कम्युनिष्टहरुको विषयमा सार कुरा
पहिलो कुरा कम्युनिष्ट भनेको केहो के हो ? यो शब्दले सामुहिक जीवन यापनको उद्देश्यसँग जोडिएको भएर यहि समाजको सबभन्दा बढि उत्पीडन भोगी रहेको सचेत मानिसलाई बुझाउँछ माक्र्सको समयमा सबभन्दा उत्पीडित केही र कुनै पनि सम्पत्ति न रहेको एक मात्र दुइटो पाखुरा चलाए जीवन जोगिने न चलाए मृत्यु हुने वर्गलाई सर्वहारा भनि व्याख्या गरिएको छ यसैलाई आधार मानी द्वन्दात्मक ऐतिहासिक भौतिक वादी चिन्तनलाइ नै सर्वहारा वर्गीय दृष्टीकोंण भनियो र यिनैको मुक्तिसँग सबै समुदायको मुक्ति हुन्छ भन्ने बुझाइबाट कम्युनिष्टहरुको उदय भयो यो वर्ग जब सचेत सर्वहारा दृष्टीकोंणले लैस भएपछि नै कम्युनिष्ट बनेको विश्लेषण छ । यिनीहरु सत्ताको केन्द्रमा न पुगिञ्जेल सही समाजको श्रृजना नै हँुदैन यसको मुक्ति संगै सबै उत्पीडनको अन्त हुन्छ यो वर्गको मुक्ति समाजवाद वैज्ञानिक समाजवाद हँुदै साम्यवादमा मात्रै हुन्छ । एक देशमा एकमात्र वास्तविक कम्युनिष्ट हुन्छ तर, नेपालमा प्रायः तीन किसिमका कम्युनिष्टहरु छन् पहिलो माक्र्सवाद, लेनिनवाद र माओवाद मान्ने दोश्रो माक्र्सवाद र लेनिनवाद मान्ने तेश्रो चाही मक्र्सवाद मात्रै मानि कम्युनिष्ट रहेको ।
अब अलि कति विश्लेषण गरौं पहिलोले समान रुपमा यो सिद्धान्तलाई स्वीकारे पनि विशेष रुपमा एक अर्कासँग मिल्न व सहकार्य गर्न सकेका छैनन आखिर किन ? यसको जबाब खोज्न अन्यत्र जानु पर्दैन यिनीहरु माक्र्सवादको विकास गर्नुपर्छ भनि स्वीकार्छन तर, त्यस्मा विकाश गर्न सकेका छैनन कसैले विकाश ग¥यो भने पनि छलफलको विषय नै बनाउन चाहेनन अर्का तिर कुरामा श्रम उत्पादन उपभोक्ता र उपभोग अर्थात स्वामित्व बारे स्पष्ट छन् तर, व्यवहारमा जान सकेका छैनन गर्नेलाई मुख पछाडी कुरा काट्द छन् तर, भाषण लेख र रचनामा कम्युनिष्ट भाइचाराको भावनालाई तिलाञ्जलि दिएको देखिन्छ । भाइचारा कायम गर्न चाहनेलाई कुनै न कुनै बिल्ला भिराइ आत्मरति लिन्छन । शब्द वाक्य बदलि श्रमलाई प्रविधिले जितेको विश्लेषण गर्दै अन्तराष्ट्रिय मजदूर किसान तथा श्रमिक समुदायलाई अपमान गरी प्रविधि प्रमुख रहेको भनि विद्वताको प्रदर्शन गर्दछन जबकि प्रविधि युक्त विश्वमा यसको विकाश भइ नै रहेकोमा विमति छैन तर, श्रम गर्ने समुदायको अवमुल्यन गरी प्रविधि प्रमुख रहेको निचोड निकाल्नु माक्र्सवाद सम्मत नै छैन प्रविधि अर्थात टेक्नोलोजी मानव मष्तिष्कबाट पैदा भएको अर्थात मानव श्रमको परिणाम हो तर, यसको स्वामित्व पनि पूँजीवाद या आजको युगको भुमण्डलीय पूँजीवादले खोसि लिएको छ कम्युनिष्टहरु यसलाई एकीकृत क्रान्तिद्वारा खोसी मानव हितमा प्रयोग गर्नु पर्छ । मानव श्रमबाट उत्पादित हरेक वस्तु मानिस श्रम कै उपज हो प्रविधि पनि एउटा माल हो तसर्थ कसैमा कुनै भ्रम रहनु हँुदैन कि आजको समाजमा पनि श्रम र पूँजी बीचको अन्तर्विरोध नै मुख्य हो ।
