मसाल र एकीकृत क्रान्तिकारीबीच एकता

२०७० आश्विन ७ गते, सोमबार

काठमाडौं, ७ असोज – नेकपा मसाल र नेकपा एकीकृत क्रान्तिकारीबीच एकता भएको छ ।मसालका महामन्त्री मोहन विक्रम सिंह र नेकपा एकीकृत क्रान्तिकारीका महासचिव हिमलाल पुरीले विज्ञप्ति निकालेर पार्टी एकता भएको जानकारी दिएका हुन् ।एकतापछि पनि पार्टीको नाम नेकपा मसालनै रहनेछ ।
विज्ञप्तिमा एकताले दक्षिणपन्थी संशोधनवाद र वाह्य प्रतिक्रियावादी शक्तिकेन्द्रका विरुद्ध विजय हासिल गर्ने शक्ति निर्माण नभएपनि सही कम्यूनिष्ट पार्टी निर्माणमा सहयोग पुग्ने उल्लेख छ । हिमलाल पुरी पहिले मसालकै नेता भएपनि फुटेर अलगै पार्टी बनाएका थिए । पुरीको पार्टीमा काजीलाल वाईवा र चिन्तामणि पौडेल लगायतका नेता कार्यकर्ता छन् ।

प्रतिक्रियाहरु

[anycomment]