भू–राजनीतिको पछिल्ला बाछिट्टा
नेपालको पछिल्लो राजनीतिक अस्थिरतामा भू–राजनीति मुख्य कारक बन्न गएको देखिन्छ । नेपाल मामिलामा संयुक्त राज्य अमेरिकाले नेपाललाई भारतीय चश्माले हेर्छ भन्दै आउने गरिन्थ्यो । अब खासगरी एमसीसी पारित भएपछि वा एमसीसीको सेरोफेरोदेखि आफैले हेर्न थालेको आँकलन भइरहेको छ । त्यसप्रकारको स्थितिले आन्तरिक राजनीतिमा नयाँ र भिन्न चित्र देखापरेको छ । यहाँ सोही सन्दर्भमा संक्षिप्त चर्चा गरिने छ ।
जेन–जी विद्रोहपछि अन्तरसाम्राज्यवादी अन्तविरोधको कारण ‘संसदीय व्यवस्था’ विघटन भएको छ । राजा वीरेन्द्रको वंशनासपछि राजतन्त्रको अन्त्य भए झैँ जेन–जी विद्रोहपछि संसदीय व्यवस्थाको वैधानिकता समाप्त भएको छ । संसद्वादले देशको नेतृत्व गर्न नसक्ने पुष्टि भएको छ र समाजवादको आधार निर्माण भएको छ । जेन–जी विद्रोह अपहरित भएको र घुसपैठ भएको असोज २४ गते नेपालका सम्पदा, अर्थतन्त्र, वैधानिक संस्था र चीनको गन्ध आयउने संस्था र व्यक्ति माथि योजनवद्ध रूपले आक्रमण भएको छ । प्रम ओली आउँदैछन् । भन्ने हल्ला पैmलाएर चीनको सहयोगमा बनेको भैरहवा हवाइ अड्डा, बानेश्वा स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, पूर्व प्रम झलनाथ खनाल निवास दमकको भ्यूटावर, पूर्व गृहमन्त्री भीम रावललगायत माथिको आक्रमणले त्यसको पु्ष्टि गर्छ । त्यसैगरी मिनबहादुर गुरुङसहित व्यापारिक प्रष्ठिामाथिको आक्रमणको पूँजी पलायन र श्रम–शक्तिको पलायन तिव्र पारेको छ । त्यसैगरी सर्वोच्च अदालत, बारको कार्यालय, सिंहदबारमाथिको आक्रमणको नेपालको सम्पदा नष्ट गरेर इतिहास र संस्कृति नभएको देशजस्तो बनाएको छ । धेरै र ठूला घट्ना तत्कालीन ओली सरकारको राजिनमापछि भएका छन् । विष्फोटक पदार्थ, अग्न्यास्त्र र तालिम प्राप्त व्यक्तिहरु सैन्य प्रयोजनका पोशाकसहित संलग्न भएका छन् । तिब्बती–अमेरिकी सैन्य संगठन ‘टिओवी’ले खुलेआम हिंसा भड्काएको छ । अमेरिका तिब्बती सरकार नेपालमा बनाउने, त्यसलाई (TOB) अमेरिकी पैसा, तालिम, प्रविधि र कूटनीतिक सुरक्षा दिएर नेपाली सेना र सरकारलाई निस्क्रिय पार्ने अमेरिकी रणनीति देखिन्छ । जनयुद्धकालमा नै अमेरिका परस्त भएको सेनाको नेतृत्व कठपुतली बनिसकेको पुष्टि राजा वीरेन्द्रको वंशनास र सिंहदरबारको खरानीको थुप्रोले गर्छन् । पृथ्वीनारयण शाहकालीन नेपाली सेनाले अँग्रेजका विरुद्ध लडेको गौरवशाली इतिहास सुगौली सन्धिपछि (मूलतः कोत पर्वपछि) दलालीकरण र भाडाको सेनामा पतन भएको थियो । नेपालका सबै संस्था र नागरिकको देशभक्तिको भावना आजको अमेरिकी हस्तक्षेप विरुद्ध कसरी प्रकट होला भविष्यले बताउने छ ।
बालेन–रवि लामिछाने जस्ता अमेरीकी पक्षधरको नेतृत्वमा सरकार बन्ने र टिओबीले प्रहरीको भूमिका खेल्ने अमेरिकी प्रयासलगत्तै उत्तर र दक्षिणका छिमेकीहरु सक्रिय भए । त्यसले आन्तरिक शक्ति सन्तुलनमा पनि प्रभाव पा¥यो । एकजना पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्रीले बताए अनुसार ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं भन्नुको मतलब विदेशीले नेपालमा जे गरेपनि सहन्छौं भन्ने होइन’ चीनले नेपाली सेनाको नेतृत्वलाई स्पष्ट गरेको थियो । एकजना पूर्व गृहमन्त्रीका अनुसार, नेपालको पछिल्लो घटनामा ‘चीन रमिते, भारत हृदयघातको अवस्थामा छन् । अमेरिकाको रुचीमा कुलमान र कल्याण श्रेष्ठ समेत थिए छन् ।
अमेरिका र भारतको एउटा पक्ष ज्ञानेन्द्रलाई स्थापित गर्ने र नेताहरुलाई धम्क्याएर राजतन्त्र फर्काउने खेलमा छन् । जनता तयार नभइकन राजा नआउने भन्ने सूचना पूर्व प्रम माधव कुमार नेपाल र भारतीय सञ्चारबाट प्रवाह हुनु संयोग मात्र होइन । सुरक्षा चुनौति धेरै भएका नेताहरुको सुरक्षा घटाउने र ज्ञानेन्द्रको सुरक्षामा तैनाथ प्रहरी फिर्ता गरेर सेना पठाउने सरकारी कदम आपैंmमा अर्थपूर्ण छ । अमेरिका र दिल्लीको एउटा पक्षद्वारा ज्ञानेन्द्रको पक्षमा बोल्न लगाउने कार्य सिपी मैनालीबाट सुरु भएको छ । त्यो लहरमा थुप्रै लोकतन्त्रवादी र कम्युनिष्ट भन्नेहरु थपिन सक्छन् । यद्यपि भयङ्कर राष्ट्रघात नगरी ज्ञानेन्द्रले त्यो साथ पाउने छैनन् । नेपालको इतिहासलाई फेरि दोरपाटन पु¥याउनु प¥यो भन्ने चर्चाहरु भइरहेको बेला माओवादी शीर्ष नेतृत्वबाट देशभक्त र्मार्चाको चर्चा आपैंmमा रहस्यमय छ ।
सुशीला कार्की सरकार पश्चिमाहरुको समर्थनमा बनेको गैसस सरकार हो । जसको मूल लक्ष्य चीनविरुद्ध गतिविधि गर्नु हो । सरकारलाई इतिहासमा नै पहिलो पटक दलाई लामाले स्वागत गरेका छन् । सेनाको समर्थनसहित बनेको वर्तमान सरकार विदेशी कठपुलती सरकार हो ।
अमेरिकी योजना र सेनाको सहयोगमा असोज २३ पछि देश प्रतिगमनमा गएको, सैन्य कू भइसकेको थियो । तर, शक्ति सन्तुलन नमिलेपछि यथास्थितिमा नै फर्काइएको छ । त्यसैले अब योजनावद्ध रूपमा फासिष्ट प्रतिगामी र अमेरिकी–तिब्बती सरकार बनाउने प्रयास हुनेछ । तिब्बती शरणार्थीलाई नागरिकता दिने र नेपाली नागरिकता भएकै व्यक्तिले त्यो काम गर्नेछन् । संसाद पुनस्र्थापना दिल्लीको रुची र भ्रष्ट नेताहरुको चाहना हो । संसद् पुनस्र्थापनाले अभैm ठूलो विद्रोह निम्त्याउन सक्छ । किनकी संसदीय व्यवस्थाको असफलतामा जेन–जी विद्रोह भएको हो ।
नेपालमा अमेरिकी हस्तक्षेप बढाउने कार्यमा क्रिश्चियन धर्म र गैससको भूमिका रहेको कारण धर्म परिवर्तन र गैससमा प्रतिवन्ध लगाउन आवश्यक छ । ऐन–कानून राजनीति, संसद् अर्थतन्त्र, सञ्चार सबै कब्जा गरेर बसेको भ्रष्ट संसदवादलाई जेन–जी विद्रोहले ढालेको छ । तर, ‘योजना, नियन्त्रण, निर्देशन र संगठन’ नभएको कारण विद्रोहको सपना अपहरण भएको छ । त्यो अपहरित सपना कम्युनिष्ट, देश भक्त र नव–युवा पुस्ताले सहकार्यद्वारा फिर्ता गर्नुपर्छ ।
गृहमन्त्रीले राजीनामा दिनासाथ माओवादी केन्द्र र नेकपा (एस)का दोस्रो पुस्ताका नेताहरुले संसद्बाट नयाँ सरकार गठनमा हामे समर्थन खोजेका थिए । तर, भ्रष्ट नेता र निकम्मा संसद् हाम्रो रुचीको विषय थिएन ।
