नेपाली वौद्धिक समाजको बुझाई ः एक भ्रम, चुनौती र सम्भावना
–
लगभग पौने तीन सय वर्ष अर्थात २८० वर्षमा एउटा क्रमभंग भएको थियो । जब राजा नर भुपाल शाह र रानी कौशल्यावतीको कोखबाट जन्मेको उनको जेष्ट सूपुत्र पृथ्वी नारायण शाह राज गद्दीमा आसीन भएका थिए । नेपाली सम्वत अनुसार १७९९ चैत्र २५ गते पृथ्वीनारायण शाहको राज्यभिषेक भएको थियो । त्यो समय काल परिस्थितिका मुल्यङ्ककाकन नगरि राज्यको भौगोलिक एकीकरण बारेको बुझाइ अधुरो हुन जान्छ ।
इस्बी सन् १८५८ देखि १९४७ सम्म भारत बेलायती साम्राज्यवादको उपनिवेश थियो । त्यस दौरान उसले छिमेकी मुलुक नेपालमा हस्तक्षेप बढाउँदै लगेको थियो । यता नेपालमा २२ औँ २४ औं राज्यमा नेपाल बाँडिएको थियो । ती राजा रजौटाहरु एक आपसमा मिल्न सकेका थिएनन् । त्यसबेला पृथ्वीनारायण शाहले राज्यको विगतको सरचनामा भैगोलिक क्रम भंग गरी वर्तमान नेपाल बनाए । त्यसै बेलाको निरन्तरतालाई अहिलेसम्म पछ्याइ रहेको पाइन्छ ।
राज्यको पुर्ण संरचना नभइन्जेल यो देश पूर्णता प्राप्त गर्न न सकेको कारण विभिन्न किसिमको विभेद विकृति मौलाउँदै जाँदा दमन गर्दै साम्य पार्दै आएको कुराबाट कोही अनभिज्ञ छैन र हुनु पनि हँुदैन । १९३३ सालमा पहिलो शहीद लखन थापालाई गोरखा जिल्लाको मन कामना परिसरको रुखमा झुण्ड्याइ फाँसी दिइएको थियो । पछि १९औं सताब्दीको अन्ततिर १९९७ मा नै शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलाई फाँसीमा झुण्ड्याइयो । यसरी के बुझ्नु पर्ने हो भने राज्यको अधुरो रहेको संरचना पूर्ण नहुँदासम्म दमनको प्रक्रियलाई नरोक्ने हो भने ठूलै दर्घटनाबाट नेपाललाई जोगाउन मुश्किल हुन्छ । यसैलाई निरन्तरतामा लाने हो भने हाम्रो देश नेपालको अस्तित्व मेटिने सम्भावनाबाट इन्कार गर्न सकिन्न ।
खासगरी २०औं सताब्दीको प्रारम्भमा विशेश्वरप्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीको जन्म हुन पुग्छ यी दुबै राजनैतिक रुपमा नेपालमा विकास र समृद्धिको सपना देखेका थिए तर, भरतीय सत्तासँग प्रत्यक्ष जोडिएको नेपाली काँग्रेस र चीनियाँ जनवादी क्रान्तिको प्रभावमा परेका क. पुष्पलाल श्रेष्ठको बाटो छुट्टा–छुट्टै रहेतापनि समाजवाद बारे दुबैको सहमति रहेको देखिन्छ त्यही कारणले २००७ सालको क्रान्तिमा नेतृत्व काँग्रेसको रहे पनि कम्युनिष्टहरुले पनि साथ दिएका थिए ।
नेपालको राज्य संरचनाका सबै पाटो र पक्षको अध्ययन गरी क. पुष्पलालले काँग्रेसलाई पूँजीपति वर्गको पार्टी हो भनि संयुक्त मार्चा गरी राजतन्त्रको अन्त्यको माग राखेका थिए र नौलो जनवादी क्रान्तिद्वारा सम्पुर्ण सत्ता नेपाली जनताको हातमा दिनुपर्छ भन्ने मान्यता बोकेका थिए तर, काँग्रेस पार्टी समाजवादी व्यवस्थाको लागी आन्दोलनको बाटो समाते पछि कहीं यो देश कम्युनिष्टको हाथमा त जाँदैन भनि भारतको इसारामा राजा र काँग्रेसको घाँटी जोडिएको भनि प्रस्तावलाई पास गरी आए । यी दुबै भित्रको मतमतान्त्रलाई भारतीय सरकार काँग्रेसलाई कम्युनिष्टहरुसँग मिल्न दिएन तर, पनि नेकपाको नेता काँग्रेससँग मिलि संयुक्त आन्दोलन गर्ने कुरा २०४६सालको आन्दोलनले क. पुष्पलाल सही रहेको प्रमाणित ग¥यो यो हेर्न पूर्व उहाँ हाम्रो बीचबाट बिदा भइसक्नु भएको थियो ।
वास्तविकता हेर्न र बुझ्ने हो भने यो देश मानव उत्पत्ति भएको देश हो यहाँ बस्ने सबैको पहिचान संस्कृति आ–आफ्नो किसिम को छ । यसैमा स्वदेशी र विदेशीहरु चलखेल गर्दै एक आपसमा लडाई यिनीहरु बीच मतभेद खडा गरी मिल्न दिएका छैनन र स्वयम सत्ताको मालिक बनि यो राष्ट्रको हुर्मत लिंदै आएका छन् यहाँ मधेसी, थारु, किराँती, मगर, गुरुङ्ग, राई, लिम्बु, नेवार, तामाङ्ग आदि इत्यादि आदि बासीको बसोबास रहे पनि यिनका पहिचान राज्यको संरचनामा न जोडिएको भएर यिनीहरु असह्य पीडा भोगिरहेका छन् । नेपली कम्युनिष्ट पार्टी (माओवादी) ले २०५२ सालमा यी मागहरु उठाइ महान जनयुद्धको शुरुवात भएको पाइन्छ फलस्वरुप यी उपेक्षित आदिवासीहरु त्यो महान जनयुद्ध मातहत यो देशको ८०% भू–भाग कब्जा ग¥यो तर, अपसोच त्यसबेलाको नेतृत्वले विदेशी र स्वदेशीय प्रतिक्रियावादी शत्रुहरुसँग सम्झौता गरी राजतन्त्रको अन्त्यसंगै नेपालमा पश्चिमा राजनीति हाबी गरी गराइ संघीय गणतन्त्रको आगमन भएको हो । यो संघीय गणतन्त्रले पनि राज्यको संरचनालाई न बद्लि हिजो कै निरन्तरतालाई कायम गर्दै भ्रष्टाचारको जग खडा गरियो र विदेशीहरुसँग अकूत सम्पत्ति बटुली हरेक पाँच वर्षमा नयाँ भ्रष्टाचारीहरुलाई निर्वाचन गरी गराइ विदेशीहरुको युद्ध मैदानमा परिणत गर्दै गएको देखिन्छ ।
यिनीहरुलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाइ पश्चिमा शक्तिले चीन र भारतलाई सबक सिकाउन नयाँ प्यादाहरु जन्माएको छ । नेपालको कूटनैतिक मामिलामा पनि नेपाललाई असफल बनाइएको छ हिजो असलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई बेवास्ता गरी नेपालमा कहिले भारत त कहिले अमेरिका यो देशमा हाबी रहेकोबाट कुनै नेपाली अनभिज्ञ छैनन तर, आज भारत पछाडी अमेरिका सोझै दखलअंदाजी गरिरहेको छ स्मरण रहोस् इष्टइन्डिया कम्पनिको नाममा बेलायत भारतमा प्रवेश गरी सयौं वर्ष उपनिवेसको जाँतो मुनि भरतीय जनतालाई पिल्स्नु परेको थियो अन्तमा त्यहाँ रहेको सम्पत्ति लुटी लाखौको कत्लेआम पछि भारतलाई छाडी गयो ।
आज नेपालमा त्यहीँ इतिहास दोहरिंदै छ विद्युत विकासको नाममा लामो समयदेखि पश्चिमाहरु नेपालमा अनुसन्धान गर्दै यहाँका अमुल्य जडीबुटी, खनिज र युरेनियम समेतमा आँखा गाडीसकेका छन् सँगै दक्षिण एसिया सैन्य गठबन्धनको नाममा नेपाली कानून भन्दा माथि रहन नेपालको संसदबाट दुई तिहाई मतले पास गराइ विकासको आवरणमा नेपालमा अमेरिकी तिब्बतीयन सेना समेत निर्माण गरिसकेको देखिन्छ । राजनैतिक रुपमा पुरानालाई पर धकेली नयाँ युवाको नाममा आफ्नो मानिसद्वारा सरकार बनाइ नेपाललाई युद्ध मैदान मात्रै होइन यहाँका सारा सम्पत्ति लुटेर लान कसैले छेकवार लगाउन सक्दैन ।
