र जनताको महान एकताले मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ। यो सत्य हो तर विचारबिहिन एकताले भिड जम्मा हुन सक्छ त्यसले हुलदङ्गा मच्चाउन सक्छ तर क्रान्ती गर्न र परिवर्तन ल्याउन सक्दैन । त्यसैले नवीन कार्यदिशा , सांस्कृतिक रुपान्तरण नयाँ नेतृत्व सहितको नयाँ कम्युनिस्ट केन्द्र निर्माण गरौ। इतिहासले सुम्पेको अविभारा पुरागरौं। देशभक्त र सच्चा गणतन्त्र पक्षधर शक्तिहरूका बीचमा संयुक्त मोर्चा निर्माण गरौं ।

