सेना परिचालन रोक्न संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण

२०७० आश्विन १३ गते, आईतवार

काठमाण्डौ,१३ असोज ।नेकपा-माओवादीले संविधानसभा चुनावमा सरकारले सेना परिचालन गर्न लागेको भन्दै संयुक्त राष्ट्रसंघलाई पत्र पठाएको छ । ललितपुरमा संयुक्त राष्ट्रसंघका आवसीय प्रतिनीधि जेमी म्याक गोडिरकसँगको भेटमा नेकपा–माओवादीले चुनावमा सेनापरिचालन शान्ति सम्झौताको उल्लघंन भन्दै ध्यानाकर्षण गराउनका राष्ट्रसंघका महासचिव मुनलाई पत्र पठाएको हो ।हाम्रो उद्देश्य सेना परिचालन रोक्नु नै हो तर पत्रमा शान्ति सम्झौता भंग हुन भएकाले गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छौ माओवादी अन्तराष्ट्रिय ब्यूरो ईन्चार्ज सिपि गजुरेल गौरबले भने भेटमा राष्ट्रसंघका आवसीय प्रतिनीधि जेमी म्याक गोडिरकले चुनावमा सेना परिचालन गम्भिर भन्दै पत्र तत्काल महासचिव मुनलाई बुझाउने विश्वास तुल्याएको गौरबले जानकारी दिए ।भेटमा संयुक्त राष्ट्रसंघका प्रतिनीधि जेमी म्याक गोडिरकले माओवादीलाई चुनावमा जान आग्रह गरेका थिए । तर आफूहरुले राखेको माग र राजनीतिक अवस्थाबारे आफूहरुले जानकारी गराएपछि अहिले मात्रै धेरै कुरा थाहा पाएको बताएको गौरबले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]