प्रचण्डलाई सर्वोच्चको तीन दिने आदेश

काठमाडौं, २० भदौ: अदालतको मानहानी गरेको रिटमा सनुवाई गर्दै सर्वोच्च अदालतले तीनदिन भित्र अदालतमा उपस्थित हुन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिन आदेशदिएको छ। अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रीटमा सर्वोच्च अदालतले आज यस्तो आदेश दिएको हो ।न्यायाधिस ज्ञानेन्द्र बहादुर कार्कीको एकल इजलासले सो आदेश दिएको हो। अधिवक्ता त्रिपाठीले यो रिटलाई सर्वोच्चले प्राथमिकता दिएको बताए । प्रचण्डले गोरखाका कृष्ण अधिकारकिो मुद्दामा अदालत भनेको के जात हो भन्दै आफ्ना कार्यकर्ताका मुद्दा उल्टाए विद्रोह गर्ने चेतावनी दिएका थिए । लगत्र्तै अधिवक्ता त्रिपाठीले सर्वोच्च अदालतमा भदौ १० गते मुद्दा दायर गरेका थिए ।