अरुण पूर्व अनिश्चितकालीन बन्द

२०७० आश्विन १८ गते, शुक्रबार

इलाम , १८ असोज- संघीय लिम्बुवान राज्य परिषदले पूर्वमा अनिश्चितकालीन बन्दको आह्वान गरेको छ । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै बन्द आह्वान गरिएको विज्ञप्तिमा भनिएको छ । बन्दको कारण अरुण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ । यातायात सञ्चालनमा आएको छैन भने शैक्षिक संस्था, बजार र उद्योग पनि ठप्प छन । बन्दले संखुवासभा, ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, धनकुटा, मोरङ, सुनसरी र तेह्रथुम जिल्लाको जनजीवन कष्टकर बनाएको हो ।

प्रतिक्रियाहरु

[anycomment]