‘पूर्वमन्त्री गुप्ता रिहा ‘- ‘रेग्मी ज्यू कति सम्पत्ति कमाउनुभएको छ ?

२०६९ चैत्र ५ गते, सोमबार

काठमाडौं– भ्रष्टाचार अभियोगमा कारागारमा रहेका पूर्वमन्त्री जयप्रकाश गुप्ता तोकिएको जेल सजाय पूरा गरी सोमबार विहान साढे ११ बजे रिहा भएका छन् । उनलाई सदर खोर डिल्लीबजार प्रशासनले मुक्त गरेको हो । गतवर्ष ९ फागुनमा सर्वोच्च अदालतले गुप्तालाई भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्षको कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसा जरिवाना तोकेको थियो । गुप्ता आफै अदालतमा उपस्थित भएर अदालतको फैसला मानेकाले कानुनअनुसार उनले पाएको कैद र जरीवानामा २० प्रतिशत छुट पाएका थिए । उनलाई जेल सजाय सुनाइएको बेला उनी सूचना तथा सञ्चार मन्त्री र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यसमेत थिए । गुप्ता जेलबाट रिहा हुने खबरसँगै सयौंको संख्यामा उनका समर्थक डिल्लीबजार कारागार पुगेका थिए । उनले जेलबाट छुटेलगत्तै ठूलो संख्यामा उपस्थित आफ्ना समर्थक माझ भोलिदेखि नै संघीयताको लडाइँ नयाँ ढंगले सुरु गर्ने बताए । उनले भने, ‘संघीयता र राज्यपुनर्संरचनाका विषय पूरा हुन नसकेकोमा जनतामा व्यापक आक्रोश छ, म भोलिदेखि नै जनताको मुद्दा र भावनाको साथ दिनेछु । जनताले आगोमा भने आगोमा भेलमा भने भेलमा हाम फाल्छु ।’ गुप्ताले मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई सरकार प्रमुख बनाउने गरी चार दलवीच भएको सम्झौताको समेत विरोध गरेका छन् । ‘आजको प्रधानमन्त्री खिलराज रेग्मीलाई पनि मेरो उही चुनौति स्वीकार्न सादर आग्रह गर्दछु ,’ गुप्ताको भनाइ छ, ‘रेग्मी नै प्रधान न्यायाधिश रहेको अदालतले जुन मापदण्डका आधारमा मेरो पुख्र्यौली सम्पतिको र सार्वजनिक पदमा रहदाँको मेरो आय र वचतको मूल्यांकन गर्योद, शतप्रतिशत सोही आधारमा उनको पाल्पा जिल्ला पोखराथोक, धोवादीस्थित सम्पतिदेखि न्यायाधीशका रूपमा आजसम्म आर्जेको आय र वचतको मूल्यांकन गरी आफुलाई स्वच्छ शिद्ध गरोस् ।’
