क्रान्तिकारी यातायात मजदूर संघद्वारा आन्दोलनको घोषणा

२०७० आश्विन १४ गते, सोमबार

काभ्रे, १४ असोज ।नेकपा–माओवादीको भातृ संगठन अखिल नेपाल क्रान्तिकारी यातायात मजदूर संघले आन्दोलनका क्रममा काभ्रेको धुलिखेलमा बसमा आगो लगाएको आरोपमा आफ्ना कार्यकर्ता पक्राउ परेपछि रिहाइको लागि आन्दोलनको घोषणा गरेको छ । यातायात मजदूर संघले पक्राउ परेका आफ्नो साथि रमन परियारलाई रिहा गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघले विज्ञप्ति जारी गर्दै तत्काल परियारलाई रिहा नगरे असोज १७ गतेदेखि हेलम्बु यातायात सेवा समितिको यातायात बन्द गराउने चेतावनी समेत दिएको छ ।
नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको बन्दको क्रममा गत भदौ ३० गते धुलिखेलको मिराबेल चोकमा बा २ ख ५६७२ नंवरको बसमा आगजनी गरिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]