लोकमान विरुद्ध सर्वोच्चमा रिट

२०७० कार्तिक ३ गते, आईतवार

काठमाडौं, ३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बिरुद्ध सर्वोच्च अदालतमा निबेदन परेको छ । गोरखको गोरखकाली मन्दिरमा दर्शन क्रममा त्यहाँ पुगेका बेला प्रहरीबाट गोडा धुवाएकोमा उनी बिरुद्ध सर्वोच्चमा निबेदन परेको हो ।प्रहरीलाई गोडा धुवाउनु अमानवीय काम भन्दै बाबुराम घिमिरे र पर्वतराज घिमिरेले यस्ता काम नगर्न, नगराउन र कार्की माथि कारबाही गर्न अन्तरिम आदेशको माग गर्दै निवेदन दिएका हुन् ।
रिट अहिले अध्ययनकै क्रममा रहेको र दर्ता भैनसकेको सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए । बडा दशैंको अष्टमीको दिन गोरखाकाको गोरखकाली मन्दिरमा पूजा अर्चना गरेर बाहिर निस्कँदा कार्कीले प्रहरी जवानलाई गोडा धुवाएका थिए ।गोरखामा प्रहरीलाई खुट्टा धुन लगाएको विषयमा कार्की विरुद्ध आयोगमा उजुरी परेको हो । डिएसपीको आदेशमा प्रहरी जवानले कार्कीको गोडा पखालिदिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]