गुप्ताले आफू भ्रष्टाचारी नभएको जिकिरसमेत गरे । ‘मन्त्रीका रूपमा मेरो कुनै काम र निर्णयलाई अख्तियारले तथा अदालतले गलत सावित गरेको छैन, मैले कसैसंग घुस वा रिश्वत लिएको भन्न सकेको छैन, मैले कुन बिषयमा र कहाँ भ्रष्टाचार गरेको हो देखाउन सकेको छैन,’ जेलबाट निस्कने दिने गुप्ताद्वारा सार्वजनिक लिखित वक्तव्यमा भनिएको छ, ‘सर्वोच्च अदालतले गरेको अन्तिम फैसला पछि कुनै उपचार हुँदैन । उसको व्याख्या तथा विश्लेषण समेत कानूनसरह हुन्छ । यसैलाई आधार बनाएर भ्रष्ट भन्न खोजिएको हो ।”केही न्यायाधीशहरूको पूर्वाग्रही तथा दण्डाभिमुखी चरित्र, मधेस विरोधी मानसिकता र मनोगत एवं अबैज्ञानिक सम्पति विश्लेषणको आधारमा मलाई दण्डित गरिएको हो ।’गुप्ताको तर्क छ, ‘नेपालमा कुनै व्यक्तिको आय, उस्को खर्च र हुने वचतको मूल्यांकन गरिने कुनै कानून र न्यायोचित्त मापदण्ड छैन । यसलाई स्वयं अदालतलेनै स्वीकारेको छ । मेरो विरुद्धको निर्णय समाजको व्यवहारिकता र तथ्यमा आधारित छैन । झन् एकैप्रकृतिका मुद्दामा अपनाइने समान निर्णयको प्राकृतिक सिद्धान्तको विपरित फैसला गरिएको छ ।’गुप्ताको भनाइ छ, ‘अब मैले कहाँ उजुरी गर्ने रु अदालतको फैसलाले मलाई लाञ्छित मात्र गर्यो। । मेरो सार्वजनिक राजनीतिक जीवनलाई नोक्सान पुर्याँयो । मैले जेलमा असंख्य कष्ट र अपमान भोगें ।’
११ बुँदे सम्झौता मृत्युपत्र खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउन एमाओवादी, कांग्रेस र एमालेसँग मिलेर मधेसी मोर्चाले गरेको हस्ताक्षरलाई गुप्ताले ‘मृत्युपत्र’को संज्ञा दिएका छन् । तर, आफू सशस्त्र संघर्षको पक्षमा नरहेको उनले स्पष्ट पारेका छन् ।
पहाडेहरुको विरोध गर्नुमात्रै मधेसवाद होइन भन्दै उनले मधेसी दलहरुले कांग्रेस, एमाले र एमाओवादीसँग गरेको सहकार्यको कडा शब्दमा विरोध गरेका छन् । ‘बरु ईश्वरको दरबारमा पापीको बास हुनसक्छ, तर माओवादी, काँग्रेस, एमालेको घरमा मधेसीको स्थान हुन सक्दैन,’ गुप्ताको भनाइ छ ।
गुप्ताले सरकारसँग वार्ता गरिरहेका मधेसी शसस्त्र समूहलाई पनि सिंहदरबारमा तारेख धाइरहेका नयाँ दलालको संज्ञा दिएका छन् । जेलबाट छुटेपछि आफू मधेसी समुदायको अधिकारका लागि राजनीतिक आन्दोलनमा सहभागी हुने उनले बताएका छन् ।गुप्ता ११ बजे जेलमुक्त हुने सुनेपछि फूलमाला र अबीर जात्राका लागि कारागार अगाडि बिहानैदेखि भेला भएका समर्थकहरुले उनको समर्थनमा नाराबाजीसमेत गरेका थिए । रिहा हुनुअगावै गुप्ताले सोमबार बिहानै इमेलमार्फत् आफ्नो लिखित मन्तब्य सार्वजनिक गरेका थिए ।
रिहाअघि गुप्ताले सञ्चार माध्यमलाई उपलब्ध गराएको पत्रको पूर्ण बिबरण यस प्रकार छ
‘रेग्मी ज्यू कति सम्पत्ति कमाउनुभएको छ ?
