गोलमेच सम्मेलन सबैको एजेन्डा बन्नुपर्छ : गौरब

२०७० श्रावण ८ गते, मंगलवार

बाँके ,८ साउन । नेकपा-माओवादीका केन्द्रीय उपाध्यक्ष सिपी गजुरेल गौरबले सर्वपक्षीय गोलमेच सम्मेलनबाट मात्र संविधानसभा निर्वाचन र संविधान निर्माणको सर्वसम्मत आधार तय हुन सक्ने बताएका छन् ।क्रान्तिकारी पत्रकार महासङ्घ बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उन ले भने , “गोलमेच सम्मेलनलाई हाम्रो दलको मात्र एजेन्डा बनाउन खोजेका छैनौ, यो सबै दलको साझा सहमतीय एजेन्डा बन्नुपर्छ ।”आफ्नो दलले अगाडि सारेको माग पूरा नभए संविधानसभा निर्वाचनमा भाग नलिने अडान दोहोर्‍याउँदै उहाँले सहमतिबिना जबर्जस्ती निर्वाचन गरिए बहिष्कार गरिने स्पस्ट पारे ।

प्रतिक्रियाहरु

[anycomment]