नयाँ पार्टीहरूको उदय र नेपाली विशेषताको समाजवाद

२०८२ माघ ९ गते, बिहीबार

योद्धा सी

नेपालमा पछिल्ला वर्षहरूमा नयाँ राजनीतिक पार्टीहरूको उदय हुनुका पछाडि राजनीतिक, सामाजिक, आर्थिक र संस्कृतिक कारणहरू रहेका छन् । लामो समयदेखि सत्तामा रहेका परम्परागत दलहरू जनअपेक्षा अनुसार काम गर्न असफल भएको अनुभूति जनतामा बढ्दै जाँदा नयाँ विकल्पको खोजी तीव्र बनेको थियो, यसले गर्दा आज नेपालमा नयाँ पार्टीहरूको जमने अनुकूल वातावरण पुराना पार्टीे र पार्टीका नेताहरुले नै तयार हुने वातावरण बनाएका हुन ।

पहिलो कारण भनेको पुराना दलप्रति बढ्दो जनताको असन्तुष्टि हो । किनभनें भ्रष्टाचार, कुशासन, सत्तालोलुपता र गुटबन्दीका कारणले गर्दा जनताको विश्वास क्रमशः कमजोर हुँदै गयो । किनकि चुनावका बेला गरिएका प्रतिवद्धता पूरा नहुनु, विकास निर्माणमा ढिलाइ हुनु र समान अवसर नदिनुजस्ता समस्याकारणले गर्दा नागरिकहरुलाई निराश बनायो । यही निराशाले नयाँ सोच र नयाँ नेतृत्व खोज्न प्रेरित ग¥यो त्यही अनुसार जनताको चाहाना र भावनालाई आफ्नो फाइदाको राजनीतिक गर्न सकिन्छ कि भन्ने सोचका साथ नयाँ पार्टीका दलहरु उदयभएको देखिन्छ ।

दोस्रो कारण युवाको राजनीतिक चेतना र सहभागिता बढ्नु हो । शिक्षित युवाहरू अब केवल दर्शक बन्न सक्दैन र चाहँदैनन्, पनि उनीहरू प्रत्यक्ष राजनीतिक परिवर्तनमा भूमिका खेल्न चाहन्छन् । आजको २१ औँ शताब्दीमा सामाजिक सञ्जाल र सूचनाको पहुँचले युवाहरुलाई सचेत बनाएको छ, जसका कारण उनीहरू पारदर्शिता, जवाफदेहिता र कार्यक्षममा नेतृत्वको माग गर्न थालेका हुन्छन् यही कुराहरूलाई आफ्नो फाइदा लिन सकिन्छ होला भन्ने अनुमान गरेर नै नयाँ पार्टीहरू अगाडि आएको देखिन्छ ।

तेस्रो कारण संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासका क्रममा देखापरेका कमजोरीहरू पनि हुन् । संविधान जारी भएपछिको शासन प्रणाली जनमुखी बन्न नसकेको आरोप लाग्दै आएको छ । स्थानीय तहदेखि केन्द्रीय तहसम्म देखिएको कमिसन भ्रष्टाचार दलगत भागबाण्ड लगाएतका गितहरु कारणले नयाँ राजनीतिक शक्तिहरुलाई स्थान दिएको देखिन्छ । तर, नयाँ पार्टीहरू पनि भिजन र नीति नभएको कुराहरू बाहिर आउन थालिसेको देखिन्छ । यी सबै कारणहरूको समष्टिगत प्रभावका कारण आज नेपालमा नयाँ राजनीतिक पार्टीहरूको उदय भएका हो राजनीतिमा नयाँ आशा र सम्भावनाको ढोका खोल्छन् कि भनेका थियो । तर, नीतिहरु पनि यही संसदीय व्यवस्थामा नै जान्छौं भने पछि फेरी नेपालका युवाहरुलाई तरंगित बनाएको देखिन्छ ।

 पुराना राजनीतिक पार्टीहरूमा बोली र व्यवहारबीचको फरक

लामो समयदेखि जनआलोचनाको प्रमुख विषय बन्दै आएको छ । चुनावका बेला जनतासामु प्रस्तुत गरिने आदर्श, नीति र प्रतिवद्धता व्यवहारमा लागू नहुँदा राजनीतिक विश्वासमा गम्भीर संकट देखिएको छ । यही अन्तरले जनतामा निराशा र असन्तोष बढाएको छ ।

