मानव समाज र श्रमिक(दलित)समुदाय

२०८२ मंसिर ३० गते, सोमबार

बिनोद उपाध्याय

हामी हाम्रो सोच र चिन्तनलाई प्रकृतिलाई केन्द्र बनाइ सोच्दा सही र सत्य ठाउँमा पुगिन्छ । यसरी नै मानव उत्पत्ति भए देखि बलियोले निर्बलियो माथि हस्तक्षेप गर्दै आएको तथ्यबाट इंकार गर्न सकिन्न । यो प्रकृति, वनस्पति र पशु पंक्षि सबै ठाउँमा लागू हुन्छ यस कुरालाई तथ्यको आधारमा होइन बरु काल्पनिक आधारमा मात्रै खण्डन गर्न सकिन्छ तथ्य सहितको सत्य यही नै हो ।

हामी हाम्रो विषय मानव समाज श्रमिक या दलित बारे विश्लेषण गर्दा प्रकृति बनस्पति र जीव जगत मद्धे मानव समाजमा केही भिन्नता रहेकोमा दुइ मत हुन सक्दैन मानवलाई सचेत प्रककाणीको रुपमा ग्रहककण गरिन्छ यो सचेतन पक्ष के हो ? जुन जीव जगतमा मानव र अन्य जीवमा भिन्नता छुट्याउँछ यसबारे घोत्लिन आवश्यक मात्रै होइन अनिवार्य छ किनभने अहिले दुनिया या विश्वमा मानवले मानवको रगत बगाउन कुनै कसर बाँकी राखेको छैन ।

विषय सन्दर्भमा श्रमिक व दलित शब्द कहकका कसरी किन कल्पित भयो ? सामन्त बादको आगमन संगै संसारमा जनसंख्याको बृद्धि हककुदै गएको थियो अर्कातिर भूदासहरुको उदय भयो भने सामन्त महासामन्तहरु देखापर्दै गए यही समय परिस्थितीमा सामन्ति समाज र सामन्ती सत्ता बलियो बनाउन मानिसको सीप क्षमताको अुाकलन गर्न समाजमा रहेका विज्ञहरुलाई बलिया सामन्तहरुले प्रयोग गर्न अघिसरेका हुन भूदासहरु केही स्वतन्त्रताको अनुभूति गरे पनि स्वयमको जीवन धान्न गाँस, बाँस, कपासको ब्यवस्थाको लागी श्रम गर्दै अगाडि बढे त्यस बेलाका सबै उत्पादनका मालिक सामन्तहरु नै थिए ।

मानव श्रम र उत्पादनको औजार नै श्रम शक्ति थियो परन्तु यो सबैमाथि सामन्तकै पकड थियो सीप श्रम हेरी श्रम विभाजनको आवश्यक्ता अनुशार चार वर्ण निर्माण गर्ने तत्कालीन विज्ञहरु आफ्नो खान लाउन बस्नको लागी तत्कालीन सामन्तहरुको योजनामा वर्ण र सीप कलाको आधारमा चारसमुदाय निर्माण गरिएको थियो ।