-जयप्रकाश गुप्ता म विगत तेर्ह महिनाको कारावासपछि रिहा भएको छु । विस।२०५९ मा राजा ज्ञानेन्द्रको शाही सत्ताले लगाएको मुद्दामा पछि मलाई बिशेष अदालतले सफाइ दिएको थियो । पुनरावेदनको क्रममा चार बर्षदेखि विचाराधीन राखिएको सो मुद्दालाई नेपाली राजनीतिको एक निर्णायक समयमा सर्वोच्च अदालतले शुरू अदालतको फैसलालाई उल्ट्याएर मलाई योजनावद्ध रूपमा जेल पठाएको हो । यसवारेका तथ्यहरू भविष्यमा स्पष्ट हुँदै जानेछन् । केही न्यायाधीशहरूको पूर्वाग्रही तथा दण्डाभिमुखी चरित्र, मधेस विरोधी मानसिकता र मनोगत एवं अबैज्ञानिक सम्पति विश्लेषणको आधारमा मलाई दण्डित गरिएको हो । नेपालमा कुनै व्यक्तिको आय, उस्को खर्च र हुने वचतको मूल्यांकन गरिने कुनै कानून र न्यायोचित्त मापदण्ड छैन । यसलाई स्वयं अदालतलेनै स्वीकारेको छ । मेरो विरुद्धको निर्णय समाजको व्यवहारिकता र तथ्यमा आधारित छैन । झन् एकैप्रकृतिका मुद्दामा अपनाइने समान निर्णयको प्राकृतिक सिद्धान्तको विपरित फैसला गरिएको छ । तर, अब मैले कहाँ उजुरी गर्ने रु मन्त्रीका रूपमा मेरो कुनै काम र निर्णयलाई अख्तियारले तथा अदालतले गलत सावित गरेको छैन । मैले कसैसंग घुस वा रिश्वत लिएको भन्न सकेको छैन । मैले कुन बिषयमा र कहाँ भ्रष्टाचार गरेको हो(देखाउन सकेको छैन । सर्वोच्च अदालतले गरेको अन्तिम फैसला पछि कुनै उपचार हुदैन । उसको व्याख्या तथा विश्लेषण समेत कानून सरह हुन्छ । यसैलाई आधार बनाएर भ्रष्ट भन्न खोजिएको हो । म जेल आउँदाको बखत २०६८, फागुण ९ गतेका दिन अदालतको गलत फैसलालाई चुनौती दिदै भनेको थिए स् “सूर्यनाथ उपाध्यायदेखि झलनाथ खनालसम्मका सबै सार्वजनिक पदमा बस्नेहरूले मलाई लगाइएको मापदण्ड अनुसार नै आ(आफ्नो सम्पत्तिलाई बैध सावित गरुन्, अनि म अपराधी मानौंला आफूलाई र म जेलबाट निस्केपछि राजनीति नगरौंला ।” आजको प्रधानमन्त्री खिलराज रेग्मीलाई पनि मेरो उही चुनौति स्वीकार्न सादर आग्रह गर्दछु । रेग्मी नै प्रधान न्यायाधिश रहेको अदालतले जुन मापदण्डका आधारमा मेरो पुख्र्यौली सम्पतिको र सार्वजनिक पदमा रहदाँको मेरो आय र वचतको मूल्यांकन गर्यो्, शतप्रतिशत सोही आधारमा उनको पाल्पा जिल्ला पोखराथोक, धोवादीस्थित सम्पतिदेखि न्यायाधीशका रूपमा आजसम्म अर्जेको आय र वचतको मूल्यांकन गरी आफुलाई स्वच्छ शिद्ध गरोस् । अदालतको फैसलाले मलाई लाञ्छित मात्र गर्यो । मेरो सार्वजनिक राजनीतिक जीवनलाई नोक्सान पुर्या।