पुराना पार्टीका नेताहरूले भाषण र घोषणापत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, समावेशिता र विकासको कुरा गर्छन् र भन्छन् जनताको जीवनस्तर सुधार्ने, रोजगारी सिर्जना गर्ने र समान न्याय सुनिश्चित गर्ने वाचा गरिन्छ । तर सत्ता प्राप्त भएपछि ती वाचा व्यवहारमा रूपान्तरण हुन सक्दैनन् । भ्रष्टाचारका घटनामा संलग्नता, शक्ति र पदको दुरुपयोग तथा आफन्तवाद नातावाद जस्ता गतिविधिले नेताको बोलीलाई व्यहवार र फरक नदेखाएको कारणले गर्दा आज नेपालमा नयाँ पार्टी हरूको उदय भएको हो ।

यस्तै, लोकतन्त्र र जनसहभागिताको कुरा गर्ने पार्टीहरू आफैंभित्र लोकतान्त्रिक अभ्यास गर्न असफल देखिन्छन् । नेतृत्व चयनमा पारदर्शिता नहुनु, गुटबन्दी हावी हुनु र सीमित व्यक्तिको नियन्त्रण रहनुले व्यवहार र बोलीबीचको दूरी झन् बढाएको छ । जनताको आवाज सुन्ने प्रतिबद्धता व्यक्त गरिए पनि व्यवहारमा जनचासोभन्दा सत्ता जोगाउने चिन्ता बढी देखिन्छ ।

विकास र समृद्धिको नारा लगाउने पार्टीहरूले शासनमा रहँदा ढिलासुस्ती, असक्षमता र योजनाविहीनता प्रदर्शन गरेका छन् । यसलेगर्दा बोलीमा केवल आकर्षक शब्दमा सीमित भएको अनुभूति जनतालाई गराएको छ । फलस्वरूप, जनतामा राजनीतिक दलप्रति विश्वास घट्दै गएको छ र नयाँ विकल्पप्रति आकर्षण बढेको देखिन्छ ।

यसरी, बोली र व्यवहारबीचको फरकले नेपालका पुराना पार्टीहरूको विश्वसनीयतामा प्रश्न उठाएको छ, जसको सुधार नगरेसम्म राजनीतिक स्थायित्व र जनविश्वास पुनःस्थापना गर्न कठिन हुने देखिन्छ । यो कुरा पुराना पार्टी र पार्टी भित्रका पूरा नेताहरुलाई युवाहरूले भन्नु पर्ने भएको छ ।

ग)नेपालमा नयाँ राजनीतिक पार्टीहरूको उदय हुनुमा विदेशी शक्तिहरूको ठूलै हात रहेको भन्ने धारणा पछिल्ला वर्षहरूमा व्यापक रूपमा व्यक्त हुँदै आएको छ । नेपाल भू–राजनीतिक रूपमा संवेदनशील मुलुक भएकाले यहाँको आन्तरिक राजनीति सधैं छिमेकी तथा शक्तिशाली साम्राज्यवादी राष्ट्रहरूको चासोको केन्द्रमा रहँदै आएको देखिन्छ । यही सन्दर्भमा नयाँ पार्टीहरूको उदयलाई केवल आन्तरिक कारणबाट मात्र व्याख्या गर्न भनेको आजको भू–राजनीतिक बुझ्न नसक्नु हुन्छ नेपालका नयाँ पार्टीको उदय हुनुमा विदेशी शक्तिहरूको ठूलै योजना पनि देखिनछ मुख्या गरेर नेपालमा अमेरिकी र यूरोपीय युनियनहरु यो विषयमा सक्रिय सहभागी भएको देखिन्छ । यो विषयमा धेरै विश्लेषकका अनुसार केही विदेशी राष्ट्र र अन्तर्राष्ट्रिय शक्तिहरूले आफ्ना रणनीतिक, आर्थिक र कूटनीतिक स्वार्थ पूरा गर्न नेपालमा नयाँ राजनीतिक शक्तिको खोजी गरेका थिए किन भने पुराना पार्टीहरूसँग असन्तुष्ट जनमतलाई प्रयोग गर्दै “नयाँ अनुहार”, “सुधारवादी सोच” र “सुशासन” जस्ता नारालाई अगाडि सारेर नयाँ पार्टीहरूलाई अप्रत्यक्ष रूपमा समर्थन गरिएको देखिन्छ त्यो भेनेको विदेशी दातृ निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एनजिओ एनजिओ र कूटनीतिक नेटवर्कमार्फत विचार निर्माण र तालिम प्राप्त व्यक्ति र व्यक्तित्वको विसका गराएर आपूm अनुकुलको संविधान निर्माण गर्ने र नेपाललाई आर्थिक सहयोग सहयोगको प्रलोवन देखाएर राज्य व्यवस्था सञ्चालनमा नाई सहयोग पुगेको भन्ने भनाइ पनि सुनिन्छ ।