अमेरिकाले चीन विरुद्ध नेपाली भूमि प्रयोग गर्न अनेक दाउपेच गर्नेछ । बालेन्द्र नामको लुसिफरलाई प्रयोग गरेर र लिम्बुवानमा पृथकतावाद बढाएर भारत माथि सुरक्षा चुनौति बढाउन सक्छन् । दार्जलिङ, सिक्किम र पुर्वोत्तर भारतमा पृथकतावाद र क्रिश्चियन धर्मको वर्चश्व बढ्दै गएकै छ । क्यानडामा खालिस्तानको वाणिज्य दूताबास खुलिसकेको छ र अब मणिपुरको दूताबास युरोपमा खुल्यो भने अनौठो हुनेछेन । मधेसलाई डोनेस्क बनाउने खतरा उत्रिकै छ । भारतीय कतिपय सञ्चारमा उत्तराञ्चल, महाकाली अञ्चलको पहाडी जिल्ला र कर्णालीका केही जिल्ला समेटेर स्वतन्त्र देश बनाउने बहस लामो समयदेखि आइरहेको छ । त्यसैगरी धार्मिक दङ्गा सृजना गर्न सक्ने सम्भावना उत्तिकै छ । त्यसप्रकारको चुनौतिको सामना गर्न कम्युनिष्ट, वापमन्थी र देश भक्त शक्तिहरु बीचमा संयुक्त मोर्चा बन्नु पर्दछ । नयाँ विचार र नयाँ नेतृत्वको आधारमा नयाँ कम्युनिष्ट केन्द्र निर्माण हुनुपर्छ । हामीले अघिल्लो निर्वाचनमा माओवादीलाई शहरबाट लखेटे । अब एमालेलाई शहरबाट लखेट्दै षड्यन्त्र छ भन्दै आएका आज त्यो पुष्टि भएको छ । चेत खुलेन भने आउने दिनहरु अझै भयावह हुनेछन् ।
अमेरिकी योजना र सेनाको समर्थनमा बनेको गैससको सरकारले अमेरिकी कठपुतली संसद् बनाउने र फासिष्ट कदम र देश द्रोहलाई वैधानिकता दिन निर्वाचन घोषणा गरेको छ । त्यसकारण निर्वाचनको वातावरण नबनेसम्म ज्ञानेन्द्रको जस्ते अमेरिका–गैसस सरकारलाई वैद्यता दिने चुनावमा जानु हुँदैन । सिंहदरबार जल्दा सुरक्षा नदिने सुरक्षा बलले मतपत्रको रक्षा गर्छ भनेर सोच्नु मूर्खता हुनेछ । व्यारेक चुनाव गराउने तयारीमा सरकार छ । त्यसैले सुशीला कार्की सरकारको चुनाव भनेको धराप हो । आफूलाई पूर्ने खाल्डो आफैले खन्नु हो ।
कुनै बेला भारतका पूर्व प्रम आइके गुजरातले प्रचण्डलाई “मैले बेनिन देखिन; हो ची मिन्ह देखिन; माओ देखिन तर, आज जब प्रचण्डसँग बस्दा ती सबै नेता देखेजस्तो भएको छ” भनेका थिए । केपी ओलीलाई मानार्थ विद्यावारिधि दिए प्रचण्डलाई शहरबाट लखेटे पछि विदेशीको नुन खाएका मान्छेहरु फेरि प्रचण्डको तारिफ गर्ने र ओलीलाई विद्रूपीकरण गर्न थालेका छन् । अमेरिका, रुस र ब्रिटेनबीच त्रिपक्षीय सम्झौता भएपछि दोस्रो विश्वयुद्धमा तत्कालीन अमेरिकी राष्ट्रपतिले ‘यदि ब्रम्हाण्ड सम्मेलन भयो र पृथ्वीबाट एक जनामात्र प्रतिनिधि पाउने भयो भने स्टालिनले प्रतिनिधित्व गर्नेछन्’ भनेका थिए । सोभियत संघले हिटलरलाई पराजित गरेपछि ‘खेला त¥यो, लौसो बिस्र्यो’ भने झैँ भयो । स्टालिनको फेरि विद्रूपिकरण सुरु भयो । हामीले बुद्धिको रिमोट अर्कैको हातमा दिएर मालिकको भाष्यमा नाच्न थाल्यौं । त्यसैले हामीले भनेका छौं– नयाँ विचार, नयाँ नेतृत्व, नयाँ कम्युनिष्ट केन्द्र । आजको युगले थोत्रा कुरा सुन्ने छैन ।

