आज गणेशमान स्मृति दिवस
काठमाडौं, २ असोज– जनआन्दोलन २०४६ सालका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।१७ औं स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउण्डेशनले बुधबार विहान काठमाडौंको शोभाभगवतीमा विशेष कार्यक्रम गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै सिंहका छोरा एवं काँग्रेस महामन्त्री प्रकाशमान सिंहले जस्तोसुकै अवस्थामा पनि मंसीर चारको संविधानसभा चुनाव भएरै छाड्ने बताए ।