नेपालका पार्टीहरूमा दलबदल किन ?

२०८२ पुष ८ गते, मंगलवार

योद्धा सी

नेपालको राजनीतिक जीवनमा दलबदल एउटा पुरानो तर निरन्तर दोहोरिने समस्या हो । बहुदलीय व्यवस्थासँगै राजनीतिक स्वतन्त्रता र प्रतिस्पर्धा बढे पनि दलबदलले पार्टीहरूको स्थिरता कमजोर बनाइरहेको छ । दलबदलका कारणहरू धेरै छन्, तर ती सबैको मूलमा राजनीतिक संस्कृति, दलहरूभित्रको व्यक्तिगत स्वार्थका रुपमा प्रयोग भएको देखिन्छन् ।

पहिलो कारण विचारधारात्मक अस्थिरता हो राजनीतिक दलहरू प्रायः स्पष्ट सिद्धान्त र दीर्घकालीन नीतिमा टिक्न नसक्दा नेताहरूले आपूmलाई नजिक ठान्ने वा तत्काल फाइदा देखिने पार्टीतर्फ जाने प्रवृत्ति धेरै नेताहरू राजनीतिक यात्रालाई सेवा होइन, व्यक्तिगत अवसरको ढोका सम्झर दल बदल गर्ने गर्छन् । यसले पार्टीको निष्ठा कमजोर पर्ने र आफ्नो वर्ग भन्दा धेरै व्यक्तिगत ।स्वार्थ सिद्ध गर्ने दल बदल गरेको देखिन्छ ।

 दलभित्रको सत्ता संरचना पनि महत्वपूर्ण छ । पार्टीमा पोस्ने र पसाउने संस्कृति, गुटबन्दी, गर्ने विचार सिद्धान्त भन्दा व्यक्तिलाई महत्व दिने र निर्णय प्रक्रियामा सहभागिताको कमी तथा समान अवसर नपाउँदा नेताहरू असन्तुष्ट बन्दै नयाँ समूह वा पार्टीतर्फ मोडिनने गरेको देखिन्छ ।

आन्तरिक लोकतन्त्र सुदृढ हुन नसकेका कारणले दलहरूमा दलबदल धेरै गर्ने र गरेको देखिन्छ । यी कारणले सरकार गठन र पद–अनुपात पनि दलबदलको ठूलो कारण भएर आएको छ । अल्पमत र बहुमतबीचको निरन्तर राजनीतिक खेलमा अनेक समूहहरू पद र शक्तिको खोजीमा एकातिरबाट अर्को तिर ।दला बलद निरन्तर सरिरहेको छ । पदको लोभ र दवाबले कहिलेकाहीँ सिद्धान्तभन्दा शक्तिलाई प्राथमिकता दिन नेताहरुलाई बाध्य पारेको पनि देखिन्छ । यो दलबदलले नीति सिद्धान् लाई कमजोर पारेको छ । सयल दलबल पार्टी भित्र मात्र होइन सरकारलाई पनि अस्थिर बनाउन र जनविश्वास घटाउनी खेल त्यसैले खेलेको देखिन्छ । उसलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यास, पारदर्शिता, स्पष्ट कार्यदिशा र विधि–नियमको कडाइले मात्र दलबदललाई नियन्त्रण गर्न सकिन्छ अरु विधिबाट आजको नेपालको राजनीतिमा निकै गाह्रो परेको छ ।

जनताले पनि निष्ठा र सिद्धान्तमा टिकेका नेतृत्वलाई प्राथमिकता दिन थालेपछि मात्र राजनीतिक र संस्कृतिमा सुधार आउन सक्छ । होइन भने दलबल ले नेपालको राजनीतिमा निकै ठुलो अविश्वासको प्रस्तावको भुमरीमा पार्ने देखिन्छ । यो विषयमा नेपालका सम्पूर्ण राजनीतिक दलहरु भित्र बहस गर्नु पर्छ किन भने दलबलले कुनै पनि पार्टीलाई छोडेको देखिँदैन यो किन भयो त यसको खास कारण केहो त भन्ने विषयमा नेपालका सम्पूर्ण राजनीतिक दलहरु आन्तरिक छलफलमा रेकर्ड कायम राख्न पर्ने भएको छ । नेपालले स्थिर र विश्वासिलो राजनीति खोजिरहेको वर्तमान अवस्थामा दलबदलमुक्त राजनीतिक वातावरण तयार पार्नु सबै दल र नेताहरूको सामूहिक दायित्व बनेको छ ।

व्यक्तिहरू दलबदलमा किन लाग्छन् ?