केही पाउन केही छोड्नु पर्ने आम नियम हो त्यस उसले सिद्धान्तमा मिलेपछि अरु कुरा मिल्दै जान्छ किन भने सच्चा कम्युनिष्टको मान्यता नै आत्म संघर्ष अन्तसंघर्ष र वर्ग संघर्ष अर्थात उत्पादनको लागी संघर्ष हो । त्यस उसले एकता हुन कठिनाइ मान्नु पर्दैन कि ? पराश्रित मानसिकतालाई हटाइ आत्मनिर्भर अर्थतन्त्रको उद्देश्यसहित श्रममा भाग लिंदै अगाणी बढ्दै जानु पर्दछ न कि पराश्रित बन्नु बनाउनु र कोठे क्रान्तिकारी हुनु । यो नै एकताको बटन लाइन बन्न पर्दछ ।
पहिला किसिमको कम्युनिष्ट बारेको कुरा पश्चात दोश्रो बारे पनि जान्नु पर्दछ । यीनीहरु पनि मित्र शक्ति रहेको कारण एकता मोर्चा या कार्यगत एकता गर्दा पहाण खस्दैन राम्रो नै मान्नु पर्दछ त्यस कारण बुझ्ने विषय के हो भने यिनीहरु माक्र्सवाद लेनिनवादमा र माक्र्सवाद लेनिनवादको विकसित रुप नै माओवाद होभन्ने कुरा स्वीकार्दैनन माक्र्सवाद लेनिनवादलाई जणशुत्रवादको रुपमा बुझ्ने गर्छन माक्र्स, लेनिन र माओले भनेको कैयौं कुरा विभिन्न समय परिस्थितिमा रचना गरे तर, यिनीहरुले नयाँ परिस्थितिमा त्यही कुरालाई ज्यँुका त्यँु रुपमा लागु गरेको देखिन्छ जस्तै माओले जाडो महिनामा बासी भात खाएको भनि गर्मी महिनामा पनि बासी भात खान जोड दिन्छन यो माक्र्सवाद होइन जडशुत्रवाद हो माओवादसँग यसको कुनै साइनो नै छैन ।
तेश्रो किसिमका कम्युनिष्ट अति न्युन संख्यामा रहेको देखिन्छ । यिनीहरु पनि मित्र कै श्रेंणीमा पर्छन यिनीहरुसँग पनि भाइचाराको ब्यवहार गरिरहनु पर्छ संगै केही मानिसहरु आमूल परिवर्तन त चाहन्छन तर, अहिलेसम्मको यिनीहरुको यात्रा पुरा भएको छैन । यिनलाई वामपन्थीको रुपमा चित्रित गरी हाथेमालो गर्नै पर्छ यिनी स्वयम कम्युनिष्ट त हँुदैनन तर, प्रगतिशील सोच रहेको श्रेंणीमा पर्छन र कम्युनिष्टहरुको भरपर्दो मित्र हुन ।
समाजवाद र वैज्ञानिक समाजवाद बारेको धारणामा एकरुप न भएर पनि कम्युनिष्टहरुलाई मार खानु परेको छ फेरि पूँजीवादले पनि नामधारी कम्युनिष्टको जन्म गराइ बहसको लागी बहसमा फसाउने काम गरेको देखिन्छ । समग्रमा बुझ्दा समाजवाद २०औं सदी तिर जन्मेको हो जब रुसी अक्टुबर क्रान्ति पश्चात विकसित हँुदै गयो त्यसले पूँजवादलाई झस्कायो र त पूँजीवादीहरु पनि समाजवाद प्रति आकर्षित भएको पाइन्छ । यसरी विश्लेषण गरिने हो भने समाजवाद दुई किसिमको हँुदै गयो । हामीले खोजेको त्यो समाजवाद जुन पूँजीवाद र साम्यवादको बीचमा रहेको संक्रमण कालको प्रतिनिधित्व गर्छ यहाँ क्रान्तिको निरन्तरता अनिवार्य रहेको हुन्छ समाजमा रहेको सर्वहारा वर्गको सचेत दस्ताको नेतृत्व र त्यही दस्ताको शासन जहाँ स्वामित्व समाजको हुनेछ व्यक्तिको निजीत्वलाई केही हदसम्म संरक्षण पनि गरेको हुन्छ । जनताको मौलिक हकको