कम्युनिष्टहरू किन कम्युनिष्टकै विरुद्ध उभिन्छन् ?
कम्युनिष्ट आन्दोलनको मूल उद्देश्य शोषणरहित समाज, वर्गविहीन व्यवस्था र समानताको स्थापना हो । तर व्यवहारमा हेर्दा कम्युनिष्टहरू आफैं आपसमा तीव्र रूपमा विभाजित देखिन्छन् । कतिपय अवस्थामा त कम्युनिष्टले नै कम्युनिष्ट विरुद्ध संघर्ष र प्रतिबन्ध लगाएको इतिहासहरु पनि छन् । यो विरोध सतही रूपमा व्यक्तिगत झगडा जस्तो देखिए पनि यसको जड भनेको वैचारिक, राजनीतिक सैद्धान्तिक र संरचनागत कारणहरूसँग जोडिएर आएको देखिन्छ ।
सबैभन्दा पहिला विचारधारात्मक भिन्नता महत्वपूर्ण कारण हो । कम्युनिज्म एउटै सिद्धान्त भए पनि यसको व्याख्या विभिन्न रूपमा गरिएको पाइन्छ–माक्र्सवाद, लेनिनवाद, माओवाद, समाजवाद, मान्नेहरु र संसदीय समाजवाद आदि । एउटै हो भन्नेहरूको बीचमा त्यहाँ पुग्ने बाटोहरुमा ठूला ठूलो मतभेदहरु देखिन्छ । कोही संसदीय प्रक्रियालाई मुख्य साधन मान्छन् भने कोही सशस्त्र संघर्ष वा क्रान्तिलाई अनिवार्य ठान्छन् । यही रणनीतिक भिन्नताले गर्दा कम्युनिष्टहरू एक आपसमा विरोधी र कम्युनिष्टहरु कम्युनिष्ट कै विरुद्ध आएको देखिन्छ ।
यो कारण सत्ता र नेतृत्वको संघर्षबाट सुरू भएको मानिन्छ । कम्युनिष्ट आन्दोलन सिद्धान्तत सामूहिक नेतृत्वको पक्षमा भए पनि व्यवहारमा व्यक्तिवाद र नेतृत्वको प्रतिस्पर्धा हाबी हुने गरेको देखिन्छ । सत्ता नजिकिँदै जाँदा पद, प्रभाव र संसाधनका लागि आन्तरिक संघर्ष बढ्छ । यस्तो अवस्थामा वैचारिक मतभेदभन्दा पनि शक्ति संघर्ष प्रधान बन्छ, जसले कम्युनिष्टलाई नै कम्युनिष्ट विरुद्ध उभ्याउँछ र कम्युनिष्ट विरोधीले फाइदा लिन पुग्छ ।
यो कुरामा अन्तर्राष्ट्रिय प्रभाव र भू–राजनीतिक दबाब पनि एउटा कारक देखिन थालेको छ । इतिहासमा हेर्दा सोभियत संघ–चीन विवाद वा अन्य समाजवादी मुलुकबीचको वैचारिक टकरावले विश्वभरका कम्युनिष्ट पार्टीहरू विभाजित भएका थिए र आज पनि जारी छ । यो विषयमा एउटै देशभित्रका कम्युनिष्टहरू पनि वा बाह्य शक्तिको झुकावका आधारमा फरक–फरक धारमा विभाजित भएर उभिन पुगेको देखिन्छ ।
यस कारण जनसमर्थन र व्यवहारिक राजनीतिसँग जोडिएको छ । समयक्रमहरुमा कम्युनिष्ट पार्टीहरू जनतासँग प्रत्यक्ष जोडिने क्रममा सम्झौता र गठबन्धन नीतिगत लचिलोपन अपनाउन बाध्य हुन्छन् । यसलाई केही कम्युनिष्टहरुले ‘सिद्धान्तबाट विचलन’ ठान्छन् भने अरूले ‘यथार्थवाद’ मान्छन् । यही बहस कारणहरुले गर्दा आपसी अविश्वास र विरोधले गर्दा कम्युनिष्ट पार्टी भित्र पूँजीवादहरुको जन्म भएको देखिन्छ ।
कम्युनिष्टहरू कम्युनिष्टकै विरुद्ध हुनुको मुख्या कारण कम्युनिज्मको लक्ष्य होइन कम्युनिष्ट आन्दोलन भित्र नेतृत्व, रणनीति कार्यनीति सिद्धान्त र व्यवहारको टकराव हो ।
