विश्व कम्यूनिस्ट आन्दोलनमा माओको योगदान
“जसले अनुसन्धान गर्दैन, उसको बोल्ने अधिकार छैन ।”
– माओत्सेतुङ
माओको जन्म सन १८९३ डिसेम्बर २६ का दिन चिनको हुनान प्रान्तको साओसान गाँउमा भएको थियो र १९७६ सेपटेम्बर ९ का दिन उनको मृत्यु भएको थियो ।
माओ नयाँ जनवादी क्रन्तिका सिद्धान्तका, योजनाका र प्रथम प्रयोग कर्ता हुनुहुन्छ । साथै माओ माओवादका प्रवर्तक एंवम विश्व कम्युनिस्त आन्दोलनका महान नेता हुनु हुन्छ । २६ डिसेम्बरलाई विश्व सर्भार वर्ग, श्रम जिवि जनसमुदायले माओको जन्म दिवसको रुपमा धुमधामका साथ मनाउदैँ आइरहेको छन ।
यस लेखमा माओले विश्व कम्यूनिस्त आन्दोलनमा पु¥याउनु भएको अतुलनिय योगदानका बारेमा उल्लेख् गर्ने प्रयत्न गरिएको छ ।
कमरेड माओ त्सेतुङ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको महान् नेता तथा चिनिया कम्युनिस्ट पार्टीको अध्यक्ष , महान् चिनिया नयाँ जनवादी क्रान्तिका सर्वोच्च कमाण्डर , चिनिया वैज्ञानिक समाजवादका संस्थापक तथा माओवादका प्रवर्तक हुनुहुन्छ ।
कमरेड माओ त्सेतुङको जन्म सन १८९३ डिसेम्बर २६ का दिन चीनको हुनान प्रान्तको श्याङ्श्यान काउन्टीको शाओसान गाउँमा एक मध्यमशशशम वर्गीय किसान परिवारमा भएको थियो ।
माओ त्सेतुङले विश्व कम्युनिस्ट आन्दोलनमा दर्शनका क्षेत्रमा , राजनीतिक अर्थशास्त्रका क्षेत्रमा र वैज्ञानिक समाजवादका क्षेत्रमा जुन योगदान गर्नुभएको छ , ती निम्न प्रकार छन् ः
( क) दर्शनको क्षेत्रमा ः
(१) द्वन्द्वात्मक भौतिकवादको सारत्वका रुपमा एवं प्रकृति , समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका रुपमा अन्तर्विरोध नियमको उद्घाटन माओ त्सेतुङद्वारा भएको छ । अन्तर्विरोधको सार्वभौमिकता र प्रधान अन्तर्विरोधको निक्र्योलको पध्दति र महत्त्वको विश्लेषणले द्वन्द्वादको समझदारीको विकासलाई नयाँ उँचाइमा पुर्याएको छ ।क्रान्तिको रणनीति र कार्यनीति निर्धारणमा अन्तर्विरोधको आधारभूत नियमले खेल्ने महत्त्वपूर्ण भूमिका संवतः स्पष्ट छ ।
(२) ज्ञानको सिध्दान्तका क्षेत्रमा माओ त्सेतुङले वर्गसंघर्ष , उत्पादनका निम्ति संघर्ष एवं वैज्ञानिक प्रयोगलाई ज्ञानको श्रोत बनाएर इन्द्रीय ग्राह्य ज्ञानबाट बुध्दिसंगत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिध्दान्त र व्यवहारको आपसी सम्बन्धकाबारेमा गर्नुभएको विश्लेषणले माक्र्सवादी दर्शनमा महत्त्वपूर्ण योगदान पुगेको कुरा निर्विवाद छ ।
(३) संशोधनवादका विरुद्ध संघर्षका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रुपमा एक दुईमा विभाजित हुन्छ भन्ने सम्बन्धमा गरिएको विषद व्याख्या र प्रयोगले संशोधनवादसंग लड्नका लागि क्रान्तिकारीहरुका हातमा एउटा धारिलो हतियार प्राप्त भएको छ ।
(४) आधार र उपरिसंरचनाको आपसी सम्बन्धबारे अधिभूतवादी र एकलकाँठे दृष्टिकोण अप्नाई उत्पादन शक्तिको सिध्दान्त र अर्थवाद तिर जाने संशोधनवादीहरुको पुँजीवादी सोचाइहरुमाथि प्रहार गर्दै खासखास अवस्थामा चेतना र संरचनाको निर्णायक भूमिकाको व्याख्याले पुँजीवादलई नाङ्गो पार्ने काम गरेको छ ।
(५) दर्शनलाई पुस्तकालय , दार्शनिक रहरुको अध्ययन र कोठेचिन्तनबाट निकालेर आमजनतासम्म पुर्याई एउटा अजेय शक्तिमा परिणत गर्नुपर्ने आवस्यकता र त्यसका विधिकारृ माओ त्सेतुङले गर्नुभएको अनुसन्धानले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नत रुपले भौतिक शक्तिमा परिणत गर्ने आधार मिलेको छ ।
( ख) राजनीतिक अर्थशास्त्रको क्षेत्र ः
(१) राजनीतिक अर्थशास्त्रको क्षेत्रमा नोकरशाही पुँजीवादको चरित्रको विश्लेषण माओ त्सेतुङको एउटा महत्त्वपूर्ण खोजी हो । सामन्तवादसंग साँठगाँठ गरि जनता रलाई लुट्ने एकाधिकार पुँजीवादका रुपमा उत्पीडित राष्ट्रहरुमा नोकरशाही पुँजीवादको विशेषताको रहस्य उद्घाटन गरेर एकातिर नवआौपनिवेशिक अवस्थाको साम्राज्यवादको दानवीय चरित्रलाई नङ्ग्याउन तथा उत्पीडित राष्ट्रहरुमा क्रान्तिको निशाना स्पष्ट गर्न मद्दत पुगेको छ । नोकरशाही पुँजीवादलाई ध्वंस गरि उनीहरूको सम्पत्ति कब्जा गरेर मात्र उत्पीडन राष्ट्रहरुबाट साम्राज्यवादलाई लखेट्न तथा वैज्ञानिक समाजवादका लागि जग हाल्न सम्भव हुन्छ भन्ने निष्कर्षको ऐतिहासिक महत्त्व स्पष्ट छ ।

(२) वैज्ञानिक समाजवाद कालको अर्थनीतिको आधारभूत सिध्दान्तको मजबुत जग बसाउने काममा माओ त्सेतुङको महत्त्वपूर्ण भूमिका रहेको छ । नोकरशाही आदेशद्वारा होइन सही अर्थनीतिको व्यापक प्रचारद्वारा जनताको पहलकदमीमा बृध्दि गरेर नै वैज्ञानिक समाजवादी अर्थव्यवस्थालाई मजबुत गरिएको विकास स्किपसिमले विकास गर्न सकिन्छ भनी “ क्रान्तिलाई पक्रेर उत्पादन बढाऊ“ तथा “ लाल र निपुण “ नाराको क्रान्तिकारी महत्त्व स्पष्ट नै छ ।
(३) नयाँ जनवादी क्रान्तिका सन्दर्भमा जमिन जोत्नेको आधारमा सामन्तवादलाई ध्वंस गर्ने , एकाधिकार चरित्रका सम्पूर्ण वैदेशिक एवं घरेलु आर्थिक नियमहरुलाई कब्जा गर्ने , जनजीवनलाई नियन्त्रण गरि व्यक्तिगत पुँजीलाई सिमित , नियन्त्रित र निर्देशन गर्ने , अर्थनीतिहरुको वैज्ञानिकता स्वयं जीवद्वारा प्रमाणित भइसकेका छन् ।
उपर्युक्त तथ्यहरुले माक्र्सवादी राजनीतिक अर्थशास्त्रका क्षेत्रमा माओ त्सेतुङद्वारा गरिएको विकास स्पष्ट छ ।
( ग) वैज्ञानिक समाजवादको क्षेत्र ः
(१) उत्पीडित राष्ट्रहरुमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा माओ त्सेतुङको ऐतिहासिक योगदान सबैका अगाडि स्पष्ट छ ।
(२) साम्राज्यवादी युगको वर्गसंघर्षको आधारमा माक्र्सवादी सैन्य विज्ञानको उच्चशिखर जनयुद्धको सिध्दान्त ( त्जभयचथ या एभयउभिक ध्बच ) को विकासले अन्तर्राष्ट्रिय सर्वहारा वर्गलाई एउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको छ । यस सिध्दान्त अनुसार शक्तिशाली दुश्मनलाई परास्त गर्न वैज्ञानिक विधि स्पष्ट भएको छ । “ राजनीतिक सत्ता बन्दुकको नालबाट निस्कन्छ “ भन्ने माओ त्सेतुङको केन्द्रीकृत भनाइको महत्त्व पनि स्वयं स्पष्ट छ ।
(३) वैज्ञानिक समाजवादी कालभरी वर्गसंघर्ष जारी रहने र त्यस सम्बन्धमा तत्कालीन सोभियत संघको प्रतिक्रान्तिमाथि ध्यान दिदै माओ त्सेतुङद्वारा विकास गरिएको सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत जारी राख्ने सिध्दान्त वैज्ञानिक समाजवादी अवस्थामा पुँजीवादको पुनस्थापना रोक्ने एउटा मजबुत सैध्दान्तिक हतियार भएको छ । सर्वहारा वर्गको नेतृत्वमा चालिएको तेस्रो महान् क्रान्तिका रुपमा चीनको महान् सर्वहारा साँस्कृतिक क्रान्तिको समग्र योजनाको सफल प्रयोग विश्व सर्वहारा वर्गका लागि ऐतिहासिक दर्शन ÷ निर्देशन बनेको छ ।
(४) “ साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादी वर्ग कागजी बाघ हुन् “ तथा “आउँदा ५० देखि १०० वर्ष विश्व अजङ्गको हेरफेरबाट गुज्रनेछ “ भन्ने भनाइहरुको असाधारण महत्त्व रहेको छ ।यसले विश्व सर्वहारा वर्गलाई क्रान्तिको रणनीति निर्धारणमा महान् योगदान पुर्याएको छ । रुसी संशोधनवाद र अमेरिकी साम्राज्यवादका विरुद्धको संघर्षरतमा माओ त्सेतुङ आफैंले तिनीहरूको प्रयोग गर्नुभएको थियोे ।
यसरी दर्शन ,राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका तीनवटै क्षेत्रको सम्झौतामा माओ त्सेतुङले माक्र्सवादी विज्ञानलाई गुणात्मक रुपले त्यसको नयाँ चरणमा विकास गराउनु भएको छ । त्यस अवस्थामा सर्वहारा वर्गले आफ्नो मुक्तिको दर्शनलाई माक्र्सवाद – लेनिनवाद – माओवादको एउटा सिङ्गो हतियारको रुपमा प्राप्त गरेको छ । यसरी आज माक्र्सवाद – लेनिनवाद – माओवाद सर्वहारा वर्गको पथप्रदर्शक सिध्दान्त बन्न पुगेको छ ।
- लेखक ः वरिष्ठ माक्र्सवादी दाशर्निक एंवम अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन ।