व्यवहारिक ज्ञारण्टी हुन्छ । त्यस अवस्थामा शिक्षा मानव हितमा विकसित गर्दै कला साहित्यलाई समाजकै विकासको लागी रचना गरिन्छ जसले मानिसको सोच्ने तरिका तथ्य सत्यमा आधारित रहने द्वन्दात्मक चेतको विकास गरिन्छ कुनै पनि चीजलाई एकको दुइमा विभाजन र संयोजनको योग नै सोच्ने तरिका हुनुपर्छ न कि विभाजन मात्रै किन भने विभाजन र संयोजन एक सिक्काको दुइ पाटो झैं हुन्छ । यही समाजवादलाई हामी कम्युनिष्टहरु वैज्ञानिक समाजवाद भन्दै आएका छौं तर, समाजवाद मात्रै मान्ने मित्रहरुसँग पनि कार्यनैतिक रुपमा सहकार्य गर्दै जाने परम्पराको विकास तपाई हामीलाई नै गर्नु पर्दछ ।
त्यस अर्थमा हामी कम्युनिष्टहरु नेपाली समाजमा नेपाली विशेषता सहितको समाजवादको कार्य नैतिक योजना भएर मात्रै रणनीतिको नजिक अर्थात वैज्ञानिक समाजवादमा पुग्न सकिन्छ अनि साम्यवादमा जान सजिलो हुन्छ भनि मान्यता राखेका हौं । सम्राज्यवाद पूँजीवादको चरम अवस्था हो यसपछि पूँजीवादी विकासको बाटो बन्द हुन्छ त्यसले विभिन्न रुप र रंग फेर्दै आफ्नो अस्तित्व जोगाउन भरमग्दूर कोसिस गरिरहेको पनि छ तर, अन्तोत्वगत्वा यसको समाप्ति दिन प्रतिदिन तिबार गतिमा अगाडी बढेको पाइन्छ ।
अहिले विश्व साम्राज्यवाद या भूमण्डलीय पूँजीवाद विगत भन्दा झन् संकट ग्रस्त बन्दै गएको छ । यसलाई जोगाउन कैयौं पूँजीवादी व्यक्तित्वहरुबाट यसको बढाइ गर्नमा कुनै कसर बाँकी रहेको छैन तर, वस्तु स्थितिले नै नाङ्गे झार पार्दै गएको छ । आफ्नो संकटबाट जोगिन पूँजीवादले अर्थात साम्राज्यवादले थुप्रै अविकसित, विकाशील र साना राष्ट्र माथि सोझै विभिन्न बहाना बनाइ आक्रमण गरिरहेको छ भने यसको विपक्ष माउभिने ठुला राष्ट्रहरुलाई पनि युद्धमा धकेलि दिएको मात्रै होइन साना–साना राष्ट्रमा आफ्नो कठपुतली सरकार बनाइ आपूmलाई हरेक कुरामा पछाडी धकेलि रहेको देशलाई घेरामा पारी युद्ध भडकाइ हतियार बेची स्वयमको सिंहासनको अस्तित्व जोगाउन लागी परेको छ तर, हामीलाइ स्मरण गर्नु विषय के हो भने रणनैतिक रुपले साम्राज्यवाद एउटा कागजको बाघ हो यो अति नै डरछेरुवा हुन पुग्छ फेरि पनि कार्यनैतिक रुपले वास्तविक बाघ पनि हो अहिले विश्वमा चारैतिर झम्टी रहेको छ । हेर्नुस् त हिजो इराकको तेल भण्डार काब्जा गर्न जैविक हतियार राखेको बहानामा आक्रमण गरी इराकी प्रमुख सद्दाम हुसैनलाई मारी पुरै तेल भण्डार कब्जा ग¥यो । इरान माथि प्रमाणु बम बनाएको निहुँमा आक्रमण गरेको अहिले भर्खरै भेनेजुएला माथि ड्रग्शको तस्करीको निहुमा आक्रमण ग¥यो तर, त्यहाँको तेल भण्डारको कब्जा नै उसको रोजाइ थियो तर, त्यहाँको सरकार प्रतिकारमा उत्रेको छ ।
यी सबैले के साबित गरिदिएको छ भने २१औं सदी भित्र नै साम्राज्यवादको चिहान खनिइदै छ । यसको अन्तले माक्र्सको भविष्यवाणी यथार्थ साविक भइरहेको देखिन्छ ।