यस्तै, वैदेशिक प्रभावले केही नयाँ पार्टीहरूको एजेन्डा, नीति र भाषामा अन्तर्राष्ट्रिय हितसँग मेल खाने विषयहरू प्राथमिकतामा आएको देखिन्छ । राष्ट्रिय मुद्दाभन्दा पनि विदेशी चासोका विषयलाई जोड दिइनुले शंका झन् बलियो बनाएको छ । यसले नयाँ पार्टीहरू स्वतन्त्र राजनीतिक शक्तिभन्दा पनि बाह्य प्रभावबाट निर्देशित हुन सक्ने आशंका जन्माएको तपाईं हामी सवैलाई थाहा नै छ ।

यद्यपि आन्तरिक असन्तुष्टि र परिवर्तनको चाहना नयाँ पार्टी उदयका आधारभूत कारण हुन्, तर विदेशी शक्तिको सक्रिय र योजनावद्ध भूमिकालाई पूर्ण रूपमा नकार्न पनि सकिँदैन । त्यसैले गर्दा आज नेपालमा नयाँ पार्टीहरूको उदयलाई बुझ्न विदेशी हस्तक्षेप र आन्तरिक कमजोरी दुवै पक्षलाई गम्भीर रूपमा विश्लेषण गर्नु आजको सही आवश्यक ताँ देखिन्छ ।

घ) नेपालमा साम्राज्यवादी शक्तिहरूको नयाँ रणनीति ? प्रत्यक्ष शासनभन्दा सूक्ष्म हस्तक्षेपमा केन्द्रित देखिन्छ । उनीहरूले विकास सहायता, ऋण, गैरसरकारी संस्था र लगानीका माध्यमबाट नीति निर्माणमा प्रभाव पार्ने प्रयास गरिरहेका छन् । शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सहयोगको नाममा वैदेशिक निर्भरता बढाइँदै गएको छ । साथै, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र बौद्धिक बहसमार्फत जनमतलाई आफ्ना हितअनुकूल मोड्ने प्रयास भइरहेको छ । विश्वको भूराजनीतिक प्रतिस्पर्धाको केन्द्रमा परेको नेपालमा शक्ति सन्तुलनको नाममा आन्तरिक निर्णय प्रक्रियामा दबाब सिर्जना गरिनु पनि नयाँ रणनीतिको महत्वपूर्ण पक्ष हो त्यो भनेको एमसीयसपीपीलगाएत विभिन्न प्रकारका योजनाका नमामा साम्राज्यवादीहरुले नेपालमा नयाँ पार्टीहरूको उदय गराएको देखिन्छ ।

 राष्ट्रियता भन्दा बढी जातीयता

आजको सामाजिक र राजनीतिक परिवेशमा राष्ट्रियता भन्दा बढी जातीयता देखिनु गम्भीर बहसको विषय बनेको छ । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजमा जातीय पहिचान स्वाभाविक र सम्मानयोग्य कुरा हो । तर, जब जातीयता राष्ट्रिय एकताको विकल्पजस्तै प्रस्तुत हुन थाल्छ, तब त्यसले समाजमा विभाजन, अविश्वास द्वन्द र टकरावको अवस्था सिर्जना गर्छ । पछिल्लो समयमा नयाँ राजनीतिक दलहरूमा आफ्नो स्वार्थ पूरा गर्न जातीय भावनालाई प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ जसले साझा राष्ट्रिय चेतनालाई कमजोर बनाएको छ ।

