अनेरास्ववियुको मतगणना जारी

२०७० आश्विन १० गते, बिहीबार

काठमाडौं, १० असोज । एमाले निकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणनाजारी छ । हाल सम्मको मतगणनामा अध्यक्षमा किशोरबिक्रम मल्ले अग्रता लिएका छन् । झण्डै एकहजार मत गनिसक्दा उनी अर्का प्रत्यासी लक्ष्मण लम्सालभन्दा केही मतले अगाडि रहेको स्रोतले जानकारी दिएका छन् ।त्यस्तै महासचिबमा पनि मल्ल प्यालनकै रचना खड्का अग्रस्थानमा रहेकी छिन् । ११ पदाधिकारी सहित ४५ सचिवालय सदस्य र एकसय ३५ केन्द्रीय सदस्यको लागी भएको मतदानको मतगणना एमाले पार्टी कार्यालय बल्खुमा हिजोबेलुकि देखी जारी छ । मतदानमा १४ सय ४५ मत खसेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]