रुसी राष्ट्रपति पुटिनको भारत यात्रा र नेपालमा पर्ने असर

२०८२ मंसिर २२ गते, आईतवार

डा. केशव देवकोटा

नेपाल मामिलामा  चीन, भारत र अमेरिकाकाबीचमा खिचातानी भइरहेकै बेला गतसाता बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणमा शिलशिलामा नयाँदिल्ली आइपुग्नु भएको थियो । त्यसैगरी गत शुक्रबार दुइदेशका नेताहरुका बीचमा एकल र सामुहिक वार्ता भएको थियो । जसप्रति विभिन्न क्षेत्रले विभिन्न कोणबाट हेरेको देखिएको छ । पहिलो, रुस र भारत आफैबीचमा गहिरो र अशल सम्बन्ध भएका मुलुक हुन् । दोश्रो, चीन र रुसकाबीचमा पनि त्यतिकै गहिरो सम्बन्ध रहेको छभने रुसकै कारणले चीन भारतसँग थप नजिकिएको अवस्था छ । तेश्रो, रुस–अमेरिका र भारतकाबीचमा खिचातानी पनि कायमै रहेको छ । चौथो, रुसले नेपालको अन्तरिक मामिलामासमेत चासो राखिरहेको छ । यस्तो अवस्थामा भएको पुटिनको भारत भ्रमणले नेपाललगायत यस क्षेत्रमा नयाँ प्रभावपार्ने देखिएको छ । गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी विध्वंशपछि ०७२ को संविधानको मूलमर्म र भावना बाहिरबाट नयाँ सरकार गठन भएको छ । जसले संसद् विघटन गर्नुकासाथै आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचनको घोषणा गरेको छ । तर उक्त निर्वाचन नहुने र नेपालमा नयाँ ढंगले राजनीतिक घटनाक्रमहरु विकसित हुने संभावनाहरु देखिएका छन् । जसका लागि दिल्ली निकै सक्रिय भएको देखिन्छ । नेपालमा दिल्ली प्रभावित दलहरु ०७२ को संविधान विपरीत नयाँ निर्वाचनमा होमिने प्रयास गरिरहेका छन् । त्यसैगरी अमेरिका प्रभावित दलहरु संसदको पुनस्र्थापनाको प्रयासमा लागेका छन् । जनपक्षीय र देशभक्त शक्तिहरु ०७२ को संविधान र त्यसअनुसार नेपालमा स्थापना गराइएको राजनीतिक व्यवस्था खारेज गरेर नयाँ ढंगले अगाडि बढ्ने प्रयासमा रहेको देखिएको छ । त्यसैले पुटिको भारत भ्रमणकाक्रममा नेपाल सन्दर्भमासमेत कुरा भएको सहजै अनुमानगर्न सकिने भएको छ ।

नेपालमा यतिबेला भारतीय पक्षले एमाले र मुख्यत सो पार्टीका अध्यक्ष केपी ओलीलाई खेद्ने काम गरेको छ । तर गत भदौमा भएको तत्कालीन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणकाक्रममा रुसी राष्ट्रपतिसँग अन्तरंग वार्ता भएको थियो । ओलीले पुटिनलाई नेपाल भ्रमणको निम्तासमेत दिनुभएको थियो । ओलीको चीन भ्रमणका क्रममा भए–गरेका गतिविधिकै कारण नेपालमा भदौ २३ र २४ को विध्वंश हुँदै २७ गतेको आकस्मिक घटना भएको मानिन्छ । त्यसैले पुटिनको भारत भ्रमणका क्रममा रुस र भारतबीच हुने वार्ता तथा सम्झौताले नेपालमा समेत असर गर्ने निश्चित छ । यस सन्दर्भमा नेपालको तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले छिमेकी चीनलाई चिढ्याउनुका साथै रुस–युक्रेन युद्धमा युक्रेनको समर्थन गरेको र इजरायल–हमास युद्धमा इजरायलको समर्थन गरेर आपूmलाई नेटो निकट देखाउन खोजेको कुरालाई पनि स्मरण गर्नुपर्दछ । जबकी त्यतिबेला रुस–युक्रेन युद्धमा चीन र भारत ततष्ट रहेका थिएभने इजरायल–हमास युद्धमा हमास अर्थात प्यालेष्टाइनको पक्षमा रहेका थिए । नेपालको तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्यालेष्टाइनलाई आतंककारी घोषणा गरेको थियो । अर्को बिचारणीय पक्ष के पनि छभने पुटिनको गतसाता भएको भारत भ्रमणमा मुख्यत रुस र भारतबीचको रक्षा सम्बन्धलाई गहिरो बनाउनेबारेमा बढी छलफल भएको देखिएको छ ।