किनभन्दा राष्ट्रियता भनेको एउटै झण्डा, एउटै संविधान र साझा भविष्यप्रतिको प्रतिवद्धता हो । यसले सबै नागरिकलाई समान अधिकार, कर्तव्य र जिम्मेवारीमा बाँध्छ । तर, जातीय पहिचानलाई मात्र अगाडि सारेर राजनीति गरिदिँदा राष्ट्रिय मुद्दा जस्तै विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्य जस्ता मुद्दहरु ओझेलमा पर्न थाल्छन् भने जातीय आधारमा समाजलाई विभाजन गर्दा “हामी” र “उनीहरू” भन्ने मानसिकता बढ्छ, जसले गर्दा सामाजिक सद्भाव र आपसी विश्वासलाई कमजोर बनाई दिइन्छ ।

यस्ता प्रवृत्तिका पछाडि ऐतिहासिक असमानता र राज्यको कमजोर समावेशी नीतिमा बाह्य प्रभावसमेत जिम्मेवार रहेको देखिन्छ । किन भने विगतमा पछाडि पारिएका समुदायका पीडा वास्तविक छन्, तर ती पीडाको समाधान राष्ट्रिय एकतालाई कमजोर बनाएर होइन, बलियो बनाएर खोजिनुपर्छ अनिमात्र जातीय मुद्दालाई राष्ट्रिय ढाँचाभित्र हालेर न्यायपूर्णरूपमा सम्बोधन गर्न सके मात्र दीर्घकालीन समाधान दिन सकिन्छ होइन भने जातीयताले समाधान तिर होइन समाजलाई विविधता तिर लिन्छ ।

यस सन्दर्भमा आवश्यक कुरा जातीय पहिचान र राष्ट्रियताको सन्तुलन कायम गर्न जातीय विविधतालाई सम्मान गर्दै साझा राष्ट्रिय लक्ष्यमा सबैलाई जोड्नु आजको आवश्यकता हो । राष्ट्रियता कमजोर भयो भने कुनै पनि जाति सुरक्षित रहँदैन । त्यसैले जातीयता हाम्रो पहिचान हो भने राष्ट्रियता हाम्रो समाजवादी समाजको अस्तित्व हो भन्ने बोध हाम्रो नेपाली समाजमा गहिरो रूपमा स्थापित गर्नु जरुरी हुन्छ । नेपालका नयाँ राजनीतिक दलहरु यी विषयभन्दा बाहिरबाट परिचालन भएको देखिन्छ । त्यो भनेको निकै अप्ठ्यारो र सोचनीय विषय हो ।

विद्यमान समस्याको सही समाधान

 नेपाली विशेषताको समाजवादले मात्र विद्यमान समस्याको सही समाधान गर्न सक्छ । नेपाली समाजमा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक यथार्थलाई आत्मसात् गर्दै नेपाली विशेषताको समाजवादले मात्र राष्ट्रिय एकतालाई आधार मानेर समावेशी न्यायको मार्ग खोल्छ । यसले जातीय पहिचानलाईसम्मान गर्छ तर त्यसलाई राष्ट्रियताको विरोधमा होइन, राष्ट्रिय हितभित्र समेट्छ र वर्गीय शोषण, सामाजिक असमानता र ऐतिहासिक विभेदको समाधान सामूहिक राष्ट्रिय चेतनाबाट मात्र सम्भव हुन्छ भन्ने मान्यता यसले स्थापित गदर्छ । त्यसैले जातीयता र राष्ट्रियताको सन्तुलन कायम गर्दै समृद्ध राष्ट्रिय एकता र आत्मनिर्भर राष्ट्र निर्माणको वैचारिक निष्कर्ष एकीकृत जनक्रान्ति र नेपाली विशेषताको समाजवादी राज्य व्यवस्थाले मात्र दिनसक्छ । अरु नयाँ भनिने पार्टी र दलका नेताबाट सम्भव छैन ।

प्रतिक्रियाहरु

[anycomment]