समृद्ध नेपाल चीनको चाहना : चुन्ताई

२०७० श्रावण २१ गते, सोमबार

काठमाडौं, २१ साउन। नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले नेपालको समृद्धि एवम् राजनीतिक स्थायित्व नै आˆनो मुलुकको चाहना भएको बताएका छन् ।चीनको नयाँ राजनीतिक नेतृत्व र सरकारका विविध पक्ष समेटेर चीन अध्ययन केन्द्रले प्रकाशन गरेको ‘चीनको नयाँ नेतृत्व : पाँचौ पुस्ता’ नामक पुस्तकको विमोचन गर्दै राजदूत वुले चीनले आˆना सबै छिमेकीसँग समदूरीमा रहेर सम्बन्ध कायम गर्दै आएको बताए । “नेपालको आर्थिक-सामाजिक विकासमा सक्दो सहयोग गर्दै आएका छौं र त्यसलाई भविष्यमा पनि निरन्तरता दिनेछौं”- चिनियाँ कम्युनिष्ट पार्टी र वर्तमान सरकारले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको स्पष्ट गर्दै उनले भने ।
नेपालको मानव संसाधन विकासलाई पनि चीनले उत्तिकै महत्व दिएको र दक्ष जनशक्ति उत्पादन गर्न छात्रवृत्तिको ‘कोटा’बढाइएको जानकारी दिँदै उnaले आगामी १० वर्षसम्म सत्तामा रहने वर्तमान चिनियाँ सरकारले नेपालको समृद्धिका खातिर अन्य नयाँ परियोजना ल्याउने बताए ।राजनीति, कूटनीति, पत्रकारिता, शिक्षालगायत विभिन्न क्षेत्रका विद्वानहरूका रचना समावेश गरी प्रकाशन गरिएको उक्त पुस्तक राजदूत वु, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. त्रिरत्न मानन्धर, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिद्वय प्रा. केदारभक्त माथेमा र माधवप्रसाद शर्माले संयुक्तरुपमा विमोचन गरेका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टी, त्यहाँको सरकार, चीनले हासिल गरेको आर्थिक-सामाजिक विकास, उसको विदेश नीति, चिनियाँ समाजबारे २५ जना प्रसिद्ध लेखकका नेपाली र अङ्ग्रेजी भाषाका रचना समेटिएको उक्त पुस्तकको मूल्य ३५० तोकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु