पोखरेल नेतत्वको कर्मचारी संगठनआधिकारिक

२०७० कार्तिक १२ गते, मंगलवार

काठमाडौं, १२ कात्तिक । नेकपा–माओवादी निकट राष्ट्रिय निजामती कर्मचारी संगठनका दुइ पक्षको बिबादको अन्त्य गर्दै श्रम मन्त्रालयले महादीप पोखरेल नेतत्वको कार्यसमितिलाई मान्यता दिएको छ। श्रम मन्त्रालयले महादीप पोखरेल र दयाराम बस्याल दुवै समूहका कागजात अध्ययन गर्दा पोखरेल समूहले पेश गरेका कागजात नै आधिकारिक र कानुनसम्मत देखिएकोले आधिकारिक मान्यता दिएको बताइएको छ। सचिवस्तरीय निर्णय गरी पोखरेल समूहलाई मान्यता दिएपछि श्रम मन्त्रालयले श्रम विभागमा पठाउने र विभागले सबै कार्यालयमा पत्राचार गर्ने व्यवस्था छ। सूत्रका अनुसार बस्यालले पेश गरेका कागजातमा निजामती क्षेत्रका बाहेक बैंक, संस्थानका कर्मचारीको हस्ताक्षर पनि गरेको फेलापरेका थिए। २०७० साउन २६ गतेदेखि २८ गतेसम्म राजधानीमा भएको संगठनको महाधिवेशनमा उपस्थित २७० प्रतिनिधिमध्ये २१० को समर्थनसहित अध्यक्ष भएको दाबी पोखरेलले गरेका छन्। तर पोखरेल निर्वाचित भएको केही घन्टामै साउन २८ गते नै दयाराम बस्यालको नेतृत्वमा माओवादीको एक समूहले समानान्तर संगठन गठन गरेपछि यो प्रकरणले पार्टीमा समेत असर परेको थियो।

प्रतिक्रियाहरु

[anycomment]