जनतालाई निरास नबनाउ
काठमाडौ, ८ भदौ -विभिन्न क्षेत्रका विज्ञहरुले राजनीतिक निकासका लागि गोलमेच सम्मेलन लोकतान्त्रिक विधि अनुसार आवश्यक भएको बताएका छन् । नेकपा-माओवादीको अन्तरास्ट्रीय विभागद्धारा संवाद डबलीमा आयोजित कार्यक्रममा उनीहरुले सो विचार ब्यक्त गरेका हुन् । यसरी विचार व्यक्त गर्नेहरुमा हिरण्यलाल श्रेष्ठ, प्रो मोहनप्रसाद लोहनी, भगवान रत्न तुलाधर, पा.डा अन्जु शर्मा उपाध्याय, आनन्दकुमार श्रेष्ठ, ठाकुर चन्द, शेखर गिरी लगायत छन् । उनीहरुले विश्व विद्यालयमा नक्कली विद्यार्थी भर्ना गरेझैं विदेशीलाई नागरिकता दिएर चुनाव जित्ने प्रयास गरिरहेका दलहरुको आलोचना गर्दै संविधानसभाको निर्वाचन धेरै दलहरुलाई बाहिर राखेर हुनै नसक्ने ठोकुवा गरे ।
सोही कार्यक्रममा नेकपा माओवादीका उपाध्यक्ष सि पि गजुरेलले विगतमा जनसंविधान बन्ने अवस्था आएकाले संविधान बन्न नदिने खेल अन्ततः संविधानसभा विघटनसम्म पुगेको स्मरण गराए । उनले भने, ‘यसैले न शान्ति पायौँ न संविधान बन्यो ।’ उनको विचारमा संविधानसभामा नयाँ संविधानबारे ५ मिनेट पनि बहस भएन । उनले प्रचण्ड, बाबुराम र संसदवादी दलका प्रमुख नेताहरु मुल कारण भएको पनि बताए ।
गणतन्त्र र संविधान सभाका लागी रगत बगाउने पार्टर्ीीई अवमूल्यन गर्दै गएकोमा आपत्ति जनाउँदै ४ दलले निर्दलिय सरकार र निर्धारित निर्वाचनमा अपरिवर्तनिय देख्नु अर्को संविधान लेख्ने ग्यारेन्टी नहुनु भएको पनि उनले दावी गरे । उनले नेपाली जनतालाई निराश बनाउन माओवादीको तर्फाट वार्ताका लागी ५ बुदे प्रस्ताव राखेको पनि जानकारी दिए । सोही पार्टर्ीी पोलिटब्युरो सदस्य धर्मेन्द्र वास्तोलालले लिग बाहिर गएको राजनितीलाई ठिक ठाउँमा ल्याउन आफनो पार्टिले पहल गरेको दावि गरे ।
परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले चुनावको मिति मुख्य नभई सवैको सहभागीता मुख्य भएको जोड दिए । उनले माओवादीलाई चुनावको मैदान नछोड्न पनि सुझाव दिए ।
नेपाल भारत जनमैत्री संघका महासचिव शेखर गिरीले राष्ट्रियता नेपाली माटोमा उब्जिएको हुनुपर्नेमा जोड दिदै नेपालीहरुले नेपालको बारे सोच्नुपर्ने बेला आएको बताए ।
यस्तै भारतिय बुद्धिजीवी प्राडा अञ्जु शर्मा उपाध्यायले जनताको संविधान बनाउने कुरामा नेपाल कम्युनिष्ट पार्टि माओवादीले जोड दिनु सकारात्मक भएको र सो विषयमा राजनितिज्ञहरु केन्द्रित रहनु आवश्यक रहेकोमा जोड दिइन ।
यस्तै पर्ूव राजदुत प्रा डा मोहन लोहनीले २ पटक संविधानसभाको चुनाव भएको देश कहि नभएको चर्चा गर्दै माओवादीको सक्रियतामा हुने भनिएको गोलमेच सभा राजनितिक निकासको उपयुक्त बाटो भएको दावि गरे ।
डा. विष्णुहरी नेपालले गुण र दोषका आधारमा विभिन्न देशसंग मित्रताको आधार बनाउने र जनमैत्री संगठनमा आफुहरु केन्द्रित भएर काम गर्न थालेको जानकारी दिए ।