एमालेको महाधिवेशन अनिश्चित
काठमाडौं, साउन ४ – नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक सुक्रबारवाट सुरु भएको छ। बैठकमा महाधिवेशनबारे छलफल गर्ने भनिएपनि महाधिवेशनको एजेण्डा बैठकमा प्रवेश नै नभएपछि अव तत्काल महाधिवेशन नहुने भएको छ ।केपी ओली समूहले छिटो महाधिवेशनको घोषणा गर्नुपर्ने माग गरेपछि यहि केन्द्रिय कमिटिबाट यसबारे टुङ्गो लगाउने भनिएको थियो ।तर अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिबेशनको बिषय अहिले सान्र्दभिक नभएको उल्लेख गरिएको छ भने बैठकमा छलफल गर्न तय गरिएका ७ वटा एजेण्डामा महाधिवेशनको बिषय परेको छैन् ।
अध्यक्ष खनालले अहिले पार्टीको सबै शक्ति चुनावमा केन्द्रित गर्नु पर्ने भएकोले महाधिवेशन तिर लाग्नु उचित नहुने उल्लेख गर्नु भएको छ । महाधिबेशनको बिषयले बैठकमा प्रबेश नपाएपछि नेता केपी समूह भने असन्तुष्ट बनेको छ ।
नेता ओली शुक्रवार पार्टी कार्यालय पुगेपनि बैठकमा नबसी फर्किएका थिए । बैठकमा अध्यक्षले प्रतिबेदन प्रस्तुत गरे लगत्तै केपी ओली समूहका केहि नेताहरुले महाधिबेशनको बिषयलाई बैठकको एजेण्डा बनाउनुपर्ने माग गरेका थिए ।तर अध्यक्ष खनालले यो बिषय आफ्नो राजनीतिक प्रतिबेदनमा रहेको र अहिले महाधिबेशन गर्ने समय नभएकोले एजेण्डा बनाईरहनु नपर्ने जवाफ दिएको बैठकका एक सहभागीले बताए ।अध्यक्ष झलनाथ खनालले पार्टी र मुलुकलाई चुनावमा केन्द्रीत गर्ने गरी राजनीतिक प्रतिवेदन पेश गरेका छन् । चुनावका लागि खनालले नेकपा माओवादी र मधेशी जनअधिकार फोरम नेपाल लगायतका दलसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।त्यस्तै भदौको दोस्रो हप्ता राष्ट्रिय प्रतिनिधि परिषद बैठक गर्ने खनालको प्रस्ताव छ । प्रस्तावमा शनिबारदेखि केन्द्रिय सदस्यहरुले बोल्ने क्रम शुरु हुनेछ ।