मानिस सामाजिक प्राणी हो भन्ने कुरा सबैले स्वीकार्छन् । समाजमा बस्ने, विचार आदान–प्रदान गर्ने र आपसमा सहयोग गर्दै जीवनयापन गर्ने स्वभाव नै मानिसको मौलिक विशेषता हो । यही सामाजिक प्रकृतिले मानिसलाई विभिन्न समूह, सँगठन वा दलबलतर्फ आकर्षित गर्छ । दलबलमा लाग्नुको धेरै कारणहरू छन्, जुन सामाजिक, आर्थिक, मनोवैज्ञानिक र सांस्कृतिक पक्षहरूसँग गहिरोसँग सम्बन्धित हुन्छ ।

सबैभन्दा पहिला, मानिसलाई पहिचान र सम्बद्धताको आवश्यकता हुन्छ । कुनै समूह वा दलबलमा लाग्दा व्यक्तिले आपूm एक्लो छैन भन्ने अनुभूति पाउँन समान विचार, संस्कृति वा उद्देश्य नभएका व्यक्तिहरूबीच रहँदा आत्मविश्वास र जीवनलाई अर्थपूर्ण रूपमा अनुभव गर्न सकिन्छ भन्ने विशेषताले गर्दा आपूmलाई गुटको सदस्यका रूपमा देखाउनु सामाजिक प्रतिष्ठाको विषय ठान्नेहरुले धेरै चोटि दलबल गर्न रूचाउदा रहेछन् ।

दोस्रो, दलबलले सुरक्षा र सहयोग प्रदान गर्न समूहमा हुने सहकार्यले कठिन परिस्थितिमा भावनात्मक तथा भौतिक दुवै प्रकारको समर्थन पाउन सकिन्छ र कुनै समस्या परेमा समूहका सदस्यहरूले सहयोग मिल्छभने । विश्वासले व्यक्तिलाई सुरक्षित राहतको महसुस भयापछि । या मनोवैज्ञानिक रूपमा धेरै बलियो कारण देखेपछि व्यक्तिहरू दलबल गर्न पुग्दा रहेछन् ।

तेस्रो कारण धेरै मानिसहरू आफ्ना विचारहरूमा प्रभावकारी बनाउन नसकिए पछि पनि दलबल लागेकोको देखिन्छ । किन भन्दा एक्लै भन्दा धेरैले बोलेको आवाज धेरै शक्तिशाली हुन्छ । यसैले, सामाजिक परिवर्तन, राजनीतिक विचार, वा सामुदायिक हितका कामहरू भन्दा आफ्नो फाइदा लिन सकिन्छ भन्नेहरु भन्ने मानिसहरू दल गुट वा संस्थामा आबद्ध हुँदारहेछन् । समूह शक्ति राजनीतिक क्षेत्रमै मात्र होइन, सामाजिक अभियान, स्वयंसेवा, साहित्यिक वा सांस्कृतिक अभियानमा महत्वपूर्ण नाम कमाएका व्यक्तितत्वहरु पनि दलबल मा गाएको देखिन्छ । आर्थिक र व्यावहारिक फाइदा पनि लेने मध्याको एक दलबल कोकारण हो । केही दलबल वा संस्थाहरूले सदस्यलाई अवसर, रोजगारको, पहुँच, प्रशिक्षण वा सुविधा दिन सकिन्छ र यस्तो फाइदाले पनि धेरैलाई समूहमा सक्रिय बनाएर विभिन्न राजनीतिक दलहरूका आन्दोलनमा देखिए पछि आर्थिक रुपमा धेरै पाउँदा लिनसकिन्छ भन्ने व्यक्तिहरू पनि धेरै दलबादल गरेको देखिन्छ ।

दलबलमा लाग्नु मानिसको सामाजिक प्रवृत्ति भएको छ । मानिसले समूहमै शक्ति, समर्थन, पहिचान र अवसर खोज्ने गर्दछ । जबव्यक्तिहरू दलबलको उद्देश्यमा नसकारात्मक हुन्छ, तब त्यसले समाजमै नकारात्मक योगदान दिनपुग्दा रहेछन यही कारणले गर्दा आज नेपालको राजनीतिमा नकारात्मक प्रतिस्पर्धा र विभाजन वा पक्षपात जन्माउने सम्भावना पनि धेरै हुँदै गएको छ । यसबाट जोगिन नेपालका राजनीतिक दलहरुले आवश्यक देखिन्छ किन भने सही उद्देश्य, विचार र सिद्धान्तका आधारमा बनेका । होइन कि समूहहरू र नितान्त व्यक्तिगत तथा निजी जीवन काविकासका लागि दलबल गर्न पुग्दा रहेछन ।

