उम्मेदवारको गाडी जलाइयो
पोखरा , ६ कात्तिक । एकीकृत नेकपा माओवादीको कास्की क्षेत्र नम्बर १ का उम्मेदवार विष्णु पौडेलले चुनाव प्रचारमा प्रयोग गरेको गाडी आज बिहान साढे ३ बजे अज्ञात समूहले जलाइदिएको छ । कास्कीको दुर्गम सिद्ध गाविसमा प्रचारमा पुगेको टोली वडा नं ६ स्थित छाप भन्ने ठाउँमा सुतेको बेला गाडी जलाइएको हो ।गाडी जलेको थाहा पाएपछि चुनाव प्रचारमा हिँडेको टोलीले नै आगो निभाएको थियो ।