अग्नि पिडितलाई राहत वितरण

२०७० कार्तिक २० गते, बुधबार

ताप्लेजुङ ,२० कात्तिक। सोमबार भएको आग्लागिबाट पीडित फुङलिङ ७ का पिडित परिवारलाई राहत वितरण गरिएको छ । घर जलेका परिवारलाई जिल्ला विपत व्यवस्थापन समितिका तर्फबाट नगद ५ हजार रुपैयाँ, जिल्ला विकास समितिले २ र बहुदेसीय सहकारी संस्थाले २ गरी प्रति परीवार ९ हजार रुपैयाँ प्रदान गरिएको छ ।नेपाल रेडक्रस सोसाइटीले भने घर जलेका र विस्थापित भएका समेतगरी १८ परिवारलाई पाल, कम्वल, भँडाकुडा, खाद्ययान्न लगायतका सामग्री वितरण गरेको विपत व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी प्रकास पौडेलले जानकारी दिनुभयो ।
यसैविच विभिन्न स्थानमा हुने राहत संकलन र वितरणका लागि उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरेको संयोजकत्वमा राहत संकलन समिति समेत निर्माण गरीएको छ । अब सो स्थानमा राहत वितरण र जिल्लामा राहत संकलन सोहि समितिबाट मात्र हुने समेत प्रजिअ पौडेलले जानकारी दिनुभयो ।सोमबार दिउँसो फुङलिङ ७ टुक्रे स्थित केसरी मादेनको घरबाट सुरु भएको आगोले भद्र बोखिम, योग्य पतंङ्वा, दावा एण्ड लामा, पृथ्वी धोज लिम्बुको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा लिने क्रममा ८ बटा घरको केहि भाग समेत भत्काउनु परेको थियो ।
यसैविच सो आगलागिको कारण तीन करोड बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख गोविन्द प्रसाद आचार्यका अनुसार अहिले पनि क्षतिको विवरण संकलन र गणना जारी रहेको कारण एकिङ विवरण भने आउन सकेको छैन । ताप्लेजुङमा यसअघि २०६० साल चैत १५ गते विरेन्द्रचोक क्षेत्रमा आगलागी हुँदा ४५ घरमा क्षति भएको थियो । त्यसैगरी २०६९ साल माघ २८ गते राती शेर्पा टोल क्षेत्रमा भएको आगलागीमा ८ घर क्षति भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]