पुटिनको भारत भ्रमण हुनुभन्दा झण्डै तीनसाता अघिबाट भारतले नेपालतर्फको सीमामा सुरक्षा सतर्कता बढाएको देखिएको थियो । जसमा नेपालीहरुलाई भारत प्रवेशमा कड्याइँ गरिएको थियो । अमेरिकाले भारतलाई रुसबाट तेल खरिद गर्न रोक्ने प्रयास गरिरहेकै अवस्थामा पुटिनको भारत भ्रमण भएको हो । रुसी नेता पुटिनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थल पुग्नुभएको घटनाले पनि विशेष संकेत गरेको थियो । जहाँ मोदीले पुटिनलाई रातो कार्पेटमा अँगालो हाली स्वागत गर्नुका साथै एउटै कारमासँगै विमानस्थलबाट बाहिरिनुभएको थियो । युक्रेन युद्धपछि पहिलो भ्रमण गर्नुभएका पुटिनसँगै उहाँका रक्षामन्त्री एन्ड्रे बेल्उसोभ पनि रहनुभएको थियो । त्यसक्रममा रुसले भारतसँग लडाकु विमान तथा हवाई रक्षा प्रणालीसम्बन्धी सम्भावित विषयहरुमा बढी केन्द्रित रहेर छलफल गरेको देखिएको छ । रुसी सहयोगको दायरामा जहाज र विमान निर्माण, आणविक ऊर्जा र अन्तरिक्ष अन्वेषणलगायतका क्षेत्रलाई समेटिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले खुलाशा गरेका छन् । भारत र रुसकाबीचमा द्विपक्षीय व्यापार सन् २०२४–२५ मा ६८.७ अर्ब डलर पुगेको तथ्यांक रहेको छ । जुन महामारी अघिको स्तरभन्दा लगभग छ गुणा बढी हो । तर भारतीय निर्यात केवल ४.८८ अर्ब डलरमात्र रहेको पाइन्छ । भारतले औषधि, सवारी साधन (अटोमोबाइल) र सेवा क्षेत्रलगायत आफ्ना प्रमुख उद्योगहरुका लागि बजार पहुँच विस्तार गर्न मस्कोमाथि दबाब दिँदै आएको थियो र छ पनि । पुटिनको भारत भ्रमण दुवै देशका लागि एक महत्वपूर्ण भूराजनीतिक क्षण तथा आफ्नो सम्बन्धलाई पुनस्र्थापना गर्ने एक महत्वपूर्ण प्रयासकारुपमा पनि ब्याख्या र विश्लेषण गरिएको छ । यसैक्रममा भारतीय परराष्ट्र मन्त्रालयका अधिकारीहरुले मस्को र दिल्लीबीचको सम्बन्धलाई ‘आधुनिक समयको सबैभन्दा स्थिर सम्बन्ध’ कारुपमा ब्याख्या गरेर पनि नयाँ सन्देश प्रवाहगर्न खोजेको देखिएको थियो । मोदीले कारभित्र खिचिएको आपूm र पुटिनको तस्बिर एक्समा पोष्ट गर्दै भारत–रुसको मित्रता समयको परीक्षामा खरो उत्रिएको मित्रता हो, जसले दुई देशका जनतालाई धेरै फाइदा पु¥याएको उल्लेख गर्नुभएको थियो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसको उन्नत एस–४०० हवाई रक्षा प्रणालीको भारतमा आपूर्ति विस्तारगर्ने एजेन्डामा वार्ता केन्द्रित रहेको सहस्य खोल्नुभएको छ ।