यो । मैले जेलमा असंख्य कष्ट र अपमान भोगें । अब ती दुखः, कष्ट र अपमान(मेरो नयाँ संकल्पमा रुपान्तरित भैसकेको छ । मधेसी समुदाय लगायत उपेक्षित, उत्पीडित, विभेद तथा बहिष्करणमा पारिएका नेपालका अन्य सबै समुदायहरूको हितमा हुने संघर्षमा तपाईहरूले एक लडाकुको रूपमा मलाई भेटनु हुनेछ(मैले माथी भनेको संकल्प यही नै हो । यो अन्यायी तथा विभेदकारी, एकात्मवादी राज्यव्यवस्था र यसका पृष्ठपोषक ‘स्थायी सत्ता’ का विरुद्धको लडाइमा म अब झन् सक्रिय हुनेछु । म सकृयताका साथ जनताको राजनीतिमा रहनेछु । जेलबाट रिहाईको यस पहिलो प्रहरमै म स्पष्ट गर्न चाहन्छु(म मुलुकको अखण्डताको पक्षमा छु । शसस्त्र संधर्षमा मेरो विश्वास छैन । म शसक्त शांतिपूर्ण आन्दोलनको पथमा रहने छु । मधेस आन्दोलनको लक्ष्य पर्वते समुदायको विरोध होईन । मधेस तथा पहाड सबैतिर मधेसी, पर्वते र अन्य सबै समुदायको सम्मानपुर्ण बसोवास र सामाजिक(राजनीतिक सहअस्तित्व कायम रहनु पर्दछ । हामीले मधेसको परिभाषा निरपेक्ष रूपमा एकल सामुदायिक वा एकल जातीय रूपमा हैन, अपितु मधेसी(पर्वते(थारु(दलित र मुसलमान लगायतका सामुहिक बसोवासको क्षेत्रको रूपमा गरिरहेका छौं । तर, कसैले पनि बिर्सनु हुन्न् कि, मधेसको समस्या आन्तरिक औपनिवेशिकता, क्षेत्रीय शोषण, राज्यसत्ताद्वारा गरिएको बिशेषतः मधेसीहरूको शोषण, विभेद, बहिष्करण र उत्पीडनको समस्याहो । हामी समस्याको यस पहिचानमा पर्वते समुदायको पनि समान दृष्टिकोण चाहन्छौं । यसको निदानमा सहकार्यको अपेक्षा पनि गरेका छौं । मधेसबाट जन्मिने अबको भावी आन्दोलनमा तराई(मधेसका मधेसी(पर्वते(थारु(दलित र मुसलमानलगायतका सबै बासिन्दाको सहकार्य हुनु आवश्यक छ । नेपालको समुन्नति र तराई(मधेस भूक्षेत्रको शान्तिको यही पूर्वशर्त हो । मुलुकमा अहिले राज्य पुनर्संरचनाका पक्षधर शक्तिहरू कमजोर भएका छन् । देशमा कायम एकात्मवादी ‘स्थायी सत्ता’लाई नयाँ राज्यव्यवस्थामा रूपान्तरित गर्ने कार्यभार बोकेका पक्षहरू कि त मथ्थर कि सत्ताका दलाल मात्र देखिएका छन् । माओवादी, नेपाली कांग्रेस, एमाले(यी सबैका मधेसी एजेण्डा मधेसमा यिनीहरूका चुनाव प्रचारको ‘लाउड स्पीकर’ वाहेक केही रहेन । अब सबैले बुझ्नु पर्दछ कि, बरु ईश्वरको दरबारमा पापीको बास हुनसक्छ(तर माओवादी, काँग्रेस, एमालेको घरमा मधेसीको स्थान हुन सक्दैन । मधेसको एजेण्डाको त कुरै भएन । माओवादी, नेपाली कांग्रेस र एमालेको उन्नतिका लागि बेठ(वेगारी गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, केहीकाल आशाको केन्द्रबिन्दु अवश्य थियो । अब यो मधेसको मूलध्येयबाट विचलित भैसकेको छ । यसको सान्दर्भिकता समाप्त भैसकेको छ । मधेसी जनअधिकार फोरम, नेपाल यसैको अर्को संस्करण हो । संक्षेपमा, सत्य भन्नुपर्दा यिनीहरूको विनास हुनु नै मधेसले फेरी एकपटक संघर्ष र आत्मसम्मानको बाटोमा हिड्न सक्नु हो । मधेसका सशस्त्र समूहहरू केही अपवाद वाहेक आज वार्ताको नाममा गृहमन्त्रालय र शांति मन्त्रालयमा तारेख बोक्दैछन् । सत्ता र चुनाव लड्ने लोभमा कतिपय धमाधम मधेसी तथा गैरमधेसी सरकारी पार्टीहरूमा विलय गर्दैछन् । यो आन्दोलनको अर्को