राष्ट्रिय कर्मचारी संगठनको प्रथम महाधिवेशन आजवाट

काठमाडौ , २५ साउन । नेकपा–माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनको प्रथम महाधिवेशन आजदेखि ललितपुरको जावलाखेलमा शुरु हुँदैछ ।स्टाफ कलेजमा दिउसो १ बजे हुने महाधिवेशनमो उद्घाटन नेकपा माओवादी अध्यक्ष मोहन बैद्य किरणले गर्ने कार्यक्रम छ । स्वाधिन ,सबल ,समृेद्ध नेपालः स्वच्छ ,सर्वसुलभ जनसेवा हाम्रो पहल भन्ने मुल नाराका साथ महाधिवेशन हुन गईरहेको संगठनका अध्यक्ष महादीप पोखरेलले जानकारी दिए ।महाधिवेशनमा कर्मचारीको तलब सुविधा, वृत्ति विकासको उचित व्यवस्थापन,कार्य वातावरण सम्बन्धि व्यवस्थापन लगायतका मागहरुका विषयमा केन्द्रीत हुने पोख्रेलको भनाई छ । दुईदिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वको समेत चयन गर्नेछ ।