निर्वाचन सामाग्री जलाइयो
सुर्खेत, ४ कात्तिक – नेकपा–माओवादीका कार्यकर्ताले सुर्खेतमा मतदाता शिक्षा सम्वन्धी सामाग्री लुटेर जलाएका छन ।मतदाता शिक्षा सम्वन्धी सामाग्री लिएर आ–आफनो गाउ जान लागेका निर्वाचन कर्मचारीवाट लुटेका सामाग्री उनीहरुले जलाएका छन् ।राकम, घोरेटा र आग्रीगाउ गाविसवाट फिलिपचार्ट, पोष्टर, हाते पुस्तिका, नमुना मतपत्र लगायतका समाग्री लुटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । घोरेटा र आग्रीगाउँमा आइतबारराती तथा राकममा सोमबार विहान निर्वाचन सम्वन्धी सामाग्री लुटिएको हो ।नेकपा माओवादी सुर्खेतका सेक्रेटरी लोकेन्द्र राना प्रशान्तले आफना कार्यकर्ताले निर्वाचन सामाग्री नियन्त्रणमा लिएर जलाएको वताए । जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जिल्लाका राकम, सहारे, बीरेन्द्रनगर, रामघाट, बावियाचौर लगायत ६ ठाउमा कार्तिक १ देखि ३ गतेसम्म निर्वाचन शिक्षा सम्वन्धी प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो ।