जेन–जी विद्रोह र नेपालको राजनीति
जेन–जी विद्रोहपछि नेपालको राजनीति संवेदनशील मोडतिर उभिएको छभने यो विद्रोहले नेपालको राजनीतिक बहसलाई नयाँ केन्द्रमा पु¥याएको छ । रोजगारी नहुँदा विदेशिनु पर्ने बाध्यता, शिक्षा र स्वास्थ्य को अवसरमा असमानता, पुराना पार्टीहरूको गुटबन्दी, तथा भ्रष्टाचारले भरिएको राजनीतिप्रति युवाहरूमा विकसित आक्रोश सडकमा झल्कन थाल्यो र त्यो विद्रोहले पुराना पार्टी र पार्टीका पुराना नेताहरुलाई राजनीतिबाट बहिस्कार ग¥यो । विज्ञहरूका अनुसार अहिलेको युवा विद्रोह परम्परागत नेतामुखी आन्दोलनभन्दा फरक छ । एउटै नेतृत्व केन्द्रित संरचना, एउटै दल वा संगठनको होइन स्वतन्त्र नागरिहरूको समर्थनमा विद्रोह भएको हो । यो विद्रोह सामाजिक सञ्जाल बन्द विरुद्ध, भ्रष्टचार मुक्त देश र सुशासन कायम राख्ने लगायतका आधारभूत आवश्यकताको कुरा लिएर भएको हो । जेन–जी विद्रोहले सार्वजनिक असन्तुष्टि बढेसँगै नीति निर्णय प्रक्रियाहरुमा विवाद र सरकारले जनविश्वास पुनस्र्थापना गर्नतिर ध्यान दिनुपर्ने दबाब बढेको विश्लेषकहरू भनाइ छ ।
राजनीतिक नेतृत्वले यो विद्रोहलाई सामान्य असन्तुष्टि ठान्यो भने संकट अझै गहिरिन संकेतहरु देखिन् थालेका छन । त्यसैले पछिल्ला चर्चाहरूले संक्रमणकालीन सुधार, सविधान पुनरलेखन, सर्वपक्षीय अनतरिम संयुक्त सरकारको बहस सतहमा ल्याएको छ । नयाँ चुनाव र राज्यको पुनर्संरचना जस्ता विकल्पहरूलाई अगाडि ल्याइरहेका छन् । यो एजेन्डा युवाहरुको एजेन्डा हो सुशासनदेखि आर्थिक रूपान्तरणसम्म राज्यको पुनर्संरचनादेखि दलहरुका पुराना नेतृत्वसम्म नयाँ चाहिन्छ भनेर भएको जेन–जी विद्रोह भएको हो ।
जेन–जी विद्रोहले नेपालको विकास एजेन्डालाई पनि नयाँ कोणबाट उजागर गरेको छ । यो विषय धेरै राम्रो हो, यसलाई पूरा गर्न युवाहरुले केही मागहरू अगाडि सारेका छन् । सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण, मेरिट आधारित अवसर र समान पहुँच, रोजगारी सृजनामा स्पष्ट सरकारी रणनीति, प्रविधि–मैत्री प्रशासन र डिजिटल सेवा, शिक्षा, स्वास्थ्य र आर्थिक नीतिको पुनर्रचना जस्ता मघ्री जेन–जीले अगाडि सारेका छन् ।
युवाहरूले राजनीतिक परिवर्तनको साथसाथै आर्थिक भविष्य पनि सुरक्षित हुनुपर्छ भन्ने जोड दिएका छन् । यो विषय पुराना दल र नेताबाट सम्भव हुँदैन । यसको लागि नेपाल कम्युनिष्ट पार्टी माओवादीसँग सहकार्य गरेर मात्र जेन–जीहरूको सम्पूर्ण मागहरु पूरा हुन्छन् । नत्र धेरै चुनौतिहरू आउने प्रष्टरूपमा देखिन्छ किनभने परिवर्तनका आवाजहरु बढ्दै गए पनि केही चुनौती गम्भीर छन् । पुरानो शक्ति र संरचनाको प्रतिरोध नेतृत्वको स्पष्ट दिशानिर्देशनको अभाव, आर्थिक सुस्तता र बेरोजगारी प्रशासनिक कमजोरी दलहरुमा गुटगत प्रतिस्पर्धा जस्ता विषयलाई सम्बोधन गर्न सकिएन भने जेन–जी विद्रोहको ऊर्जा खेर जाने देखिन्छ । दीर्घकालीन सुधार र रूपान्तरण हुन नसक्ने देश र जनताको अवस्था झन दयनीय बन्ने निश्चित छ । यसै कारण नेपालको राजनीति कता जान्छ भन्ने कुरा आज निकै सोचनीय विषय भएर आएको छ ।
जेन–जी विद्रोहको मुख्य उद्देश्य भनेको भ्रष्टाचार मुक्त देश, जनउत्तरदयित्व प्रशासन, युवाहरुलाई निशुल्क शिक्षा, स्वास्थ्यलगायतका आधारभूत विषय हुन् । तर आज यो विद्रोहलाई अर्कैतिर लिन खोज्दैछन् । त्यो भनेको विद्रोह जेन–जीले गरे मुद्दा नेपाल कम्युनिष्ट पार्टी माओवादीले उठायो सरकार आइएनजीओको बन्यो । यो विषयलाई एकपटक नेपालका राष्ट्रवादी, देशभक्त, परिवर्तन प्रेमी जेन–जीहरूले सोच्नु पर्दछ । मुद्दा उठाउने र विद्रोह गर्नेहरु एक ठाउँमा आएनौ भने विद्रोह अरुले कब्जा गरिदिन्छ । जुन उद्देश्यले विद्रोह भयो त्यो विद्रोहलाई मोडेर अर्कै रूप बनाएर पूँजीवादी साम्राज्यवादी र नेपालका पूँजीवादी दलाल संसदीय व्यवस्था मान्ने पार्टी र पार्टी भित्रका भ्रष्ट नेता कर्मचारीहरुले साम्राज्यवादलाई त्यो विद्रोह बुझाउने रणनीति बनाउन सुरु गरेका छन् । योबाट बाहिर ल्याएर नेपालका देशभक्त युवाहरूले जुन उद्देश्य र लक्ष्य लिएर विद्रोह गरे त्यो विद्रोहको सही निकास दिन र नेपालमा भ्रष्टाचार अन्त्य, सुशासन कायम, स्थायी शान्ति कायम गर्न अरुबाट होइन जो १२ वर्ष अगाडिदेखि भ्रष्टाचार, मानव तस्कर, मिटर ब्याजी, सुकुम्बासी समस्याहरूको बारेमा आन्दोलन गर्दै आएको पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादी र भदौ २३–२४ गतेको विद्रोहमा सहभागी नेपालका स्वच्छ छवि भएका देशभक्त जेन–जी युवाहरू एक ठाउँमा आउनुपर्दछ । सर्वपक्षीय गोलमेच सभा गरेर आजको राष्ट्रको संकटलाई निकास दिने, संयुक्त राष्ट्रिय सरकार निर्माण गरेर आगामी चुनावी योजना निर्माण गर्नुपर्दछ । अनि मात्र जेन–जीहरूले उठाएको मुख्य मुद्दा पुरा हुन् सक्ने छन् ।
जेन–जी विद्रोहपछिको नेपालको राजनीतिक अस्थिरता, नयाँ सरकार र दीर्घकालीन चुनौतीहरूमा सुरु भएको जेन–जी विद्रोहले नेपालका राजनीतिक महत्वपूर्ण संरचनामा तहल्का मच्चाएको छ । यो सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि उठेको युवा विद्रोह अहिले केवल सामाजिक सञ्जाल स्वतन्त्रताको कुरा मात्र नभई भ्रष्टाचार, जवाफदेहिता र शक्ति सन्तुलनको गहिरो विषयसम्म पुगेको छ । विद्रोहले पुरानो नेतृत्वलाई असफल मात्र होइन कि नेपालीहरुलाई समेत युरोपियन युनियन र आइएनजिओ एनजिओहरुले नेपाली युवाहरुलाई झुक्याउन सफल हुँदा रहेछन् भन्ने प्रमाण सबै सामु छर्लंग पारिदिएको छ ।
अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की भएपनि युवाहरूको माग पूर्णरुपमा सम्बोधन भएको छैन । जेन–जी विद्रोहले पारदर्शिता जवाफदेहिता र भ्रष्टाचार अन्त्यको आवश्यकता पुष्टि र आर्थिक स्तरताका कारण स्थायित्व अझै चुनौतीपूर्ण बनेको छ । यी माथिका सम्पूर्ण कुराहरू हेर्दा जेन–जी विद्रोह असफल भयो भने धेरै आश्चर्यको विषय हुने छैन । किनकि जेन–जी विद्रोह कुन उद्देश्य, कुन लक्ष्यमा आधारित थियो भन्ने कुरा नेपालका युवाशक्तिहरूमा सुरुबाटै आफ्नो राजनीतिक उद्देश्य र नेतृत्वको बारेमा प्रष्ट थिएन र उनीहरु कुनै सीमित एउटा मुद्दामा सडकमा आएका थिए । सामाजिक सञ्जाल बन्द मुख्य मुद्दा थियो । तर भदौ २३ गते जसरी नेपालको राज्यले युवाहरूलाई दमन गरेपछि २४ गते नेपालले विध्वंशको महाविपत्ति खेप्नु परेको हो
जेन–जी विद्रोहले नेपालको राजनीतिक परिदृश्यमा गहिरो प्रभाव पारेको छ । युवापुस्ताहरूले सडकदेखि सामाजिक सञ्जालसम्म उठाएको असन्तुष्टिको आवाजले पुराना दलहरू र नेतृत्वलाई विद्यमान राजनीतिक संरचनामाथी कडा चुनौती दिएको छ । यही चुनौतीले अहिलेको राजनीतिक संकटलाई थप गम्भीर बनाएको छ ।
पहिलो कुरा पुराना दलप्रति बढ्दो अविश्वास मुख्य कारण हो । लामो समयदेखि नेतृत्वमा रहेका व्यक्तिहरू भ्रष्टाचार गर्ने अकर्मण्यतामा फस्ने र जनअपेक्षा पूरा गर्न नसक्ने व्यक्ति भएको कारणले देश असफल भएको हो । जेन–जी विद्रोहले पुराना पार्टीे र पार्टीका नेताहरुलाई अविश्वास गरेको आरोप स्पष्टरूपमा सतहमा ल्याएको छ । नेपालको राजनीतिक संस्थागत संरचना अझै पनि कमजोर छ । पार्टीभित्रको गुटबन्दी हुनु, बोली र ब्यवाहरमा फरक, नीतिगतरुपमा स्पष्ट नहुनु, सधैं सरकार परिवर्तनमा निरन्तरका प्रयासहरूले अस्थिरताको चक्र आएको हो ।
जेन–जी विद्रोहपछि पनि परिवर्तनको दबाब नभएपछि शक्ति–समिकरणमा झनै जटिल बनेको छ । वैकल्पिक शक्ति र नयाँ नेतृत्वको खोजीले पनि अनिश्चितता बढाएको छ । यो विषयमा नयाँ पुस्ताले नयाँ राजनीतिक चरित्र सहितको नयाँ नेतृत्व खोजिरहेको छ । तर ठोस र संगठित विकल्प अझै पूर्णरूपमा स्थापित हुन सकेको छैन । पुरानो र नयाँबीचको यही संक्रमणकालीन राजनीतिक अहिलेको नेपाल दिशाहीनताको कारणले आज नेपाली राजनीति अस्तव्यस्त बन्दै गाएको छ । यो प्रक्रियालाई सही तरिकाले हल गर्न सकिएन भने नेपालमा फेरिअर्को विद्रोह हुने देखिन्छ ।
देशको भविष्य के हुन्छ भन्ने निश्चित छैन । राज्यसञ्चालन गर्ने क्षमतामा तत्काल सुधार नआएकोले जनअपेक्षा र वास्तविकताबीच ठूलो खाडल पैदा भएको छ । यही खाडल अहिलेको राजनीतिक संकटको मूल केन्द्र बनेर आएको छ । यो कुराले प्रष्ट गर्छ भने जेन–जी विद्रोहले परिवर्तनको ऊर्जा सिर्जना ग¥यो । तर राजनीतिक संस्थाहरू र नेताहरूले त्यो ऊर्जालाई व्यवस्थापन गर्न नसक्दा नेपाल आज बहुआयामिक राजनीतिक संकटको अवस्थामा उभिएको छ । यो विद्रोह कता जान्छ के हुन्छ यसको निकास के होला भने बारेमा प्रष्ट बहस नभएको अवस्थामा नेपालको राजनीतिक संकट निकै पेचिलो भएर आएको छ । यसलाई कसरी हल गर्ने भन्ने विषयमा नेपालका राजनीतिक दल नागरिक समाजलगायताका आम नेपालीले एकपटक गम्भीर भएर सोच्नु आवश्यक छ र आफ्नो अधिकार प्रयोग गर्नु पर्ने भएको छ ।