यदि आत्मालोचनाहरु सत्यमा टेकेर ती कुराहरुको अभ्यासमा फरक छुट्याउनु नसक्नु पूँजीवाद र समाजवादमा कुन चाहिँ जनमुखी नीति हो यो विषयलाई बलियो बनाउन नसक्नु आन्तरिक र संघर्षमा निरन्तर दोहोरिनाले र कम्युनिष्ट आन्दोलनको भविष्य त्यसैमा निर्भर हुनुले नै कम्युनिष्टहरु कम्युनिष्ट कै विरुद्ध आएको देखिन्छ ।
माक्र्सवाद लेनिनवाद माओवाद मान्ने कुराहरू र नमान्नेहरूको बीचमा विरोधाभास नीतिलाई कसरी परिवर्तन गर्छ भन्ने कुराहरूमा नेपालका कम्युनिष्टहरू भित्र निर्भर हुन्छ र यहाँ कम्युनिष्ट आन्दोलनभित्र देखिने समस्या भनेको कम्युनिष्टहरु नै कम्युनिष्टका विरुद्ध किन आएको हो भन्ने कारणले गर्दा आज जनताहरुलाई को कम्युनिष्ट हो को होइन भने गाह्रो भएको देखिन्छ ।
कम्युनिष्टहरूमा राजनीतिक–वैचारिक फरक
कम्युनिष्ट आन्दोलनको मूल आधार स्पष्ट राजनीतिक दृष्टिकोण र वैज्ञानिक समाजवादी विचारधारा हो । तर, पछिल्लो समय कम्युनिष्टहरूभित्र नै राजनीतिक–वैचारिक कर्णहरु गहिरिँदै गएको देखिन्छ । सिद्धान्त र व्यवहारबीचको अन्तर, अवसरवादको हावीपन र सत्ता–केन्द्रित राजनीतिले गर्दा यस कर्णलाई थप जटिल बनाएको छ ।
माक्र्स लेनिन र माओले वर्गसंघर्ष, उत्पादन सम्बन्ध र सर्वहारा अधिनायकत्वको स्पष्ट मार्ग देखाएका थिए । तर आज धेरै कम्युनिष्ट पार्टीहरूमा ती सिद्धान्तहरू केवल नारामा सीमित भएका छन् । व्यवहारमा भने नवा उदारवाद, सुधारवाद र व्यक्तिवादी सोच हावी भएको देखिन्छ । यही कारणहरु कारणले कार्यकर्ता तहमा अन्योल, निराशा र वैचारिक विचलन बढ्दै गएको छ ।
राजनीतिक लाइन अस्पष्ट नहुँदा पार्टीभित्र गुटबन्दी, नेतृत्वप्रतिको अविश्वास र आन्दोलनप्रतिको जनविश्वास कमजोर बन्दै गएको देखिन्छ । विचारको ठाउँमा व्यक्तिको पूजा, वर्गको ठाउँमा सत्ताको मोह र संघर्षको ठाउँमा सम्झौताको राजनीतिले कम्युनिष्ट आन्दोलनको पहिचान नै धमिल्याएको छ ।
त्यसैकारणले गर्दा आज नेपालका कम्युनिष्टहरुमा वैचारिक कर्णको समाधान गम्भीर आत्मसमीक्षा, सैद्धान्तिक प्रशिक्षण र जनताको वर्गीय हितमा आधारित स्पष्ट राजनीतिक लाइनबाट मात्र सम्भव छ ।
सिद्धान्त र व्यवहार बीचको एकता कायम गर्न सके मात्र कम्युनिष्ट आन्दोलनलाई पुनः जनविश्वासको केन्द्र बनाउन सक्छ होइन भने कम्युनिष्टहरु एकापसमा लड्ने र साम्राज्यवादीहरूले सत्ता चलाई राख्ने खतरा देखिन्छ ।
वाद र विचारबीचको फरक
समाज, राजनीति, दर्शन र साहित्यमा वाद र विचार दुई महत्वपूर्ण अवधारणाहरू हुन् । यी शब्दहरू प्रायः एउटै अर्थमा प्रयोग गरिए पनि वास्तविक रूपमा तिनको अर्थ र दायरा फरक हुन्छ । विचार भनेको कुनै व्यक्ति, समूह वा समाजको सोच, धारणा वा निष्कर्ष हो । विचार व्यक्तिगत अनुभव, शिक्षा, परिवेश र चेतनाबाट जन्मिन्छ । यो स्थिर हुन सक्छ वा समयअनुसार परिवर्तनशील पनि हुन सक्छ । उदाहरणका लागि समानता, स्वतन्त्रता, न्यायप्रतिको धारणा व्यक्तिको विचार हो । विचार व्यक्तिगत तहमा विकसित हुन्छ र सबै व्यक्तिका विचार एकै हुँदैनन् ।
यसको विपरीत, वाद भनेको विचारहरूको संगठित, व्यवस्थित र सिद्धान्तमा आधारित रूप हो । वादले निश्चित दर्शन, उद्देश्य, नीति र कार्यदिशा प्रस्तुत गर्छ । कुनै एक विचारलाई आधार बनाएर जब त्यसलाई विस्तृत सिद्धान्त, नियम र व्यवहारिक कार्यक्रमका रूपमा विकास गरिन्छ, तब त्यसले वादको रूप लिन्छ । जस्तै– माक्र्सवाद लेनिनवाद माओवाद समाजवाद, साम्यवाद, आदि वादहरू हुन् ।
सारांशमा भन्नुपर्दा, विचार वादको आधार हो भने वाद विचारको विकसित र संस्थागत स्वरूप हो । विचार बिना वाद सम्भव छैन, तर सबै विचार वादमा परिणत हुँदैनन् । विचार व्यक्तिको चेतनासँग जोडिएको हुन्छ भने वाद समाज वर्ग र राज्य सञ्चालनसँग सम्बन्धित हुन्छ । यही नै वाद र विचारबीचको मूल फरक हो यो कुरा प्रचण्ड र नेपाली कम्युनिष्टहरूमा राजनीतिक वैचारिक सिद्धान्त रुपमा वाद र विचारबीचको फरक मात्र होइन विचलन आएको देखिन्छ ।
समाज, राजनीति, दर्शन र साहित्यमा वादर विचार दुई महत्वपूर्ण अवधारणाहरू हुन् । यी शब्दहरू प्रायः एउटै अर्थमा प्रयोग गरिए पनि वास्तविक रूपमा तिनको अर्थ र दायरा फरक हुन्छ ।
विचार भनेको कुनै व्यक्ति, समूह वा समाजको सोच, धारणा वा निष्कर्ष हो । विचार व्यक्तिगत अनुभव, शिक्षा, परिवेश र चेतनाबाट जन्मिन्छ । यो स्थिर हुन सक्छ वा समयअनुसार परिवर्तनशील पनि हुन सक्छ । उदाहरणका लागि समानता, स्वतन्त्रता, न्यायप्रतिको धारणा व्यक्तिको विचार हो । विचार व्यक्तिगत तहमा विकसित हुन्छ र सबै व्यक्तिका विचार एकै हुँदैनन् ।
यसको विपरीत, वाद भनेको विचारहरूको संगठित, व्यवस्थित र सिद्धान्तमा आधारित रूप हो । वादले निश्चित दर्शन, उद्देश्य, नीति र कार्यदिशा प्रस्तुत गर्छ । कुनै एक विचारलाई आधार बनाएर जब त्यसलाई विस्तृत सिद्धान्त, नियम र व्यवहारिक कार्यक्रमका रूपमा विकास गरिन्छ, तब त्यसले वादको रूप लिन्छ । जस्तै– समाजवाद, पूँजीवाद, साम्यवाद, उदारवाद आदि वादहरू हुन् ।
सारांशमा भन्नुपर्दा, विचार वादको आधार हो भने वाद विचारको विकसित र संस्थागत स्वरूप हो । विचार बिना वाद सम्भव छैन, तर सबै विचार वादमा परिणत हुँदैनन् । विचार व्यक्तिको चेतनासँग जोडिएको हुन्छ भने वाद समाज र राज्य सञ्चालनसँग सम्बन्धित हुन्छ । यही नै वाद र विचारबीचको मूल फरक हो ।
सत्ता र सरकारको बुझाइमा फरक