 विचार र वर्गभन्दा व्यक्तिगत स्वार्थ

आजको आधुनिक समाजमा विचार, वर्ग र सिद्धान्तहरूलाई भन्दा पनि व्यक्तिगत स्वार्थलाई धेरै व्यक्तिहरूले प्राथमिकता दिन थालेका छन् । इतिहासभरी मानिसहरू विभिन्न विचारधारा र सामाजिक वर्ग मार्फत परिचित भए पनि अहिलेको परिवर्तित जीवनशैलीले व्यक्तिगत लाभलाई केन्द्र भागमा पु¥या । व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनेप्रवृत्ति केवल राजनीतिक क्षेत्रमा मात्र होइन, सामाजिक, आर्थिक र सांस्कृतिक सबै क्षेत्रहरूका तहमा आएको देखिन्छ ।

व्यावसायिक अवसर, आर्थिक स्थिरता र सामाजिक प्रतिष्ठाका लागि मानिसहरू लगातार दौडिरहेका हुँदा रहेछ । यस्तो अवस्थामा सामूहिक विचार वा वर्गीय पहिचानभन्दा माथि आपूmलाई फाइदा हुने निर्णयहरू गर्न धेरैलाई सहज लाग्छ रहेछ । उदाहरणका लागि, दीर्घकालीन सामाजिक परिवर्तनका सिद्धान्तहरूभन्दा छिटो उपलब्ध हुने व्यक्तिगत अवसरलाई धेरैले फाईदा लिदा रहेछन् यसबाट समाजमा बढ्दो व्यक्तिगत स्वतन्त्रताको भावनाले पनिहेर्ने गरेको देखिन्छ स्वार्थ प्रेरितको निर्णयहरूलाई बलियो बनाएर । मानिसहरू आफ्नो समय, स्रोत र क्षमता कहाँ खर्च गर्ने भन्नेबारे पूर्ण स्वतन्त्रता चाहदारहे छन् र सामूहिक आदर्शभन्दा आत्मकेन्द्रित दृष्टिकोणलाई अघि बढाएर विचार र वर्ग लाई छोडेर व्यक्तिगत स्वार्थमा दलाबदल मा जोडिदा रहेछन् ।

प्रविधि र ग्लोबलाइजेशनले व्यक्तिलाई विश्वव्यापी अवसरसँग जोडिदिँदा राष्ट्रिय वा वर्गीय पहिचानहरू भन्दा पहिले मानिसहरू अब आपूmलाई कुन वर्गमा पर्छु भन्दा पनि कसरी जीवनस्तर सुधार्न सक्छु भन्नेमा केन्द्रित र व्यक्तिगत लाभतर्फको झुकावलाई स्वाभाविक रूपमा बढाएको देखिन्छ ।

यद्यपि व्यक्तिगत स्वार्थ पूर्णरूपमा कारात्मक होइन तर, पनि यसले व्यक्तिलाई लक्ष्य हासिल गर्न प्रेरित गर्द रहेछ । जब व्यक्तिगत लाभको नाममा सामूहिक जिम्मेवारी, र नैतिकतामा सामाजिक संवेदनालाई कमजोर पारिन्छ, तब यसको दुष्परिणाम राजनीतिमा देखिन थाल्छ । त्यसैले गर्दा विचार, वर्ग र सिद्धान्तको मूल्य मान्यता र पहिचानका सबैकुराहरु व्यक्तिगत स्वार्थ र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्न नसक्दा दलबलमा अवसरवादी नेताहरु लाग्दा रहेछन् भन्ने मिल्ने धेरै उदाहरण दिन सकिन्छ ।

जस्तै– सरकार बन्छ–ढल्छ भन्ने आँकलनपछि आपूmलाई शक्तिशाली समूहतिर जाने सोच बनाउनु । मन्त्री, उपमन्त्री वा महत्वपूर्ण पद पाउन सकिन्छ भन्ने सोच बनाएर अर्को पार्टीतिर लाग्नु । नेतृत्वसँग विचार नमिल्नु, अधिकार नपाउनु वा आपूmमाथि व्यवस्थ भएको र आपूmलाई पछाडि राखिएको जस्तो महसुस गर्नु पार्टी चरित्र आपूmले चाहेको दिशामा नबढेको अनुभूति गर्नु र भित्रिया मनोषया क्रान्ति भन्दा शान्ति खोज्नु आफ्नै निर्वाचन क्षेत्रमा जनसमर्थन घटेको महसुस हुँदा लोकप्रिय घटेको कारणले गर्दा दलबदल गर्दा जितिन् सकिन्छं कि भने मनोषयाले आफ्नो राजनीतिक भविष्य खतरामा छ भन्ने डर भएपछि व्यक्तिगत विकल्प खोज्नु ।