विज्ञ भन्नाले शारीरिक श्रम नगर्ने तर, योजना, चेतना अपेक्षाकृत बढी हुने ब्राम्हण, भौतिक रुपले बलिया रहेकाहरु क्षेत्रीय, समाजको आवश्यकता पुरा गर्न बिनिमय गरी उत्पादित सामग्रीहरु मानिसको आवश्यक्ता अनुसार परिपूर्ति गर्ने वैश्य र इन्जिनियरिङ्ग र प्रविधिमा योग्य कालोवर्णका मानिसलाई शुद्रको रुपमा चित्रित गरियो तर एक आपसमा कुनै किसिम के विभेद नहुने एक आपसमा मिलेर बस्ने एकअर्काको सम्मानमा कुनै कमी थिएन सबै सामन्तको लागी हुने र गर्ने बन्दो बस्तीले ब्राम्हणलाई अपेक्षा कृत सामन्तहरु बढि नजीक पु¥याए फल स्वरुप यी ब्राम्हण समुदायबाट सबै समुदायले सर–सल्लाह लिनेदिने गर्दा र सामन्तीहरु द्वारा बढि सम्मानले तिनैको योजनामा सामन्ती सत्ता बलियो बनाउने काम कार्यवाही भयो । महासामन्तलाई बिष्णुको अवतारको रुपमा राजा बनाउने भए भने समाजलाई एक आपसमा फुटाउन थुप्रै जात निर्माण गरी एक आपसमा द्रोह गराउन जाति ब्यवसस्था निर्मित भयो र अहिले पनि नेपालमा जाति ब्यवस्था अनुरुप यहाँका कानून अर्थ र प्रशासनिक ब्यवस्थाले नेपाली समाज अक्रान्त बनेको छ । जाति ब्यवस्था भनेको अर्थ, राजनीति र संस्कृतिसँग जोडिएको हुन्छ त्यति मात्रै कहाँका हो र काल्पनिक धर्म, जातिले मानव समाजको मनो मस्तिष्क समेतलाई आस्थाको नामले पंगु बनाएको र हरेक जातिमा पनि उप जातिहरु निर्माण गरी समाजलाई तोड्न सफल रह्यो यसको अर्थ समाज जोड्न केही भएन भन्ने पनि होइन तत्कालीन बिद्वानहरु बसुधैव कुटुम्बकमको लक्ष्य पनि निर्धारित गरेका थिए र श्रम आधारित आवश्यकताको दौरान एक अर्काको सम्मान पनि लागू गरेकै हुन तर पछि आएर यसलाई एक मात्र बहसका विषय बनाइ ब्यवहारमा अहिलेसम्म लागू हुन सकेन प्रतिफल एकअर्काको विरोधी बनाइयो । सबै मिलाएर सामन्त र पूँजीवादले स्व. रक्षाको लागी राजाको समयमा मनुस्मृति निर्माण गरी समाज फुटाउनुलाई आफ्नो कर्तव्यलाई बलियो बनाउन सफल रहे जुन अहिले पनि निरन्तर्तामा छ ।

केही सय वर्ष अगाडि चार वर्णलाई स्वीकार्दै जन संख्या वृद्धिसंगै समाजलाई फुटाइ थुप्रैजात निर्माण गरियो त्यसमा शुद्र जुन सम्मानित थिएलाई कमजोड बनाउन सफल रहे र मानिसलाई बिभेदको भुमरीमा पारी छोइछिटो मात्रै कहाँका हो मानिसले मानिसलाई छुन पनि न पाउने गरी समाज निर्माण भयो तब देखि यता थुप्रै विरोध पनि हककुदै आएको छ । गोरो जाति र कालो जाति, उच्च जाति र सानो जाति पानी न चल्ने जाती र माथिल्लो जाती ब्राम्हण, क्षत्रीय बैश्यहरुमा पनि थुप्रै गोत्रीय प्रणाली बनाइ दक्षिण एसिया भित्र शासन चलाइ रहेका छन्

नेपाल भित्र हेर्ने हो भने यहाँका सारा ष्ट्रक्चर जात ब्यवस्थामा आधारित रहेको कारण हरेक ठाउँबाट विभेद निम्त्याएको देखिन्छ । पानी नचल्ने अन्तरजाति बिहाबारी गर्न न पाउने, स्वास्थ्य, शिक्षा समेतमा बिभेदित बनाइ श्रमिक(दलित)लाई मानिसको हक अधिकारबाट बंचित बनाइएको छ ।

यही समुदाय अपेक्षा कृत बढि बलात्कृत हुनु परेको, यिनलाई दीनहीन बनाइ लामो समयदेखि मानिस कै रुपमा स्वीकार्य न गरेको देखिन्छ २०१० सालको मुलुकी ऐनले नै पुष्ट्याइ रहेको र शासकहरु यसलाई जति परिवर्तन भएपनि अछुन्न राखिरहेका छन् । आज २१ औँ सदीमा पनि उच्च जाति कि छोरीसँगको सहमतिमा गरेको बिबाहमा दर्जनौंको हत्या गरिन्छ यहीँ माथिल्लो जातिद्वारा श्रमिक(दलित)को चेली बेटीसँग जे गरे पनि कानूनमा पहक कुच न हुनेहरुको मुद्दा समेत दर्ता गरिन्न तल्लो जातिको घरमा त खाना खाए पनि उच्च जातिले आफ्नो थाली समेतमा खान दिन अस्वीकार गरेको देखिन्छ भाषणमा समानताको कुरा गर्नेहरु ब्यवहारमा उल्टो काम गर्दो रहेछन । २५,३० वर्ष अगाडिसम्म बिस्कुन छोए को निहँुमा दण्डित हुनु पर्दथ्यो । कुवाँका या पाइपमा पानी भर्न समेत मनाही थियो जबकि यही समुदायद्वारा निर्मित घर गोठ, थाल कचौरा, हसिया, कुदालो, बन्दूक, घुडा, खुकुरी सबै पबित्र । मन्दिरमा यिनै द्वारा राखेको एक–एक र्इँट र भगवानको मुर्ती पवित्र तर बनाउने अपवित्र खेत खलिहानमा श्रम बगाइ मसिनो चामल यिनलाई ख्वाइ स्वयम मोटो चामल र कहिले उपवास नै गरेपनि अछूत । के यही हो मानवता समानता भ्रातृत्व ? हाम्रो खुन आवश्यकता परेमा बाहुनको जीवन जोगाउन हुने तर, हामी अछूत बाहुनको शरीरमा हाम्रो रगतको प्रवाहले तिनी किन अछूत भएनन ? हाम्री चेली बेटी संगै सुत्दा यिनी किन अछूत भएनन ।

नेपालको हरेक परिवर्तनमा बगाएको रगतको मुल्य यी समुदायले किन प्राप्त गर्न सकेनन ? यिनले यो देशको राजा महाराजा संसदबादी नेता कार्यकर्ता कसलाई साथ दिएनन ? उल्टै कहिले मन्दिर प्रवेशको बहानामा कहिले समानूपातिक भनि एक दुइ सीट तेछ्र्याइ हाम्रो लागी गरेको भनि भाषण दिने महानु भावहरु के यही हो मानवता ।

हाम्रो समुदायलाई पहिले बक काड्नु भयो एकअर्कासँग लडाउने साजिस रचियो अनि अहिले विभिन्न पार्टी बनाइ कहिले यता कहिले उता कहिले तिम्रै समुदायको संगठन बनाइ थुप्रै जबस मोर्चा निर्माण गरिएको भए पनि हामीले के पायौं तपाईं माथिल्लो जातिको भनि धन सम्पत्ति रातोरात जोडि धनी बन्ने र हामी तपाईंहरुको मतदाता वाह रे मानवता । हो तपाईं माथिल्लो जातिको भए पनि आफ्नै समुदायको गरीब कमजोड लाचारहरुलाई के दिनु भयो बताइदिनुस् यो षड्यन्त्रलाई लुकाउन माथिल्लो जातको को त्रुपले अब काम चल्दैन ।

जन्मदा खाँदा लगाउदा बिमारी हँुदा चोट पटक लाग्दा शरीरमा दर्द हँुदा कुनै विभेद छैन । न प्रकृति, न कथित भगवानले कुनै विभेद गरेनन । अनि तपार्इंको एकमात्र आफ्नो पेटको लागी र शासकको सत्ता बलियो बनाउने र हाम्रो समुदायलाई कमजोड बनाउने हक तपाईंलाई कसले दियो ? हुनलाई मानिस एक जात रहे पनि त्यसलाई कमजोड बनाउन अहिले पनि नारी र पुरुष दुइ जात भनि प्रचार गर्दै छन् नारी हो या पुरुष यी दुबैको योग मानिस हो एक अर्कासँग लिंन्गीय फरक रहे पनि एक अर्कासँग सहकार्य नहुने हो भने दुबैको अस्तित्व रहँदैन । अर्को उदाहरण हेर्नुस एउटै जात भित्र मात्रै यौन सम्पर्कले सृष्टि हुन्छ कि बिजातीयसँगको यौन सम्पर्कले बच्चा जन्माउन सक्नु हुन्छ ? हुनलाई प्रविधिको प्रयोगबाट बच्चा जन्मे पनि एउटै जात भित्रको कोशिकाको मिलन अनिवार्य हुन्छ । मानव र पशुपंक्षीसँगको यौन सम्पर्कले बच्चा जन्मेको उदाहरण कहीँ कतै पाइदैन तसर्थ मानव मानवबीचको विभेदले तपाईं हामी सबैलाईं कमजोड बनाए को छ । परजिवी वर्ग मात्रैले यी विभेदबाट फाइदा लिएको छ ।

चारवर्ण निर्माण हुनु भन्दा अगाडि आर्य, अनार्य, द्रविण भन्ने गरिन्थ्यो र श्रमिक समुदाय पनि आर्यन रहेको तथ्यले बताउँछ । पछि मनु राजबंशमा छोइछिटो र जातको नाम पनि यिनैले बनाए जस्तै चमार धोबी, मुसहर, पासी, कामी, दमाइ विस्वकर्मा आदि इत्यादि या दलित भनेर सबैलाई मिलाएको देखिन्छ ।

तर, यो शब्दलाई गलत ढंगले हेप्ने शैलीमा प्रयोग गर्दै आए तसर्थ आजको २१ सदीमा नेकपा (माओवादी)ले यो शब्दलाई बदलि सम्मानित मर्यादित शब्दको तर्जुमा गरी श्रमिक शब्द भनि परिभाषित ग¥यो यस कारण अब श्रमिक शब्द राखी नागरिक्ता या परिचय पत्र निर्माणको संघर्ष गर्नै पर्ने हुन्छ । यो समुदायलाई राज नैतिक रुपले संघर्ष शील बनाउने उद्देश्यले नेपालको कम्युनिष्ट पार्टीहरु उहिले देखि लागे पनि सत्ता प्राप्ति गर्न नसकेकोले मुल्य कित हुन बाँकी नै छन् तर अरु को भन्दा यी समुदायलाई कम्युनिष्टहरु नै सही र सत्य बाटो सम्प्रेषण गरे यी समुदाय स्वयम पनि कम्युनिष्टको बाटो समाए पनि अहिलेसम्म वास्तविक मुक्ति पाउन सकेनन ।

अचेल यी समुदायलाई बाहुन बादको विरोधको नाउमा प्रत्येक बाहुनको विरोध गर्न लगाइन्छ बाहुनबाद भनेको जालझेल षड्यन्त्र गर्ने उद्देश्य सहितकालाई भनिन्छ भने सबै बाहुन जसले स्वयम संघर्ष गरी खान सिकेके छ तीनलाई त्यो जातिमा जन्मे कै कारण दोष भागी बनाउन न पर्ने हो तर यी समुदायलाई उक्साइ स्वार्थ लिनेहरुले यहाँकासम्म भन्न भ्याउँछन् कि यी कम्युनिष्टले जात धर्म मान्दैन सबै समान हुन भन्छ तब किन एक आपसमा बिहाबारी गर्दैन ? यो प्रश्न हल गर्न जरुरी छ मलाई त के लाग्छ भने बाहुन या क्षत्रीय घर जन्मेर कम्युनिष्ट बनेका मित्रहरुलाई उनको आफ्नै समुदायमा पनि लुटिने र लुटी धनी हुनेको जमात थोरै भए पनि बलियो छ तर मिहनत गरी खानेहरुलाई आफ्नो स्वार्थ पुरा गर्न गराउन जातका नारा दिने गरेका छन् यदि कुनै एक सदस्यले कथित जातपात भएको समाजमा त्यस्तो गर्न चाहेर पनि सकेका छैनन हुनलाई बिद्रोह गर्ने हक सबैलाई छ तर, देशकाल परिस्थिति न हेरि त्यस्तो गर्ने हो भने ठुलै समाजबाट कट्ने सम्भावनाबाट इन्कार गर्न सकिन्न । त्यहकका बाहुनको मात्रै कुरो छैन अन्य जात समुदायबाट कट्नै पर्छ अर्का तिर गरीव घर कि छेरी आफै भागेर गइन या दलित कि छोरी भगाएर बिहा ग¥यो भने कसले छेक्न सकेको छ र ?

अन्तमा श्रम गर्ने उत्पादित माल माथि स्वामित्वता कायम गर्ने उत्पीडितहरु मित्रको घेरा फराकिलो बनाइ शत्रुको घेरा कमजोड न बनाइ हँुदैन त्यसर्थ वर्गीय संघर्ष पेचिलो रहेको हँुदा हरेक समुदायबाट आफ्नो वर्गको पहिचान गर्दै आपूmतिर आकर्षित गरी अगाडी बढ्नु पर्छ । जात अर्थात काष्ट र वर्ग एक अर्काको आधारभूत मित्र रहेकोले यसैलाई फुटाउन या अलग बनाउन शासकहरुले कहिले धर्मको त कहिले जातको नाममा एक अर्काको विरुद्ध लडाइ शासन गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चुनाब किन र कसरी !

२०८२ मंसिर ३० गते, सोमबार

कम्युनिष्ट पार्टी र चुनाव

२०८२ मंसिर २४ गते, मंगलवार