राजनीति र राज्य सञ्चालनका सन्दर्भमा सत्ता र सरकार शब्दहरू प्राय एउटै अर्थमा प्रयोग गरिन्छन् । तर यथार्थमा यी दुईबीच स्पष्ट भिन्नता छ, जसलाई बुझ्नु समाजवादी लोकतान्त्रिक चेतनाका लागि अत्यन्त आवश्यक छ । सत्ता भनेको राज्यमा निर्णय गर्ने, नीति बनाउने र कार्यान्वयन गराउने सर्वोच्च अधिकार हो । यो केवल औपचारिक पद वा कुर्सीसँग मात्र सीमित हुँदैन । सत्ता संविधान, कानुन, राज्य संरचना, आर्थिक शक्ति, सामाजिक प्रभाव र वैचारिक प्रभुत्वसँग जोडिएको हुन्छ । कहिलेकाहीँ सरकार बाहिर रहेका शक्ति समूह, दल, आर्थिक घराना वा अन्तर्राष्ट्रिय दबाबले पनि वास्तविक सत्ता प्रयोग गरिरहेका हुन्छन भने सरकार भनेको जनताबाट निर्वाचित वा कानुनी प्रक्रियाबाट गठन भएको कार्यकारी निकाय हुन्छ । सरकारको मुख्य काम राज्यका नीति लागू गर्नु, सेवा प्रवाह गर्नु र प्रशासन सञ्चालन गर्नु हो । सरकार समय–समयमा परिवर्तन हुन सक्छ, तर सत्ता संरचना धेरै हदसम्म निरन्तर रहन्छ । एक सरकार ढले पनि सत्ता अर्को सरकारमार्फत निरन्तर सञ्चालनमा रहिरहने हुन्छं ।
यसर्थ, सरकार सत्ता प्रयोग गर्ने एउटा माध्यम मात्र हो, सत्ता स्वयं होइन । सरकार देखिने र औपचारिक संरचना हो भने सत्ता कहिलेकाहीँ अदृश्य तर प्रभावशाली हुन्छ । सत्ता र सरकारबीचको यही फरक बुझ्न सके मात्र नागरिकले राज्यको वास्तविक चरित्र र राजनीतिक यथार्थ बुझ्न सक्छन होइन भने सोलो डोलो तरिकाले सरकार र सत्ता एउटै हो भने भ्रममा जनताहरु परेको कारणले गर्दा आज नेपालमा कम्युनिष्टहरुलाई नेपाली जनताले नराम्रो तरिकाले हेरेको देखिन्छ यो कुरा सही होइन खासमा कुरा के हो भने नेपालमा कम्युनिष्टहरु सत्तामा गएकै छैन् र गरिखाने जनताको सत्ता आएको छैन यो कुरा चाहिँ सही हो ।
निष्कर्ष
कम्युनिष्टहरू कम्युनिष्टकै विरुद्ध उभिनुको मुख्य कारण सिद्धान्तभन्दा व्यवहारमा आएको विचलन हो । वर्गसंघर्ष र सामूहिक हितको कुरा गर्ने कम्युनिष्ट आन्दोलन भित्रै सत्ता, पद र व्यक्तिगत स्वार्थ हाबी हुँदा आपसी संघर्ष बढ्छ । विचार, कार्यदिशा र रणनीतिमा देखिने मतभेद स्वाभाविक भए पनि जब त्यसलाई समाधान गर्ने सत्यमा टेकेर तथ्य कुराहरूको बहसभन्दा आफ्नो फाइदाको संस्कार र संस्कृतिको निर्माण भएको कारणले कम्युनिष्टभित्र विभाजन र विरोध तीव्र रुपमा आएको देखिन्छ । कम्युनिष्टहरूबीचको यो संघर्षले आन्दोलनलाई कमजोर बनाउने मात्र होइन, जनताको भरोसा पनि खस्काउँदै गाएको भन्ने कुराहरु यथार्थ हो । यी माथिका सम्पूर्ण बहसहरूको सही समाधान भनेको नेपाल कम्युनिष्ट पार्टी माओवादीले उठाएको विषय नयाँ कम्युनिष्ट केन्द्र निर्माण र नेपाली विशेषताको समाजवाद हुँदै वैज्ञानिक समाजवादी राज्य व्यवस्था सञ्चालन गरिएको भने मात्रा नेपाली जनताले देख्ने गरी कम्युनिष्ट हरु कम्युनिष्ट कै विरुद्ध नआउने वातावरण तयार हुन्छ होला ।

