मायाकुमारीलाई बर्खास्त नगर : सर्वोच्च

२०७० आश्विन १८ गते, शुक्रबार

काठमाडौं, १८ असोज । मायाकुमारी शर्मालाई कतारका लागि नेपाली राजदूतबाट तत्काल बर्खास्त नगर्न सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएको छ ।
आफूलाई पदमुक्त गर्ने सरकारको निर्णय गैरकानूनी भएको दावी गर्दै शर्माले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले शुक्रबार शर्मालाई बर्खास्त नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो । ‘अर्को फैसला नहुँदासम्म अर्को राजदूत नियुक्त नगर्न अल्पकालिन आदेश भएको छ’ सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले भने -’अर्को आदेश नहुँदासम्म उहाँ नै निरन्तर रहनु हुनेछ ।’
सर्वोच्चले शर्मालाई राजदूतबाट बखास्तगी गर्नुको लिखित कारण १५ दिनभित्र पेश गर्न समेत भनेको छ । सरकारकेा जवाफ आएपछि दुबै पक्षलाई सुनुवाईका लागि बोलाउन आदेशमा भनिएको छ । सुनुवाई दशैंपछि हुने बताइएको छ ।आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध शर्माले असोज १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]