अनेरास्ववियुको अध्यक्षमा मल्ल
काठमाडौं ,११ असोज – अनेरास्ववियुको अध्यक्षमा किशोर विक्रम मल्ल निर्वाचित भएका छन्। काठमाडौंमा जारी २१ औ महाधिवेशनमा मल्ल र लक्ष्मण लम्साललाई बीच प्रतिस्पर्धा भएको थियो । महासचिवमा रचना खड्का र नविना लामा बीच भएको प्रतिस्पर्धामा नविना लामा महासचिव पदमा निर्वाचित भएकी छन् । उपाध्यक्षमा ऐन महर, दीपक गौतम थोमस बास्तोला विजयी भएका छन्। सचिवमा भने महेश बर्तौला, हुसेन खाँ, राधिका खड्का, भक्त कुमारी लामा र सरोज यादव विजयी भएका छन्।
अध्यक्षमा निर्वाचित मल्ल २०४५ सालदेखि अनेरास्ववियुका कुनै न कुनै कमिटीमा आबद्ध थिए । २०३४ मंसिर १२ गते स्याङ्जाको साँखर गाविसमा जन्मिएका मल्ल यसअघि महासचिव थिए ।
२०४६ सालमा स्याङ्जाको क्यास्मीस्थित पिताम्बर माविमा अनेरास्ववियुको नेतृत्व गरेका थिए । त्यसपछि उनी इलाका, क्षेत्रीय कमिटी अध्यक्ष हुँदै अनेरास्ववियु स्याङ्जाको दुई कार्यकाल नेतृत्व गरे ।मल्ल अञ्चल अध्यक्ष हुँदै दुई कार्यकाल केन्द्रीय सदस्य, संगठन विभागप्रमुख, केन्द्रीय सचिव, महासचिव हुँदै अनेरास्ववियुको सर्वोच्च पदमा पुगेका छन् ।