जेन–जी विद्रोहले नेपाली राजनीतिमा युवा पुस्ताले उठाएको मुख्या विषय भनेको शासनमा सुधार, भ्रष्टाचार विरुद्ध कडाइ र पारदर्शिताका मागहरु थिए । पुराना दल र नेतृत्वको काम गर्ने शैली र जनविश्वास व्यवस्थितरूपमा सम्बोधन गर्न नसक्दा अहिले राजनीतिकमा संकट आएको हो । यस्तो अवस्थामा जेन–जी नेतृत्वले के गर्ने, कता जाने, राज्यसत्ता कसको र कस्तो हुने भने कुरा प्रष्ट रुपमा भन्न नसक्ने अवस्था आएको छ । यस विषयमा दलहरूले आन्तरिक सुधार र नेतृत्व पुस्तान्तरण गर्नुपर्छ भने कुराहरू पनि धेरैं चलेको छ किनभने दशकौँदेखि उही सोच र उही मान्छेमा अडिएको राजनीतिले युवाको अपेक्षा पूरा गर्न सक्दैन र राज्य संस्थाहरूलाई पनि राजनीतिक हस्तक्षेपबाट मुक्त गरी स्वतन्त्र र प्रभावकारी बनाउन सक्दैन त्यसैले गर्दा आज नेपालको राज्यमा ठूलो संकट आएको हो ।
युवाहरूलाई विद्रोह मै सीमित नराखी नीति निर्माण र निर्णय स्तरमा सहभागी गराउने व्यवस्था आवश्यक छ किनभने युवाहरूले विद्रोह गरेर देशमा ठूलै परिवर्तन गरेका छन् । पुराना राजनीतिक दलसँगै उदाउँदै गरेको नयाँ राजनीतिक विकल्पलाई स्वस्थ प्रतिस्पर्धा गर्न अनुकूल वातावरण बनाइ दिएका छन् । अब विद्रोही युवाहरुलाई राज्यका महत्वपुर्ण ठाउँहरूमा स्थान दिनु पर्दछ ।
संक्षेपमा भन्नुपर्दा परिवर्तनको आवाज बलियो नभइसकेको अवस्थामा राजनीतिक नेतृत्वले त्यो आवाजलाई अवसरका रूपमा लिएर सुधार, पारदर्शिता र जवाफदेहितामा आधारित नयाँ राजनीतिक संस्कृतिको मार्ग खोल्न सकेमात्र नेपालको राजनीतिमा वर्तमान संकटबाट अगाडि बढ्न सकिन्छ । नेपाली जनता , राज्यसत्ता र राज्य सञ्चालक राजनीतिक पार्टी तिनका कमजोरीका कारण जाने मानेका नेताहरूबाट भइरहेका भ्रष्टाचार तथा भ्रष्टाचारीहरुलाई पक्षपोषण, राज्यको सम्पत्ति दोहन, अति दलालीकरणबाट नेपाली जनता मुख्यतः युवा पुस्ता आजित भइसकेका थिए र तिनै नेताहरूको आलोपालो सत्तारोहणका कारणले युवा पुस्ता विस्फोटन हुने स्थितिमा पुगेकै थिए । ती ठूला भनिने पार्टीको राजनीतिबाट नागरिकको ठूलो हिस्सा पूर्वाग्रही भएकै अवस्थामा जेन–जी विद्रोह भएको हो । जेन–जी विद्रोह मूलत भीषण र ध्वंसात्मक हुनुको मुख्य कारण ठूला राजनीतिक दल र पुराना नेताहरू नै हुन् ।
जेन–जी विद्रोहको मुख्य माग भ्रष्टाचार अन्त्य सुशासनको ग्यारेन्टी सामाजिक सञ्जाल बन्दलगायतका विषयमा जेन–जी विद्रोह भएको थियो । तर त्यो विद्रोहलाई नेपालका दलालहरू मार्फत अमेरिकी र युरोपियन युनियनको भित्री योजनामा एनजिओ, आइएनजिओ र निमित्त कर्मचारीलाई अगाडि ल्याएर देशलाई संकटको भुमरीमा हालेर छोडेका छन् । जेन–जीले गरेको त्यो विद्रोह र बगाएको रगतको परिणाम सिमित विदेशीको स्वार्थमा आज नेपालका केही नेपाली अनुहारका विदेशी दलालहरुले लिएका छन् । जेन–जी विद्रोहको उद्देश्य विदेशी दलालहरूलाई सत्तामा ल्याउनु थिएन र होइन पनि । त्यसैले गर्दा आज नेपाल देशले धेरै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने परेको छ । परिणामतः केवल संसद विघटन र सुशीला कार्कीको नेतृत्वको निमित्त कर्मचारीहरूको खिचडी नक्कली सरकार खडाले आजको नेपालको राजनीतिक संकट समाधान हुँदैन । यसको लागि सर्वपक्षीय भ्रष्टाचारमुक्त शक्तिशाली संयुक्त सरकार चाहिन्छ, यसले मात्र नेपालका युवा पुस्ताहरुले गरेको आन्दोलनको मर्म पुरा हुन्छ ।

