लुकेर बसेको हुलले एकाएक आक्रमण गरे:पोखरेल

२०७० श्रावण २२ गते, मंगलवार

काठमाडौ, २२ साउन । नेकपा–माओवादी र एकिकृत माओवादी निकट कर्मचारी बिच कर्मचारी युनियन दर्ताको विषयलाई लिएर मिनभवन स्थीत श्रम कार्यलयमा झडप भएको छ । झडपका क्रममा नेकपा–माओवादी आबद्ध राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष महादीप पोखरेल सहित सफल आचार्य, प्रसान्त पौडेल, शिवहरी पोखरेल, आकाश श्रेष्ठ लगायत घाईते भएका छन् । घाईते मध्य आकाश श्रेष्ठको अवस्था गम्भीर रहेको छ भने पोखरेलका हात चोट लागेको छ ।
आफूहरु कार्यालय प्रक्रियामा लागि श्रम कार्यालय पुग्दा एमाओवादी निकट कर्मचारी संगठनका अध्यक्ष मोहनमान स्वाँरको नेतृत्वमा पहिले नै कार्यालका कोठा कब्जा गरी लुकेर बसेको एक हुलले आफूहरुमाथि एकाएक आक्रमण गरेको अध्यक्ष पोखरेलले बताए ।झडपको क्रममा प्रहरीको लाठि लागी दुवै पक्षका कर्मचारीहरु घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठको हाल सिभिल अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]