हामी दुई ठुलो राष्ट्रको बीचमा छौं हाम्रो कूटनैतिक सम्बन्धलाई दुइ जिब्रे बनाउन कदापी राम्रो मानिदैन । हामी एकातिर भारतीय विस्तारवादको नारा लगाउने अर्का तिर एक चीनको नीति भन्दै चीनलाई घेर्न अमेरिकालाई निम्त्याउने यो कदापी नेपालको हित गर्दैन हो भारतले हाम्रो कैयौं भू–भाग कब्जा गरेको छ यसलाई कुटनैतिक तवरले हल गर्नुपर्ने तर, नेपाली राजनीतिज्ञहरु एक मात्र नीजि स्वार्थ र कुर्सीको लागी भारतसँग सशक्त कुरा न राखेको कारण नेपालको लिम्पियाधुरा कालापानी र लिपु लेक समेतमा भारतले कब्जा जमायो नेपालको प्रधानमन्त्री चीनसँग कुरा राख्दा उसको जबाब यो विषय तपाईं दुई छिमेकीले हेर्नुपर्ने भनी कूटनैतिक जबाब फर्काएको थियो ।
अहिलैसम्म आउँदा अमेरिका सोझै नेपाल छिरि नेपालमा भ्रष्टाचारलाइ निहुँ नाइ जेन–जी आन्दोलनलाई बारारा फाउण्डेसनसँग जोडिएका पुरानो विरुद्ध नयाँ युवा ल्याउने भाष्य निर्माण गरी जेन–जी आन्दोलन हाईज्याक गर्दै आफ्नो कठपुतली सुशीला सरकार मातहत निर्वाचनको घोषणा गर्न लगाई नयाँ अनुहारमा पुरै लगानी लगाइ रहेको छ भारत पनि नेपालमा अपेएक्षाकृत चासो बढाइ राजतन्त्र फर्काउन उन्मुख रहेको देखिन्छ यता चीनले आफ्नो सुरक्षाको लागी अब कुरेर न बस्ने हालतमा नेपाल सरकार सुरक्षा निकाय तथा अमेरिकी पिछलग्दुहरुलाई एक हप्ता भित्र सच्चिन थ्रेट दिइ नै रहेको छ ।
स्मरण गरौं, भाद्र २३र२४ गते लगत्तै नेपाल कम्युनिष्ट पार्टी (माओवाद) को नेतृत्वमा सही निकाशको लागी निम्न माग राखी सेना राष्ट्रपति समक्ष प्रस्ताव दिएको थियो ।
१. शक्तिशाली सर्वपक्षीय अन्तरिम सरकार ।
२. राज्यको पुनर्संरचना र संविधान पुनर्लेखन वा संशोधन गर्ने ।
३. भ्रष्टाचारीलाई कार्यवाहीको लागी आयोग बनाइ छुट्टै आन्तिम फैसला गर्न पाउने अदालत खडा गरी कार्यवाही गर्ने ।
४. नेपाल भित्र राजनैतिक चलखेल गर्ने सरकारी तथा गैर सरकारी संस्था खारिज गर्ने ।
५. विदेश तथा देश भित्र लुकाएको गैर कानुनी रकमलाई निस्क्रीय बनाउन नोट बन्दी गर्ने ।
तर यी तह र तप्काले न सुने झैं गरी विदेशको लागी बहुमतको सरकार बनाउन भनि निर्वाचनको हुँकार भरियो के सुशीला सरकारले बताउन सक्छिन जेन–जीका प्रथम अगुवाकार निर्वाचनको माग राखेका थिए । सुशासन चाहियो भ्रष्टाचारीलाई कार्यवाहीको माग नै चुनावको माग हो र ?
हामी हाम्रो जनप्रिय पार्टी उहिले देखि जेलनेलको परवाह नगरी मीटर ब्याजी सहकारी पीडित तथा बैंक पीडितहरुको लागी संघर्ष गर्दै आउने क्रममा देशभक्त नेपाली, वामपन्थी, कम्युनिष्ट शक्ति तथा लोकतान्त्रिक शक्तिहरुलाई गुहारेका होइनौं ?
सबै कम्युनिष्टको एउटै थलो बनाउन पार्टी एकता के कुरा गरेनौं ? अस्ति भर्खरै चनावी एकता कुरा गर्दा भाग्नेहरु पार्टी एकता गर्लान रु. तर पनि ती मित्रहरु जनतालाई भ्रम दिन एकताको कुरा गर्न छोडेका छैनन ।
सारांस राजा पृथ्वीनारायण शाहले जसरी भौगोलिक एकीकरण गरे त्यसैमा सबैको पहिचान संस्कृति भेषभूषा उनिन कसले छेकेको छ ? राजा विरेन्द्रले जसरी खम्पा विद्रोहीलाई तह लगाए त्यसैगरी अहिले अमेरिकी तिब्बतियन सेनालाई तह लगाइ अगाडी जान आवश्यक छ आउँ सबै देशभक्त कम्युनिष्ट र लोकतन्त्रवादीहरु नेपाली विशेषताको समाजवादको लागी यो देशको जिम्मा मिलेर लिँदा वेश हुनेछ ।

