आज सिराहा बन्द

काठमाडौ , ३ साउन – उद्योग वाणिज्य संघ रामनगर मिर्चैयाले सिरहा मिर्चैया २ का व्यापारी गुरु शरण साहको हत्याको विरोधमा सिरहा बन्द गराएका छन् ।
बन्दका कारण बजार, संघ सँस्था र उद्योग कलकारखाना ठप्प भएका छन् । सुतिरहेको अवस्थामा शाहको गएराती ११ बजे अज्ञात समुहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ ।हत्यामा संलग्नलाई तत्काल खोजी गरि कारवाही गर्नु पर्ने माग गर्दै उद्योग बाणिज्य संघले जिल्ला बन्दको आव्हान गरेको हो ।घटनाको बिषयमा अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।