माओवादीका केन्द्रीय सल्लाहकार गौतमको निधन

२०७० कार्तिक १ गते, शुक्रबार

काठमाडौ, १ कार्तिक । नेकपा-माओवादीका केन्द्रीय सल्लाहकार एवं पुर्व सभासद् शिवराज गौतमको गएराति निधन भएको छ । व्लड क्यान्सरबाट पिडित ७६ वर्षिय गौतमको अल्का अस्पताल जाउलाखेलमा उपचारका क्रममा गएराति १० वजे निधन भएको हो । गत संविघानसभामा दाङ क्षेत्र नं ४ बाट निर्वाचित गौतम व्लड क्यान्सरबाट पिडित थिए । उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलीका लागि विहान ८ वजेदेखि १० वजेसम्म माओवादी पार्टी कार्यलय वुद्धनगरमा राखिने बताइएको छ ।अन्तिम संस्कारका लागि भने दाङको हापुर लगिने छ । गौतमका श्रीमती ३ छोरा र १ छोरी छन् ।
यसैबीच ,नेकपा–माओवादीले केन्द्रीय सल्लाहकार एवं पूर्व सभासद शिवराज गौतमको सम्मानमा आजदेखि तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । गौतमको निधनले पार्टी मर्माहत भएको भन्दै माओवादीले देशका सम्पूर्ण पार्टी कार्यालयहरुमा झण्डा झुकाउने निर्णय गरेको हो ।माओवादीले एक विज्ञप्ती जारी गर्दै कार्तिक ८ गते दिउँसो १२ बजे दाङको हापुरेमा श्रद्धाञ्जली सभा गर्ने जनाएको छ । अन्तिम श्रद्धान्जलीमा नेकपा–माओवादीका शीर्ष नेताका साथै अन्य दलका नेता कार्यकता बुद्धनगर पुगेका थिए । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले गौतमको निधनले ठूलो क्षति पुगेको बताए ।गौतमको अन्तिम संस्कार गृह जिल्ला दाङमा गरिने पारिवारजनले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]