निर्वाचन सामग्री जलाइयो
पाल्पा, १० कार्तिक – नेकपा-माओवादीका कार्यकर्ताले शनिबार पाल्पा जिल्लाको कसेनी-७ सिलाङ्गेमा निर्वाचन शिक्षा सामाग्री कब्जामा लिएर जलाइदिएका छन् । निर्वाचन प्रशिक्षकले सिलाङ्गेमा गएर सामग्री वितरण गर्ने क्रममा उनीहरुले कब्जामा लिएर जलाएका हुन् ।माओवादी जिल्ला ईन्चार्ज धीरज रानाले आफ्नो पार्टीको बहिष्कार कार्यक्रम अन्तर्गत सामग्री नियन्त्रणमा लिएर जलाइएको दाबी गरेका छन् । नेकपा-माओवादी क्षेत्र नं. २ प्रमुख भुवन जीसीले पोष्टर, पम्प्लेट, निर्वाचनका बारेमा लेखिएका किताबलगायत सामग्री नियन्त्रणमा लिएर जलाएको बताए ।घटनाबारे थाहा पाएलगत्तै प्रहरी पुगे पनि माओवादी कार्यकर्ताहरु त्यहाँबाट हिडिँसकेकाले कोही पक्राऊ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय प्रमुख स्थानेश्वर रेग्मीले घटनावारे जानकारी पाएलगत्तै प्रहरी टोली खटिए पनि कोही पक्राऊ नपरेको जानकारी दिए ।चुनाव बहिष्कार कार्यक्रमअन्र्तगत रामपुर, दर्छा, सहलकोट लगायतका स्थानमा नेकपा-माओवादीले सभा गरेका छन् । यस्तै, दोभान, झडेवा, गोठादी, रुप्से, कसेनी, मदनपोखरामासमेत सभा सम्पन्न भइसकेको पार्टीले जनाएको छ ।