एनआरएन अध्यक्षमा घले, उपाध्यक्षमा भट्ट

२०७० कार्तिक ४ गते, सोमबार

काठमाडौं, ४ कात्तिक । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा शेष घले तेन्जी शेर्पालाइपराजित गर्दै ६० प्रतिशतभन्दा बढि मत ल्याएर बिजयी भएका छन् । यसैगरी उपाध्यक्षमा जापानका भवन भट्ट र टिबी कार्की बिजयी भएका छन भने महासचिवमा जर्मनीका कुमार पन्त, कोषाध्यक्षमा रसियाका बद्री केसी निर्वाचित भएका छन । यस्तै युरोप संयोजकमा अर्जुन श्रेष्ठ र एसिया संयोजकमा गंगा राइ बिजयी भएका छन् ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि आज र भोली छैटौँ गैरआवासीय नेपाली विश्व सम्मेलन हुनेछ । महाधिवेशनमा ५० मुलुकमा रहेका एक हजार ३०० भन्दा बढी प्रतिनिधि सहभागी छन् । विश्वका ६५ मुलुकमा सङ्घको राष्ट्रिय परिषद् गठन भइसकेको छ । एक दशकअघि सङ्घ स्थापना भएको हो । राष्ट्रपति डा रामवरण यादवले विश्व सम्मेलनको आगामी सोमबार उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा सामूहिक लगानी, वैदेशिक रोजगारी, परोपकार, गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, निजी क्षेत्रसँगको साझेदारीलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा प्रमुख दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरी उनीहरूसँग नेपालका लागि आर्थिक उन्नतिका विषयमा छलफलसमेत गरिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]