माओवादीलाइ वार्तामा बोलाउने निर्णय

२०७० श्रावण २ गते, बुधबार

काठमाडौं ,२ साउन,। आज बिहान बसेको चार दलीय उच्चस्तरीय संयन्त्रको बैठकले नेकपा- माओवादी लगायतका दलहरुलाई वार्ताका लागि औपचारिक पत्र लेख्ने निर्णय गरेको छ । आन्दोलनरत दलहरुले औपचारिक पत्रको प्रतिक्षा गरेको चार दलका नेताहरुको बुझाइ रहे पनि उता माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा वार्तामा जाने कि नजाने भन्नेमा निर्णय भैसकेको छैन ।चार दलको बैठकले संविधानसभाको निर्वाचनमा सहभागी गराउन र यसका लागि वार्ताको टेबलमा आउन माओवादीलाई लिखित आग्रह गर्ने निर्णय गर्नुका साथै आगामी १ वर्षभित्र संविधान लेखिसक्ने विषयमा कुराकानी भएको नेताहरुले बताएका छन् । बुधबार बिहान ८ बजे प्रचण्डको अध्यक्षतामा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।यसअघि सरकारसँग वार्ताका लागि ३३ दललाई नै वार्तामा नबोलाइए आफूहरुमात्रै एक्लै वार्ता नगर्ने माओवादीले आफ्नो निर्णय सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु