डिभीको आबेदन खुल्यो

२०७० आश्विन १५ गते, मंगलवार

काठमाडौं, १५ असोज । अमेरिका जानेको लागि सन २०१५ डाइभर्सिटी भिसा डिभी कार्यक्रमको आबेदन आजबाट खुल्ला गरेको छ । डिभी चिट्ठा फाराम भर्नको लागि एक महिनाको अवधि दिइएको छ । आगामी कात्तिक १६ गतेसम्म डिभी चिट्ठा आवेदन पठाउन सकिने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्नेबारे अमेरिकी दूतावास सबै आवेदकसमक्ष जानकारी गराउन चाहन्छ, दूतावासद्धारा विज्ञप्तिमा भनिएको छ, । आवेदन भर्दा परामर्शदाताको सहयोग नलिन अमेरिकाले सुझाव दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]