पथ भ्रष्टता हो । के कसैको पलायनले, कोही संघर्षबाट विचलित भएर मधेसी जनताको यो आन्दोलन मर्छ र रु केहीको निस्कृयता, विचलन, पथभ्रष्टता र कोही राज्यसत्ताको दास हुदैमा आन्दोलन मर्दैन । तराई(मधेसका धर्तीपुत्र समुदायहरू दास हुन सक्दैनन् । यस उन्नत र बिद्रोही जनचेतनालाई सिंहदरबारका व्यापारीहरूले सधै खरीद गर्न सक्दैनन् । मधेसी जनताले मुद्दा छोडेका छैनन् । मधेसी पार्टीहरूले मधेस विद्रोहपछि “सडक, सदन र सरकारमा रहेर संघर्ष गर्ने” भनेका थिए । यस्तो केही भएन । विघटन भएको संविधानसभा रहदैं मधेसका सबै आधारभूत सवालहरूलाई तिरस्कृत गरिसकिएको थियो । संविधानसभामा मधेसी पक्षको उपस्थिति निरुद्देश्य भैसकेको थियो । दुबै मधेस आन्दोलनपछि राज्यले गरेको कबुलियतलाई पुरा गर्न राज्यपक्षले नै अस्वीकार गरिसकेको थियो । अब फेरि गठन हुने संविधानसभाको लागि राज्यको कुनै प्रतिवद्धता तथा कबुलियतनामा छैन । भावी संविधानको आधारभूत मान्यताहरू के हुने भनी आज कुनै वचनवद्धता छैन । भर्खरै खिलराज सरकारको गठन हुने सन्दर्भमा चार राजनीतिक पक्षका बीच एघार सूत्रीय समझदारी भयो । यस समझदारीको ८ नं। बुँदामा भनिएको छ स् “संविधानसभामा राजनीतिक दलहरूका बीच भएका सहमतिहरूको स्वामित्व लिइने छ ।” विदित नै छ, भंग भएको संविधानसभामा संघीयता, यसका स्वरूप, प्रदेश गठनको आधार तथा चरित्र र प्रदेशको संख्या जस्ता अह्म बिषयहरूमा कुनै सहमति हुन सकेको थिएन । तसर्थ, स्वभाविक रूपमा यो राजनीतिक सहमतिले विघठित संविधानसभाको राज्य पुनर्संरचना समितिको सिफारिशको र राज्य पुनर्संरचना आयोगको १४ वा ११ प्रदेशको प्रस्ताव, कुनैको पनि स्वामित्व लिएको छैन । यस्तो प्रतिगामी दस्तावेजमा मधेसी मोर्चाले हस्ताक्षर गर्नु भनेको संघीयता र मधेसको मृत्यूपत्रमा हस्ताक्षर गर्नु हो । तीन दल र मधेसी मोर्चाले यही काम गरेको हो । संविधानसभाको लागि अब हुने भनिएको निर्वाचनलाई परिणाममुखी बनाउन नयाँ जनगणनाको आधारमा निर्वाचन क्षेत्रको पुननिर्धारण हुनु अनिवार्य छ । निर्वाचन क्षेत्रको निर्धारण समान जनसंख्याको आधारमा नै हुनु पर्दछ । संविधानसभाको आकार र समानपातिकनिर्वाचनको प्रकृयाका वारेमा राष्ट्रिय सहमति कायम गरिएन । यी र यस्ता कतिपय बिषयहरूको पूरै उपेक्षा गरेर सत्तापक्षले आफ्नो निर्णय थोपरेका छन् । यो मान्य हुन सक्दैन । राज्यको यस स्वेच्छाचारितामा मधेसी मोर्चा सहयोगी र मतियार रहेको छ । यसर्थ, राज्य मात्र हैन, आज मधेसी जनताका नजरमा स्वयं मधेसी पार्टीहरू पनि धोकेवाज देखिएका छन् । वास्तवमा अवसरवादीहरू, फगत सामाजिक सुधारका सपना देख्नेहरू र लडाईबाट डराउनेहरूले सडक, सदन र सरकारमा कही पनि रहेर परिवर्तनको नेतृत्व गर्न सक्दैनन् । मधेसको आधारभूत राजनीतिक सवालहरूको प्राप्तिको संघर्ष अब