मस्कोले पुटिनको भारत भ्रमणकाक्रममा रुसको एसयु–५७ लडाकु विमानको सह–उत्पादनको प्रस्ताव गरेको जनाएको छ । भारतलाई विश्वको शीर्ष हतियार आयातकर्ताहरुमध्ये एक मानिन्छभने रुस लामो समयदेखि एक प्रमुख आपूर्तिकर्ताकारुपमा रहँदै आएको छ । तर पछिल्ला बर्षहरुमा नयाँ दिल्लीले प्रतिरक्षाका लागि घरेलु उत्पादन बढाएको देखिएको छ । स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानकाअनुसार भारतको हतियार आयातमा रुसको हिस्सा २००९–१३ मा ७६ प्रतिशतबाट घटेर २०१९–२३ मा ३६ प्रतिशतमा पुगेको पाइन्छ । गत अगष्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिल्लीले रुसको तेल निरन्तर खरिद गरिरहेकोभन्दै अधिकांश भारतीय उत्पादनहरुमा ५० प्रतिशत भन्सार शुल्क लगाएपछि रुसी नेता पुटिनको भारत भ्रमण भएकाले भारत र अमेरिकाबीचको सम्बन्ध तथा अमेरिकाको दक्षिण एशिया नीतिकाबारेमा पनि छलफल भएको हुनसक्ने आंकलन गरिएको छ । यता नेपाल र रुसबीच द्विपक्षीय व्यापार सन् २०२४–२५ मा ६८.७ अर्ब डलर पुगेको छ । जुन महामारी अघिको स्तरभन्दा लगभग छगुणा बढी हो । तर भारतीय निर्यात केवल ४.८८ अर्ब डलरमात्र रहेको पाइएको छ । सन् २०२२ मा शुरुभएको रुस–युक्रेन युद्ध र त्यसपपछिका पश्चिमी प्रतिबन्धहरु तथा अन्तराष्ट्रिय दबाबकाबीच भएको पुटिनको यो पहिलो भारत भ्रमण भएकाले पनि बिश्व जनमतले महत्वकासाथ हेरको देखिएको छ । दुई देशले रक्षा, ऊर्जा, आर्थिक, प्राविधिक तथा अन्य क्षेत्रहरुमा नयाँ समझौताका योजनाहरु अघिबढाउने सहमति गरेका छन् । मुख्यत भारत र रुसबीचको व्यापारलाई आगामी दशकसम्म १०० अर्ब डलर पु¥याउने लक्ष्य राखिएको पाइएको छ । पुटिनको भारत भ्रमणका एजेन्डाहरुमा रक्षा (हतियार, मिसाइल प्रणाली, जेट), ऊर्जा (तेल, ग्यास, सम्भवत् न्यूक्लियर ऊर्जा), आर्थिक साझेदारी, भुक्तानी संयन्त्रको रुपान्तरणजस्ता विषयहरु रहेको यसअघिनै चर्चा भएको थियो । त्यसैले पुटिनको भारत भ्रमणले भारत र रुसका लागिमात्र नभएर पुरै दक्षिण एशियाको भूराजनीतिक र भूराष्ट्रिय आर्थिक ढाँचामा असरपार्ने सम्भावना रहेको छ । पुटिनको हालैको भारत भ्रमणले नेपालको कूटनीति, अर्थतन्त्र, भूराजनीति, क्षेत्रीय सम्बन्ध, भौगोलिक गतिशीलता, र भविष्यको रणनीतिसहितका क्षेत्रमा असर पार्ने देखिएको छ । भारत र रुसकाबीचमा ऊर्जा र खासगरी न्यूक्लियर ऊर्जाको आदान–प्रदान भएको खण्डमा त्यसले क्षेत्रीय ऊर्जा रणनीतिमा असर पार्नसक्ने संभावना रहन्छ ।

यदि भारत र रुसले पूर्वी एशिया–यूरोप मार्ग, ऊर्जा निर्यात–आयात, नयाँ प्रविधि वा साझा परियोजनाहरु समावेश गर्ने योजना बनाएको खण्डमा नेपाललगायत मध्य–दक्षिण एशियाका साझेदार देशहरुमा प्रत्यक्ष असरगर्ने देखिएको छ । रुसी राष्ट्रपति पुटिनको हालैको भारत भ्रमणपछि नेपाललाई आफ्नो परराष्ट्र नीति सावधानीपूर्वक हेर्नुपर्ने अवस्थाको सिर्जनागरेको देखिएको छ । किनकी यसअघिका सरकारहरुले नेपाललाई असंलग्न परराष्ट्र नीति र अशल छिमेकी नीतिबाट अलग गर्दै लगेका थिए । जसले गर्दा नेपाल चीन र भारतसँगको सम्बन्धबाट एक्लिँदै गएको देखिएको थियो । यदि भारत र रुस नजिकिँदै जान्छन् तथा त्यसले चीनसम्मको सञ्जालसँग जोडछभने छिमेकमा समेत शक्ति सन्तुलन फेरिने संभावना रहन्छ । यसअघि तत्कालीन सोभियत संघसँगको नेपालको सम्बन्ध अत्यन्त राम्रो थियो । ०१७ सालको माघ २० मा सोभियत रुसका राष्ट्रपति मार्सल के.ई. भेरोसिलोभले नेपालको भ्रमण समेत गर्नुभएको थियो । सोही समयमा नेपाल र सोभियत रुसका बीचमा विभिन्न सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो । १९९१ डिसेम्बर २८ मा सोभियत रुसको विखण्डनपछि नेपाल सरकारले रुसी संघलाई सार्वभौम राष्ट्रकारुपमा मान्यता प्रदान गरेको थियो । सन् १९५६ को जुलाई २० मा नेपालको तत्कालीन सोभियत रुससँग दौत्य सम्बन्ध स्थापना भएपछि दुवै देशबीच उच्चस्तरीय भ्रमणको सिलसिला पनि कायम भएको थियो । तर ०६३ सालमा भएको परिवर्तनपछि सत्ता र शक्तिमा आएकाहरुले नेपाललाई इन्डो अमेरिकी खेमामा प्रवेश गराउने प्रयास गरेका कारण खासगरी चीन र रुससँगको सम्बन्धमा केही बदलावहरु आएका थिए । जसले नेपाललाई हालको अवस्थामा पु¥याएको हो । रुसी राष्ट्रपति पुटिनको हालैको भारत भ्रमणपछि नेपालमा फेरी राजनीतिक घटनाक्रमहरु फेरिने संकेतहरु देखिएका छन् । जसलाई सबै राजनीतिक क्षेत्र र पक्षहरुले गंभिरतापूर्वक ध्यानदिनु जरुरी छ ।

प्रतिक्रियाहरु

[anycomment]