पुष्पलाल स्मृति दिवस मनार्इंदै

२०७० श्रावण ७ गते, सोमबार


काठमाडौ, ७ साउन –आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३५ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनार्इंदैछ ।बिक्रम संवत १९८९ साल असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।पुष्पलालकै पहलमा २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । २०२२ सालबाट कम्युनिष्ट पार्टी विभाजन हुँदै जाने क्रममा २०२५ सालमा पुष्पलालले पञ्चायती व्यवस्था विरुद्ध संयुक्त जनआन्दोलनको कार्यदिशा ल्याउनुभएको थियो ।नेता भन्दा नीतिलाई प्रधान बनाउनुपर्छ भन्ने पुष्पलालको विचारमा नेपालका कम्युनिष्ट पार्टीहरु हिड्न नसकेको भन्दै आलोचना हुने गरेको छ । पुष्पलाल स्मृति दिवसका अवसरमा रामेछापको भंगेरीमा सोमबार दिउँसो विशेष कार्यक्रम हुँदैछ ।पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रेस वक्तव्य निकालेर पुष्पलालको सिंगो राजनीतिक जीवन सबैका लागि सदैव प्रेरणदायी भएको उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु