नेपालसँगको सम्बन्ध विशिष्ट: वु
काठमाडौ, – नवनियुक्त चिनियाँ राजदूत वु चुन्ताईले पदभार ग्रहण गरेपछि दूतावासमा आयोजित पहिलो पत्रकार भेटमा नेपाल-चीन सम्बन्ध ऐतिहासिक , सांस्कृतिक, पर्यटकीय र व्यापारिक कारणले पनि विशिष्ट रहेको बताएका छन् । ‘एकजना नेपाली अरनिकोले बेइजिङमा बनाएको श्वेत चैत्य आज चीनकै निम्ति सभ्यताको धरोहर बनेको छ, यो आपसी मैत्रीको प्रतीकसमेत बनेको छ,’ राजदूत वुले भने । उनले काठमाडौं चक्रपथ र पोखरा विमानस्थलजस्ता बृहत् परियोजना निर्माणमा चिनियाँ सहयोग आउने क्रममा रहेको पत्रकारहरूलाई जानकारी गराएका थिए ।