चाल दलिय गठबन्धन खारेज हुनुपर्छ –यादव

२०७० श्रावण २३ गते, बुधबार

काठमाडौँ , २३ साउन -मिडिया इन्टरनेसलद्वारा आयोजित साक्षात्कार कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै दलको सहभागितामा सार्थक निर्वाचनको सुनिश्चिता गर्ने हो भने त्यसको लागि वातावरण हुनुपर्ने बताएका छन् । उनले त्यसको लागि समानुपातिकको सिट सङ्ख्या पूर्ववत हुनुपर्ने, मन्त्रिपरिषद्का अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र पुनःनिर्धारण हुनुपर्ने र चाल दलको गठबन्धन खारेज हुनुपर्नेलगायत आफ्नो पार्टी सम्बद्व मोर्चाले अघि सारेको १३ बुँदे मागको सम्बोधन हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष यादवले उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलहरुले विभिन्न दलले राखेका मागमा गृहकार्य गरेर मात्र वार्तामा प्रस्तुत हुनुपर्ने बताउँदै गृहकार्य बिना चार दलका नेताहरु वार्तामा आउने गरेकाले त्यसबाट उनीहरुनै निर्वाचनप्रति इमान्दार नभएको देखिएको दाबी गरे ।राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले आफ्नो दल सम्बद्व मोर्चाले राखेको १३ बुँदे माग पूरा नभई निर्वाचनको सुनिश्चितता हुँदैन भन्दै संविधानसभा संविधान बनाउने कुरामा केन्द्रित हुनुपर्नेमा सरकार गठनको खेलमा विगतमा लागेकाले अहिले पनि त्यहि कुराको पुनरावृत्ति हुन लागेकोबताए । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकार परिवर्तन गर्ने कुरा गर्दा चुनाव हुन सक्दैन भन्दै तर नागरिकता, मतदाता नामावलीको म्याद थप र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नेलगायतका कुरामा देखिएका समस्या निर्वाचन अघिनै समाधान हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रियाहरु

[anycomment]