बहिस्कार आन्दोलनमा युवाहरु ओइरिए

२०७० कार्तिक ११ गते, सोमबार

भक्तपुर , ११ कार्तिक ।एमाओवादी, नेपाली कांग्रेस, एमालेको चुनावी प्रचारमा हिटेका भक्तपुरका स्थानिय नेता तथा कार्यकर्ता र केही स्वतन्त्र युवाहरु गरि ३ सय ७३ जना चुनावको सक्रिय वहिस्कार गरिरहेको नेकपा माओवादीमा प्रवेश गरेका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा दिपक डोटेलको नेतृत्वमा मिलन खड्का, सुमन थापा, बाँसु अधिकारी, प्रदिप खड्का, सुमन श्रेष्ठ लगायतका युवाहरुले पार्टी प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा जनस्वयमसेवका अध्यक्ष दिपक चलाउने, जनस्वमसेवक भ्याली इन्चार्ज सुदिप मल्ल र नेकपा माओवादी भक्तपुर जिल्ला सेक्रेटरी तिलक मल्ल थिए ।नव प्रवेशी युवाहरुले आफूहरु चुनाव बहिस्कार आन्दोलनमा सशक्त रुपमा लाग्ने बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]