पार्टी एकताको भ्रामक हल्ला बारे
प्रचण्ड निकट साथीहरुले प्रचण्ड विप्लव बिच पार्टी एकता हुँदैछ भनेर एउटा भ्रामक हल्ला गरिरहेको पाइयो । यो हल्ला मात्र हो । प्रचण्डसँग कुनैबेला कम्युनिष्टहरु बिचको एकता बारे छलफल चलेको कुरा सत्य हो । यो प्रस्ताव विप्लवकै थियो, यो पनि सत्य हो तर त्यस बेला विप्लवले पार चलाउन नसकेर एकता गर्न खोज्दैछ भनेर हल्ला गर्ने, पार्टी किन फुटाएको, एकता हाइन प्रवेश गरेर आउनु पर्छ । पविप्लवले प्रयाश्चित गरेरआउनु पर्छ, महासचिव बनेर आउनु पर्छ जस्ता, एकता विरोधी, असैद्धान्तक प्रश्न उठाउने पनि यस्तै साथीहरु नहुन । आज जुन कुरा धेरै पर पुगेर पार्टी एकता एक ठाउँमा आएर संश्लेषण भएको छ र कुरा पुरानो भइसकेको छ । यो असान्दर्भिक भइसकेको छ ।
जब क. प्रचण्डले सिद्धान्त र विचारको परित्याग गरी धेरै पर पुगेर असैद्धान्तिक र विचारविहीन एकतामा जोड दिँदै आफै नेता र प्रधानमन्त्री बन्ने विदेशी दिजाइनमा गएर विप्लवलाई समेत नङ्ग्याउने आत्मसमर्पणवादी दिजाइनमा जानुभयो तब त्यो प्रस्तावबाट विप्लव पछि हटेर प्रचण्डले छोडेमो माओवादी पार्टीलाई पुनरनविकृत गरेर नेकपा (मोओवदी) नाम निर्वाचन आयोगमा दर्ता गरेर गुलाफको पूmल चुनाव चिन्ह लिएर ११० जना समानुपातिक बन्द सूचिमा नामावली समेत पेश गरेको छ र यदि कम्युनिष्टहरु बिच चुनावी मोर्चा संभव नभएमा १६५ सितमै उमेदवारी दिने गरी प्रत्यक्ष उमेदवार तर्फको नामावली शुचि समेत तयार गर्दैछ । यो थाहा भएपछि अटालिएर साथीहरु यो हल्ला चलाएको हो ।
भूmठो खेती नगरम न साथी हो । हुने हल्ला गरौं नहुने हल्ला नगरौं । सक्नुनु हुन्छ भने कम्युनिष्ट मतको संरक्षण कसरी गर्ने ? माओवादीहरु बिचको ध्रूबीकरण कसरी गर्ने ? माओवादी जनयुद्धको उपलब्धिहरुको रक्षा कसरी गर्ने ? भन्ने तिरबाट सोचौं । सक्नु हुन्छ भने तपार्इंको पार्टी नेतृत्वलाई पहल गर्न दवाव दिनुस, मनाउनुस, कम्युनिष्ट भित्र षड्यन्त्र, छलछाम होइन, इमान्दारपूर्वक कम्युनिष्ट एकतामा जोड दिन पहल गर्नुस । त्यसको लागि हामी तयारै छौं तर, तत्काल असैद्धान्तिक, अराजनीतिक, विचाविहीन पार्टी एकताको हल्ला गरेर समय खेर नफालौं । यो हल्ला तपाईंको फेसबुक भ्यु बढाएर पैसा कमाउने धन्धामा त सहयोगी बन्ला तर, यसले पार्टी एकतामा फाइदा गर्दैन, एकता विरोधी हुन्छ । यसले तपाईलाई डलर कमाउन सहयोग गर्नेभन्दा अरु केही गर्दैन । यसले विप्लव समर्थक पंक्तिमा पनि केही भ्रम पार्न सक्ने दखेर मैले यति लेख्न उचित ठाने ।
निश्य पनि कम्युनिष्टहरुको बिचमा एकता जरुरी छ तर, सिद्धान्त, न्यूनतम मूल्य मान्यता त्यागेर, बिदेशी दिजाइनमा, लम्पसार परेर होइन, त्यसरी गरिने पार्टी एकताको कुनै अर्थ छैन । प्रचार र हल्लाको एकता होइन वास्तविक कम्युनिष्ट एकता आजको आवश्यकता हो जुन कुरा प्रचण्ड मान्न तयार छैनन् । जुन कुरा विप्लवले अगाडि सारेका छन् । यसलाई आत्मसात गरौं न हिम्मत छ भने, नत्र यो पैसा कमाउ धन्धा बाहेक केही हुन सक्दैन । यसो नगरौं न साथी हो । दुई दिन नटिक्ने झुठो कुरो नगरौं, सहि कुरा र हुने कुरा गरौं ।
हामी कम्युनिष्टहरु बिचको एकताका पक्षधर हौं । एकता विरोधी होइनौं । धेरै सीत जित्ने हो भने त काँग्रेस, एमालेसँग नै एकता गरे भैगो नी । कति कमजोर बैचारिक धरातलमा उभएका छौं भन्ने प्रमाण हो यो । एमालेको महाधिबेशनमा गए शुभकामना दिदा पनि एकता नै देख्ने, कहिलेकाहीं कसैसँग चिया गफ गर्दा पनि एकता नै देख्ने, अलिकति फरक मत राख्ने बित्तिकै दुश्मन देख्ने । यही बैचारिक दरिद्रताले त पार्टी फुटी रहन्छन् । सानो अडान पनि लिन नसक्ने, धलपल धलपल भइरहने अस्थिर विचारमा त साम्राज्यवाद खेलिरहेका छन् । हाम्रो सामन्ति संर्कीणर्तावादी चिन्तन प्रवृत्ति यसमा बहुत सहयोगी भइरहेको छ । यसैको एउटा पक्ष हो यस्ता भ्रामक प्रचारबाजी । यसबाट हामी कसरी र कहिले मुक्त हुने ? जुनदिन हामी यी गलत विचार, चिन्तन, प्रवृत्तिबाट मुक्त हुने छौं त्यो दिन हामी एक ठाउँमा भएका हुने छौं ।

