आलमको अवस्था नाजुक

२०७० आश्विन १९ गते, शनिबार

काठमाडौ, १९ असोज – हिजो अज्ञात समूहले टाउकोमा गोली हानेका बारा क्षेत्र नम्बर ४ का एमालेका उम्मेदवार मोहमुद आलमको स्वास्थ्य अवस्था झन् नाजुक भएको चिकित्सकहरुले बताएका छन् । उपचारको लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल राखिएको आलमको मस्तिष्क र आँखाको नानीले काम गर्न छाडेको आईसीयू ईञ्चार्ज सुबास आचार्यले बताए ।आलमको श्वासप्रश्वास प्रतिमिनेट ६-७ पटक मात्रै भएको छ । उनको मुटुको चाल पनि निकै कम भएको चिकित्सकले बताए । उनका आफन्तहरुले आज अस्पताल परिसरमै पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्था सार्वजनिक गरेका हुन् ।आलमलाई त्रिविका चिकित्सकहरु जेन्टल श्रेष्ठ, सुबास आचार्य, गोपाल सेढाईँ र प्रमेश श्रेष्ठको टोलीले उपचार गरिरहेको छ ।
बाराको परवानीपुरस्थित चवासती खाद्य उद्योगअगाडि भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका दुईमध्ये एकले आलमलाई गोली हानेका थिए ।गोली लागेपछि उनको टाउकोमा जमेको रगत हिजो निकालिएको थियो । कन्चट नजिकैबाट गोली हानेकाले उनको मस्तिष्कमा असर परेको थियोटोउकोमा गोली लागेको आलमलाई बीरगञ्जस्थित मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । उनी एमालेको केन्द्रीय सदस्य तथा मुस्लिम ईत्तिहाद संगठनका केन्दि्रय अध्यक्ष हुन् ।आलमको उपचारको लागि परिवार र आफन्तले उपेन्द्र देवकोटालाई बोलाउन अस्पतालसँग आग्रह गरिररहेका छन् । ‘हामीले उपेन्द्र देवकोटा बोलाएर उपचार गराउन माग गरिरहेका छौं’, छोरा जमसाद आलमले भने,’उनलाई बोलाउन अस्पतालले ढिलाई गरिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]