एमाओवादीका केन्द्रीय सल्लाहकारद्वारा परित्याग
काठमाडौं । एमाओवादी पार्टीभित्र हुर्कदै गएको गैर क्रान्तिकारी चरित्र, गैर कम्युनिष्ट व्यवहार र र्सवहाराकरणको सामान्य सिद्धान्तबाट समेत च्यूत हुँदै गएपछि सो पार्टी परित्याग गर्ने क्रम बढ्दै गएको छ । यसै क्रममा एनेकपा माओवादीको केन्द्रीय सल्लाहकार परिषदका सदस्य नवराज शर्मा तिमल्सिनाले पार्टी परित्यागको घोषणा गरेका छन् ।मकवानपुरको हेटौडामा बस्दै आएका शर्मा नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि नेकपा मालेबाट फुटेर बनेको माले क्रान्तिकारीसँगको एकता प्रक्रियाबाट एनेकपा माओवादीको सल्लाहकार परिषदमा थिए । उनले बुधबार एक प्रेस बक्तव्य जारी गर्दै एनेकपा माओवादीले लिएको कार्यदिशा, सातौं महाधिवेशन र त्यसपछि पार्टीमा देखिएका बिभिन्न आरोह/अवरोह, नेतृत्वबर्गको जीवनशैली, आचरण, पार्टीभित्र हुर्कीरहेको अस्वाभाविक र सचेत र्सवहारा बर्गीय भावधारामा आइरहेको र्हास, स्वीकारेको मूल्यमान्यता तथा सिद्धान्तप्रतिको निष्ठाहीनता आदिका कारण आफू एनेकपा माओवादीमा बस्न नैतिक रुपमाले अर्समर्थ रहेकोले परित्याग गरेको घोषणा गर्नु परेको उल्लेख छ ।
बक्तव्यको पूर्ण पाठ ः
एकीकृत ने.क.पा. -माओबादी)
केन्द्रीय सल्लाहकार परिषद् सदस्य नवराज शर्मा तिमल्सिनाको
पार्टर्ीीट अलग्गीएर स्वतन्त्र रहेको बारे र्सार्वजनिक जानकारी
आदरणीय पत्रकार मित्रहरु मिति २०७०।०६।०९
म एकीकृत नेकपा माओबादीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य नवराज शर्मा तिमल्सिना देशको समग्र राजनीतिक, ब्यावहारिक र बस्तुगत अवस्था समेतको समग्र अध्ययन्, हालसम्म म संलग्न रहेको पार्टर्ीी लिएको कार्यदिशा, सातौं महाधिवेशन र त्यसपछि पार्टर्ीी देखिएका बिभिन्न आरोह/अवरोह, नेतृत्वबर्गको जीवनशैली, आचरण, पार्टर्ीीत्रै हर्ुर्कीरहेको अस्वाभाविक र सचेत र्सवहारा बर्गीय भावधारामा आइरहेको र्हास, स्वीकारेको मूल्यमान्यता तथा सिद्धान्तप्रतिको निष्ठाहीनता आदिका कारण सातौं महाधिवेशनयताका अवधिमा निकै चिन्तन्शील बनेर अध्ययन् मनन् गरीरहें । साथै पार्टर्ीीाममा पनि झण्डै(झण्डै निष्किय बसें । पदबाट राजीनामा दिनुपर्ने वा र्सार्वजनिक घोषणा गर्नुपर्ने आवश्यकता देखिंन ।
केही दिनयता निर्वाचनको चर्चा धनीभूत हुन थालेपछि अब र्सार्वजनिक जीवनमा म कुनै पनि पार्टर्ीी नरहेको भनि दावी गर्ने र स्वतन्त्र पत्रकार हुँ भन्न सक्ने बैधानिक आधार नदेखे पछि र्सार्वजनिक रुपमै ‘म अहिले एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओबादी) मा र अन्य कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको’ घोषणा गर्नु आवश्यक ठानेकोले यो पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको हुँ । यसलाई र्सार्वजनिक गरीदनु हुनेछ भनेर म सबै पत्रकार मित्रहरुसंग आग्रह गर्दछु ।