यस प्रवृतिबाट संभव छैन । तसर्थ, समयको यस सन्देशलाई आत्मसात गरेर अब एक नयाँ व्रmान्तिकारी अभियानको कुनै विकल्प रहेन । अहिले मधेसमा विकसित भएको नव आत्मबोध र नयाँ बिद्रोही चेतनालाई संगठित गर्नु अब हाम्रो दायित्व तथा कर्तव्य भएको छ । यदि विद्यमान राज्यसत्ताले विभेद, उत्पीडन, अन्यायलाई समाप्त गर्न सक्दैन भने त्यसमा परिवर्तनका लागि आन्दोलन गर्नु ढीलो गर्नु हुदैन । सरकारहरू यदि परिवर्तनका संवाहक हुन सक्दैनन् भने त्यस्ता सरकारमा जनताका हिमायतीहरू सरिक हुनुलाई औचित्यपूर्ण मान्न सकिदैन । यी कुनै नयाँ विचार होइनन् । अपितु सर्वकालिक सत्य हुन् । मधेसी जनताले अब यही सत्यको दिशाबोधमा एक नयाँ संगठनात्मक स्वरुप ग्रहण गर्नु पर्दछ । आजभन्दा सयबर्ष पहिले लेनिनले भने झै(”विश्वकै पार्टीहरूका इतिहासले हामीलाई सिकाएको छ, यदि परिवर्तनकारीहरूको आफ्नो पार्टी नभएमा, परिवर्तनकारीले विजय हासिल गर्न सक्दैनन् । अवसरवादबाट मुक्त, सम्झौतावादी र समर्पणवादलाई मुलाहिजा नगर्ने र राज्यसत्ताप्रति क्रान्तिकारी दृष्टिकोण अपनाउने पार्टीले मात्र मुलुकमा परिवर्तन ल्याउन सक्दछ । घरेलु शांतिको स्थितिमा जन्मेका अवसरवादीहरू, सामाजिक सुधारका सपना देख्नेहरू र लडाईबाट डराउनेहरू जनताका परिवर्तनकामी पार्टी हुन सक्दैनन् ।” अब मधेसका उद्देश्यहरूको प्राप्तिको निम्ति अगाडी बढने सन्दर्भमा एक सबल संगठनको निर्माणका लागि लेनिनको उक्त विचार उपयुक्त र दिशा निर्देशक छ । आन्दोलन अवश्यंभावी छ, मधेस आन्दोलनलाई निर्णायक बनाउन उपयुक्त आधारको निर्माणका लागि मधेसका सबै अग्रगमनकारी राजनीतिक संगठनहरू र हाम्रा विचारसंग सहमत रहेका मधेसी पार्टीहरूसंग सहकार्य तथा एकिकरण समेतको दिशामा अगाडी बढनु आवयक छ । यस तर्फ सकारात्मक रूपमा विचार गर्न म मधेसका सबै राजनीतिक संगठन र पार्टीहरूमा अपील गर्दछु । म जेलमा रहेको अवस्थामा देशभरका शुभचिन्तक एवं साथीहरूले मलाई उत्साहित पार्नु भयो । मार्गदर्शन गर्नु भयो । देशको राजनीतिमा परिवर्तनका लागि र मधेसमा एक क्रान्तिकारी धारको निर्माणका लागि एक राजनीतिक तथा अधिकारवादी अभियानलाई अगाडी बढाउन बल दिनु भयो । मैले पनि साथीहरूलाई केहीकाल पर्खन आग्रह गरेको थिएको थिए । अब समय आयो । हामीले जनताको भावना अनुसार आफ्ना गतिविधीहरूलाई नयाँ संगठनात्मक ढंगबाट अगाडी बढाउनु परेको छ । यसको लागि अब म जनताका बीच जाने छु । जनताको मनोभावना बुझेपछि मात्र अगाडिको कार्ययोजनाको निर्धारण गर्नेछु । यस दिशामा अगाडि बढनका लागि हाल “तराई मधेस राष्ट्रिय अभियान” को निर्माण कार्यमा सहयोग पुर्याुउन र यसमा हार्दिकताका साथ सरिक हुन म बिशेषतः युवा साथीहरूलाई तथा समाजका सबै वर्ग एवं समुदायमा हार्दिक आग्रह गर्दछु ।’

प्रतिक्रियाहरु

[anycomment]