माओवादीका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ
पाँचथर ,९ कात्तिक । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेकपा- माओवादी पाँचथर जिल्ला सेक्रेटरी लक्ष्मी न्यौपाने ‘प्रकाश’ लाई प्रहरीले हिरासतमा लिएको छ।सदरमुकाम फिदिमस्थित वैद्य माओवादीको कार्यालयमा रहेका न्यौपानेलाई शुक्रबार १२ बजेदेखि २२ घण्टासम्म नजरबन्दमा राखेर शनिबार विहान १० बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको हो ।केही दिनअघि कांग्रेसले गरेको चुनावी अभियानमा अवरोध गरेको भन्दै प्रहरीले प्रमुख जिल्ला अधिकारकी कोषहरि निरौलाको आदेशमा न्यौपानेलाई पक्राउ गरेको हो ।
माओवादीका केन्द्रीय सदस्य मौसमले आफ्नो पार्टीका जिल्ला सेक्रेटरीलाई प्रहरीले २४ घण्टासम्म पार्टी कार्यालयमै नजरबन्दमा राखेर पक्राउ गरेको बताए ।
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले यसअघि नै लिम्बूवानका एकजना केन्द्रीय सदस्य र पाँचथर जिल्ला अध्यक्षलाई हिरासतमा लिइसकेको छ ।