पार्टीभित्र शक्तिशाली गुटसँग लड्न नसक्ने हुँदा कमजोर स्थितिमा पुगेपछि दलबदल गर्नु । आन्तरिक किचलो गर्न नपाए पछि अर्को दलमा सँगठित भएर नेताहरुलाई ठेगाना लगाउन खोज्नु । नयाँ पार्टीले सुधार, पारदर्शिता वा परिवर्तनको एजेन्डा ल्याउँदा आकर्षित हुनु । पुरानो पार्टीको लोकप्रियता घटेपछि नयाँ विकल्प खोज्नु । समयसँगै आफ्नै विचार बदलिएर अर्को राजनीतिक धारसँग नजिकिनु ।

राजनीतिमा “आदर्शवादबाट व्यवहारवाद” तर्फ वैचारिक रुपमा विचलन आउनु । गठबन्धन राजनीतिले पार्टी परिवर्तनलाई प्रोत्साहित गर्नु प्रत्यक्ष–समानुपातिक प्रणालीको प्रलोभनमा अङ्क गणितको हिसाब अपनाउनु यी माथिका उदहारणहरुबाट नेपालको इतिहासमा दलबदलमा आजसम्म पनि चलिनै रहेको छ । यो दलबदल नेपालको राजनीतिक यात्रासँगै निरन्तर दोहोरिने विषय बनेको छ । पञ्चायती व्यवस्था अन्त्य भइ २०४६ को परिवर्तनपछि खुल्न थालेको बहुदलीय प्रतिस्पर्धाले नेपाली राजनीतिमा नयाँ पहिचान निर्माण ग¥यो, तर त्यससँगै दलबदलको प्रवृत्ति पनि बढ्दै गयो । प्रारम्भिक वर्षहरूमा धेरै नेता भूमिगत वा प्रतिबन्धित दलबाट खुले राजनीति गर्दै विभिन्न दलमा मिल्ने–फर्कने क्रममा रहेका थिए ।

२०५० को दशकमा संसदमा बहुमतको अभाव, गठबन्धनहरूको अस्थिरता र नेताहरूको व्यक्तिगत आकाङ्क्क्षाले दलबदल उल्लेख्यरूपमा देखिन थाल्यो । प्रदेश तथा स्थानीय तह गठनपछि पनि आन्तरिक असन्तुष्टि, नेतृत्वसँगको मतभेद, अवसरवादी गणित र चुनावी सम्भावनाले दल परिवर्तनलाई प्रबल बनायो । आज फेरि पार्टी विभाजन तथा नयाँ पार्टीहरूको उदयले यो दलबदललाई झनै नियमित बनाई रहेकै छ । यो विषयले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउन दलबदलका कारण, प्रभाव र समाधानबारे गम्भीर बहस आज पनि उस्तै आवश्यक देखिन्छ यो विषयमा नेपाल का राजनीतिक पार्टी हरुले गम्भीर समीक्षा गर्नुपर्छ ।

नेपाली राजनीतिमा दलबदल एउटा पुरानो तर अझै समाधान नभएको चुनौतीको रूपमा उभिएको छ । राजनीतिक दलभित्रको आन्तरिक असन्तुष्टि, व्यक्तिगत महत्वाकांक्षा, सत्ता–सन्तुलनको खेल तथा स्पष्ट वैचारिक पहिचानको कमी दलबदलका प्रमुख कारणहरू मानिन्छन् । निर्वाचनपछि देखिने अवसरवादी चलखेल र पद–प्रतिष्ठाको लोभले यस प्रवृत्तिलाई झनै बढाएको छ । दलबदलका नकारात्मक प्रभाव गम्भीर छन् । यसले राजनीतिक स्थिरता बढाउछ र कमजोर बनाउँछ सरकार चाँडै ढल्ने वातावरण सिर्जना गर्छ र नीतिगत निरन्तरता भंग गर्दछ । जनता दलहरूमा आस्था राखेर मतदान गर्छन्, तर दलबदल केवल दल बदल्ने व्यक्तिगत निर्णय मात्र होइन, यो राजनीति र संस्कृतिको गुणस्तर मापन गर्ने सूचक पनि हो । जबसम्म राजनीतिक नैतिकता, उत्तरदायित्व र सिद्धान्तगत प्रतिवद्धतामा बलियो हुँदैन, तबसम्म दलबदलजस्ता प्रवृत्तिहरूले निरन्तता पाइरहेकै हुन्छ । अहिले नेपालमा दलबदल धेरै चलेको छ, कहिले नयाँ दलको नाममा त कहिलै पुराना दलहरुको नाममा दलबल चलेको चल्यै छन् । नेपालको सरदर जनसख्याभन्दा धेरै मान्छेहरु दलबदलमा गएको देखिन्छ, त्यसैले यो धेरै सोचनिय विषय बन्न पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]